-->
सिन्कोना जमीनको पर्चापट्टाको निम्ति आमरण अनशन गर्ने  .......   हामी बसेको जमीन हाम्रो हुनुपर्छ-फोरम

सिन्कोना जमीनको पर्चापट्टाको निम्ति आमरण अनशन गर्ने ....... हामी बसेको जमीन हाम्रो हुनुपर्छ-फोरम

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 7 दिसम्बर 2015। सिन्कोना श्रमिकहरूको पर्चा-पट्टा लगायतका विविध सहुलियतहरूको माग गर्दै युनाइटेड फोरम अफ ट्रेड युनियन्सले आमरण अनशन गर्ने निर्णय लिएको छ। फोरमका सदस्य अमन दर्नालले आगामी ११ दिसम्बरदेखि रोङ्गो व्यवस्थापक कार्यालयअघि आमरण अनशन गर्ने निर्णय लिएका छन्‌। 
चार पुस्ताभन्दा धेर समयदेखि सिन्कोना बगानमा कार्यरत श्रमिकहरू आजसम्म पनि शरणार्थी सरह जीवन धान्न परिरहेको अनि अनेकौँ सरकारी सहुलियतहरूदेखि वञ्चित हुनपरेको भन्दै दर्नालले आमरण अनशन बस्ने चेताउनी दिएका हुन्। 
आज बिहान रोङ्गो गन्तीबाट दर्नालले आमरण अनशन गर्ने घोषणा गर्दै भने, युनाटेड फोरम फर ट्रेड युनियन्सले बारम्बार श्रमिकहरूको समस्याहरू उठान गर्दै आइरहेको हो। तर विभागीय पक्षबाट आजसम्म कुनै पहल भएन। यसैले आगामी १० दिसम्बरभित्र विभागीय पक्षबाट ठोस्‌ पहल नभए ११ दिसम्बर बिहान १०.३० बजीदेखि आमरण अनशन शुरू गर्नेछु। 
अर्कोतिर फोरमका अध्यक्ष एलएम शर्माले रोङ्गो गन्तीमा श्रमिकहरूलाई सम्बोधन गर्दै भने, हामी बसेको घर हाम्रो होइन। हामी उभिएको जमीन हाम्रो होइन। हामी बसेको जमीव हाम्रो हुनुपर्छ। यसैले श्रमिकहरूले आफ्नो जमीनको पर्चा-पट्टा पाउनुपर्छ भन्ने हाम्रो प्रमुख मुद्दा हो। अन्याय जति सहन गऱ्यो त्यति बढ्दै जान्छ। यसैले आज फोरमका सदस्य अमन दर्नालले जुन आमरण अनशन गर्ने घोषणा गरे यसलाई सबैले समर्थन जनाइदिन शर्माले आह्वान गरे। फोरमले उठाएको माग व्यक्तिगत स्वार्थका निम्ति नभएर सबैको साझा माग रहेका कारण विभागले श्रमिकहरूको समस्या समाधान गर्नुपर्ने बताए। 
उनले श्रमिकहरूले पाउनुपर्ने विभिन्न सहलियतहरूको प्रसङ्ग झिक्दै भने, बगानमा काम गर्दै श्रमिकहरूलाई सरकारी हात-हतियारहरू दिनपर्ने हो। तर विभागले हातहतियार दिएको छैन। यसैले अबउसो सरकारी हात-हतियार उपलब्ध नगराएसम्म कुनैपनि श्रमिकले बगानमा आफ्नो हात-हतियार लिएर नजाने आह्वान गरे। यसअवधि उनले गोजमुमोका श्रमिक सङ्‌गठनले श्रमिकहरूको हितमा कार्य नगरेकै कारण एक श्रमिकले पदोन्नतिको प्रक्रियालाई लिएर उच्च न्यायालयमा मुद्दा दर्ता गरेको कारण नै आजसम्म पदोन्नतिको प्रक्रिया बन्द रहेको आरोप लगाए। 
सम्बोधनको क्रममा उनले भने अनुसार सिन्कोना बगानको पर्चा-पट्टाबारे जीटीए ऐनमा पनि उल्लेख छ। तर जीटीएले यस दिशामा काम गरेको छैन। गोजमुमो अध्यक्ष विमल गुरूङ पदयात्राअवधि रोङ्गो भ्रमणमा आउँदासमेत यहाँका मोर्चा श्रमिक सङ्गठनका प्रतिनिधिहरूले पर्चा-पट्टाको मुद्दा उठान गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको शर्माले बताए। यसैले कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीप्रति आस्था व्यक्त गर्दै उनले कालेबुङ जिल्लाको अनिवार्यता अनि पर्चा-पट्टा सम्बन्धी विधायद्वारा पनि पहल भइरहेको कुरा जानकारी गराए। 
फोरमका सदस्य अमन दर्नालले आरमण अनशन गरिनका पछि १७ सूत्रीय माग राखेका छन्। यी मागहरूबारे फोरमका सचिव सन्तोष गुरूङले गन्तीमा विस्तृत रूपमा प्रकाश पारे। १७ सूत्रीय मागमा जमीनको पर्चा पट्टा, रोङ्गामा स्थायी व्यवस्थापक हुनुपर्ने, रोङ्गो अस्तपालमा डाक्टरको नियुक्ति, मोडल हाउस ८ प्रतिशतको दरले निर्माण हुनुपर्ने, सरकारी खर्चमा एम्बुलेन्स सेवा दिनुपर्ने, दाउराको सट्टा एलपीजी ग्यास दिनुपर्ने, मृतकहरूका निम्ति कफनबक्सको व्यवस्था, सरकारी हात-हतियारको व्यवस्था, नियुक्ति प्रक्रिया, आदि उल्लेख छ। यसबाहेक सरकारी कार्यालयहरूमा भइरहेको भ्रष्टचार बन्द गर्नुपर्ने, भाइभतिजावादको रोकथाम, विभागीय भण्डारमा आउने सामाग्रीहरू टेण्डरअनुसार हुनुपर्ने, नयॉं बनिने घरहरू र मरमत्ति हुने घरहरूको सूचि सारवजनिक गर्नुपर्ने साथै बगानको जमीन कुनै सङ्घ-संस्था तथा प्रतिष्ठानहरूलाई दिने काम श्रमिकविरूद्ध रहेको कारण यो प्रक्रिया पनि बन्द हनुपर्ने फोरमको माग छ। 
फोरमका सदस्य अमन दर्नालले यी विविध मागहरूका निम्ति आमरण अनशन गर्ने चेताउनी दिँदै सिन्कोना निर्देशदेखि लिएर जीटीए प्रिन्सिपल सेक्रेटेरी, कालेबुङका विधायक, मिनिस्टर हर्टिकल्चर एण्ड फूड प्रोसेसिङ कलकत्ता, एसडीओ, बीडीओ, डीएम आदिलाई पत्राचार गरेका छन्

Related Posts

0 Response to "सिन्कोना जमीनको पर्चापट्टाको निम्ति आमरण अनशन गर्ने ....... हामी बसेको जमीन हाम्रो हुनुपर्छ-फोरम"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.