-->
दुई डाक्टरहरू एउटै मञ्चमा: पहाडको राजनीतिमा नयाँ मोड

दुई डाक्टरहरू एउटै मञ्चमा: पहाडको राजनीतिमा नयाँ मोड

फोटो : डी के वाइबा
 डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २० दिसम्बर 2015 । राजनैतिक मञ्चबाट सधँ एकार्कालाई गाली गर्ने पहाडका दुई धुरन्धर डाक्टरहरूको मिलनले दार्जीलिङ पहाडको राजनीतिमा नयाँ समिकरण देखिएको छ। डा. महेन्द्र पी. लामा अनि डा. हर्कबहादुर छेत्री पहाडको राजनीति दुवै राजनैतिक नाउँहरू हुन्। एकार्कालाई विद्वान् ठान्ने दुई डाक्टरहरूलाई पहाडका साधरण जनताले एउटै मञ्चम देख्ने दिर्घ दिनदेखि ईच्छा आखिरमा आज पुरा भएको छ। 
कालेबुङ जिल्लाको मुद्दालाई गोजमुमो पार्टी त्यागेको तीन महिना तीन दिनमा फत्ते परेर कोलकोताबाट कालेबुङ आइपुगेका डा. हर्कबहादुर छेत्रीलाई स्वागत गर्न डा. महेन्द्र पी. लामा स्वंय आज कालेबुङमा आइपुगेका थिए। जब जिल्ला माग समितिका कार्यकर्ताहरूले “हर्कबहादुर छेत्री जिन्दावाद” को नारा लगाउँदै थाना डाँडा परिसरमा ल्याइपुर्‍याए त्यसै समय थाना डाँडाको सडकमा डा. छेत्रीको प्रतिक्षामा रहेका डा. लामाले आफ्नो काँधमा अङ्गालो लगाएर स्वागत गर्दै बधाई दिए। एकार्कालाई अङ्गालोमा बाँधेर बधाई दिने यो क्रम केहि क्षणसम्म चलिर्‍यो अनि यसक्रममा मानिसहरूले दुवै डाक्टरहरूको नाउँमा जिन्दावादको नाराबाजी लगाए। दुवैले एकार्कालाई अङ्गालोमा बाँधेर बधाई दिने क्रम पछि दुवै सङ्गै कालेबुङको सडकका पैदल यात्रामा निस्केका थिए अनि उक्त पैदल यात्राले कालेबुङ शहर परिक्रमा गरेर मेला ग्राउण्डमा पुगेको थियो जहाँ दुवै डाक्टरहरूले एकार्काको प्रशंसा गर्दै एउटै मञ्च साझा गरे। 
फ़ोटो: फेसबुक्
यसक्रममा कार्यक्रममा उपस्थित मानिसहरूले दुई डाक्टरहरूको मिलनमा थप्पडी बजाएर खुशी व्यक्त गरिरहेका थिए। उसै त डा. छेत्री गोजमुमो पार्टीमा हुँदा डा. लामाको खोइरो खन्न पछि पर्थेनन्। मौका पाए डा. लामाले पनि डा. छेत्रीको आलोचना गर्न चुक्थेनन्। दुई विद्वान डा.हरू एकर्कामा एउटै मुद्दाको निम्ति जनताले मिलेको देख्न चाहे पनि दुवै विपरित ध्रुवमा थिए अनि दुवै एकार्काको आलोचना गरिबस्थे। यस्तो अवस्थामा कालेबुङ जिल्ला गठन सँगै दुई डा.हरूको मिलन आज कालेबुङमा देख्न पाइएको छ जसले आगामी दिनमा दार्जीलिङ पहाडको राजनीतिमा नयाँ मोड देखा पर्ने स्पष्ट छाँट देखिएको छ। 
‘पहाडका जनताले ठिक ठाउँमा ठिक कुरा बोल्नसक्ने शिक्षित नेता चुन्न सक्नुपर्छ। अब पनि पढेकाहरू नपढेका नेताहरूकै पछि कुदे उनीहरूले पढेको शिक्षा कुकुर कै ....’ डा. हर्कबहादुर छेत्रीले जनतालाई सम्बोधन गर्दै भने। यता डा. लामाले पनि सम्बोधन गर्दै ‘मन, मस्तिष्क र मुख’लाई तालमेल मिलाएर जनताको आङमा घाम लगाउने नेता चुन्नपर्छ’ भन्दै आगामी दिनमा पहाडलाई सही नेतृत्व शिक्षित नेताहरूले मात्र दिन सक्ने बताइरहेका थिए। जसबेला कार्यक्रममा उपस्थित मानिसहरूले पनि जोडदार थप्पडी बजाउँदै दुवै डा.हरूको मिलन राजनैतिक रुपले एउटै मञ्चमा होस भन्ने कामना गर्दै स्वागत गरिरहेका थिए। 
यसैक्रममा गोर्खा जनमुक्ति मोर्चाको स्टडी फोरमबाट अघिबाटै राजीनामा दिएका अधिवक्ता अनमोल प्रसाद अनि अधिवक्ता अमर लामा पनि दुई विद्वान डा.हरू सँगै एउटै मञ्चमा देखिए। जसले गर्दा आगामी नयाँ राजनैतिक दलको उदयको पूर्वभाष सँगै दार्जीलिङको राजनैतिक समिकरणमा नयाँ इतिहास कोरिने आजको कार्यक्रमले स्पष्ट तय गरेको छ।

Related Posts

0 Response to "दुई डाक्टरहरू एउटै मञ्चमा: पहाडको राजनीतिमा नयाँ मोड"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.