-->
कमिशन खाने नेताहरूले पहाडलाई अन्धकारमा धकेल्दैछ – प्रताप खाती

कमिशन खाने नेताहरूले पहाडलाई अन्धकारमा धकेल्दैछ – प्रताप खाती

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 23 दिसम्बर। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका शिक्षा विभागीय सभासद रोशन गिरीले पोलिटेक्निक कलेज निर्माण गर्न 15 प्रतिशत कमिशन मागेको समाचार प्रकाशित भएपछि यता गोर्खालिग महासचिव प्रताप खातीको गिरीको कडा आलोचना गरेका छन्। ‘रोशन गिरीले यदि उक्त कुरा झुटो हो भन्ने दाबी गर्छ भने भने मन्त्री विरुद्ध मानहानीको मुद्दा दर्ता गरेर देखाओस’ प्रताप खातीले भने।
यससन्दर्भमा गिरीविरुद्ध यथाशिघ्र कानुनी कार्वाही गर्नुपर्ने पनि खातीले माग गरेका छन्। राज्यको जिम्मेवार मन्त्री उज्जवल विश्वासले विधायक कमिशन मागेको जानकारी गराउनु सामान्य कुरा नरहेको बताउँदै उक्त कुरा मन्त्रीले तथ्या बिना नभनेको दाबी गरे। यसरी शिक्षाको बिकास गर्न आएको पैसाको कमिशन माग्नु अत्यन्तै दुर्भाग्य रहेको बताउँदै यस्ता कमिशनखोर नेताहरूले पहाडको भविष्य अन्धकार बनाउने कार्य गरेको उनले आरोप लगाएका छन्। 
उनले अझ भने, यदि गिरीले कमिशन मागेको हो भने दार्जीलिङ पुलिस अधिक्षकले गिरीविरूद्ध भ्रष्टचार निरोधक कानुन अन्तर्गत कार्यवाही गर्नुपर्छ। यदि पुलिसले कार्यवाही नगरे गोर्खालीगले गिरी विरूद्ध मामिला दर्ता गर्ने सोच बनाएको छ। 
गिरी विरूद्ध मामिला दर्ता गरेको खण्डमा मन्त्री अरूप विश्वास अनि डा. हर्कबहादुर छेत्री गवाहीको रूपमा रहने खातीले बताए। उनले अझ भने, कमिशन खाने नीतिले गर्दा नै आजसम्म हामी चिन्हारीको मुद्दामा पनि लक्ष्यमा पुग्न नसकेका हौँ। यस्ता प्रतिशतखोरी नेताहरूलाई अघि लाउँदा नै हामीले आत्मानिर्णयको अधिकार प्राप्त गर्न नसकेका हौँ भने। 
यता, पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले विधायक डा. हर्कबहादुर छेत्रीको नेतृत्वमा गठन हुने भनिएको नयाँ दलबारे टिप्पणी गर्दै भने, राजनीतिमा दल गठन गर्नु राम्रो कुरा हो भने। यद्यपी उक्त गठन हुने राजनैतिक दल केवल दल गठनकै निम्ति मात्र सिमित बन्न नहुने सुझाव दिँदै गठन गर्न अघि सबै विचार गर्न आवश्यक रहेको खातीले बताएका छन्। 
‘हाम्रो सबैभन्दा ठूलो प्रश्न भनेको चिन्हारीको मुद्दा हो। यसैले सबैथोक विचारेर नै दल गठनबारे निर्णय लिएको उचित हुनेछ’ खातीले सुझाव दिए।

0 Response to "कमिशन खाने नेताहरूले पहाडलाई अन्धकारमा धकेल्दैछ – प्रताप खाती"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.