पोचोक बस्तीमा उधौली पुजा सम्पन्न
डी के वाइबा, कालिमन्युज, कालेबुङ 28 दिसम्बर 2015: खम्बु राई जातिको मुख्य उत्सव मानिने उधौली पुजा हिजो पोचोक बस्तीमा सम्पन्न भयो। किखरासांस पोचोक शाखाद्वारा आयोजित कार्यक्रममा मुख्य अतिथिको रूपमा रेभ फादर फिलिप्स डिसोजा रहेका थिए भने अन्य अतिथिको रूपमा किखरासांस महकुमा सचिव अरूण प्रकास राई, खम्बु राइट्स मुभमेन्टका सयोंजक विनेस राई, सचिव सन्दिप कुलुङ, एस बी राई, चन्द्र खम्बु, आदि रहेका थिए।
सुकमान राईको सभापतित्वमा सम्पन्न उधौली पुजाको अवसर पारेर सम्वर्धना कार्यक्रम पनि राखिएको थियो जसमा समाज सेवक रेभ फादर फिलिप्स डिसोजा, पाकाङ शाखाका माङपा जीत बहादुर राई, गितडाब्लीङ क्षेत्रका जब एसिस्टेन्ट तार्गे सोर अनि पञ्चायत सचिव उमेश राईलाई आयोजक समिति किखरासांस पोचोक बिच गाउँ शाखा द्वारा सम्बर्धना जनाइयो।
माङपा द्वारा पारम्परिक ढंगमा पुजा अर्चना गरेर शुरू गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि फादर डिसोजाले मान्छेको जीवनमा संस्कार सस्कृंति महत्व पूर्ण रहेको बताउँदै आफ्नो स्कुलमा राई जातिको नानीहरूको निम्ति हप्तामा दुई दिन राई भाषाको पठन पाठन गरिदिने साथै गरिब नानीहरूलाई आफ्नो पक्षबाट सहयोग गरिदिने पनि घोषणा गरे।
यसरी नै महकुमा सचिव अरूण प्रकाश राईले पनि आफ्नो सम्बोधन राख्दै युवा जमातका नानीहरू आफ्नो पढाइ सगंसगै जातिय भाषा संस्कार संस्कृति प्रति सचेत हुन आवश्यक रहेको बताए। राई जाति प्रकृति पुजक रहेको कारण नै यसप्रकारको पुजा वर्षमा दुई पल्ट भव्य रूपमा मनाइने राईले बताए।
सम्बोधनको क्रममा खम्बु राइट्स मुभमेन्ट्का संयोजक विनेश राईले राई जातिको दिर्घ मियादी मागको निम्ति खरामुले गरिरहेको आन्दोलन बारे जानकारी गराए। हाल विभिन्न कार्यक्रम गर्दै बिकास बोर्डको मागमा पनि खरामु अघि बडिरहेको औ मुख्य मन्त्रीले छिट्टै घोषणा गरिदिने आस्वासन पनि दिएको जानकारी गराए। खम्बु राई जातिको निम्ति बोर्डको औचित्यबारे पनि स्पष्ट पार्दै उनले बिकास बोर्डले जातिको निम्ति विभिन्न कार्य गर्न सकिने औ यसको कारण राई जातिमा विभाजन नहुने बताए।
कार्यक्रमलाई रोचक तुल्याउन विविध सास्कृंति कार्यक्रमहरू पनि राखिएको थियो जसमा पाकाङ शाखाका टोलीले पनि भाग लिएको थियो।
0 Response to "पोचोक बस्तीमा उधौली पुजा सम्पन्न "
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.