-->
जीटीए प्रतिनिधी टोलिको रक्षामन्त्रीसँग भेट

जीटीए प्रतिनिधी टोलिको रक्षामन्त्रीसँग भेट


डी के वाइबा, कालिमन्युज, कालेबुङ, 23 दिसम्बर। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका उपप्रमुख्य अवकाश प्राप्त कर्णल रमेश आले अनि अप्रा. कर्णल कर्णल कृष्ण कुमारले आज भारतीय रक्षा मन्त्री मनोहर पारिकरलाई उनकै निवासमा भेट गरेर ज्ञापन पत्र चढाएका छन्। उक्त जानकारी संवय रमेश आलेले दिल्लीबाट दिएका हुन्। 
विभिन्न अन्तराष्ट्रिय सिमाले घेरिएको दार्जीलिङ पहाडमा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई सरकारले ध्यान दिनुपर्ने माग गर्दै रक्षामन्त्रीलाई ज्ञापन पत्र चढाएर गोर्खाल्याण्ड मागवारे जानकारी गराइएको आलेले बताएका छन्। 
‘दार्जीलिङ पहाड चिकन नेक हो, यसकारण देशको सुरक्षार्थ छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरिन आवश्यक छ। उक्त कुरा आजको भेटघाटमा हामीले रक्षामन्त्रीलाई भनेका छौँ’ रमेश आलेले भने। लकभग 35 मिनटको भेटघाटमा रक्षामन्त्रीले छुट्टै राज्य गोर्खाल्याण्ड सन्दर्भमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै आफ्नो पक्षवाट सहयोग गर्ने आश्वासन दिएको थप उनले बताएका छन्। 
उक्त भेटघाटको क्रममा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा 9 अप्रेल 2008 का दिन सिलगडीमा भूतपूर्व सैनिकहरूमाथी भएको लाठीचार्ज घटनाको जानकारी गराउँदै न्यायको माग गरेको पनि बताए। ‘देश रक्षा गर्नेहरूलाई अनि सहिदका परिवारहरूलाई जसरी सिलगडीमा लाठी चार्ज गरेको थियो यसबारे न्याय हुनपर्ने माग गरेका छौँ’ रमेश आलेले भने। 
यसक्रममा आफूहरूले रक्षामन्त्रीलाई जीटीए क्षेत्रमा केन्द्र सरकारको पक्षबाट सैनिक स्कूल निर्माणको माग अनि अवकाशप्राप्त सेनाहरूका निम्ति सेना कल्याण भवन निर्माणको माग गरेको पनि जानकारी गराए। यसैक्रममा जीटीएको सम्झौता पत्रमा गोर्खा युवाहरूलाई भारतीय सेनामा भर्नाका निम्ति विभिन्न छुटहरू दिइने उल्लेख गरे पनि आजसम्म उक्त छुटहरू नपाइएको अवगत गराउँदै यसबारे पनि रक्षामन्त्रीलाई अवगत गराइएको रमेश आलेले जनाएका छन्। 
उनले गोर्खा ट्रेनिङ सेन्टर हाल सिलोङ, लखनऊ अनि बनारसमा रहेको बताउँदै सरकारले अब एउटा जीटीए क्षेत्र अनि अर्को देहरादुनमा निर्माण गर्नुपर्ने माग गरेको उनले जनाए। भेटघाटको क्रममा उठाइएका सम्पूर्ण मुद्दाहरूलाई रक्षामन्त्री मनोहर पारिकरले गम्भिरतापूर्वक लिएको अनि प्रतिनिधी टोलिलाई सकारात्मक आश्वासन दिएको थप रमेश आलेले जानकारी दिएका छन्।

Related Posts

0 Response to "जीटीए प्रतिनिधी टोलिको रक्षामन्त्रीसँग भेट"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.