-->
गोजमुमोले दिल्लीबाट ‘शुन्य’ मात्रै लिएर आएको छ – डा. हर्कबहादुर छेत्री

गोजमुमोले दिल्लीबाट ‘शुन्य’ मात्रै लिएर आएको छ – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २६ दिसम्बर 2015। नयाँ वर्षमा  नयाँ कालेबुङ जिल्लालाई सफा अनि सुन्दर बनाउने जिल्ला माग समितिले तत्परता देखाएको छ। यसवारे जिल्ला माग समितिका मुख्य संयोजक एवं कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री एक पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका छन्। 
‘हामी नयाँ वर्षको स्वागतमा आगमी 31 दिसम्बरको दिन कालेबुङ शहर सफाई अभियान थाल्नेछौँ’ – डा. हर्कबहादुर छेत्रीले कार्यक्रमको घोषणा गरे। कुनै पनि राम्रो कार्यको निम्ति सुरुआत कसैले गर्न आवश्यक रहेको बताउँदै आफुहरू राम्रो कार्यका निम्ति सुरुआत गर्नेहरू हो भनि डा. छेत्रीले अझ जनाए। 
‘परिवर्तन आफै आउँदैन। जब मानिसको व्यवहारमा परिवर्तन आउँछ तबमात्र साँचो परिवर्तन सम्भव छ’ डा. छेत्रीले स्पष्ट भने। कमिटीले शहरभित्रका पुराना फेस्टुनझारजङ्गल आदिको सरसफाई गर्ने बताउँदै गाँउ अनि विभिन्न वार्डका मानिसहरूले आ-आफ्नो ठाँउमा सफाई-अभियान चलाइदिने छेत्रीले आह्वान गरेका छन्।
पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा डा. हर्कबहादुर छेत्रीलाई गोजमुमो सह-सचिव विनय तामाङले ‘सत्ताको लोभ’ भएको कारण ममता व्यानर्जीको भाषा बोलिरहेको आरोपबारे प्रश्न गर्दा उल्टै गोजमुमो अध्यक्ष विमल गुरुङलाई सत्ताको लोभि भनि आरोप लगाएका छन्। ‘मलाई साथीहरूले सत्ताको लोभि भन्न सुहाउँदैन। यदि म साँच्चै सत्ताको लोभि भए आज पनि मोर्चामा नै हुने थिए। सत्ताको लोभ त विमल गुरुङलाई थियो। यसैकारण उनले जीटीए प्रमुखबाट राजीनामा दिएर पछि पुन: सत्तामा बस्न जनताको अनुरोध भन्ने नाटक रचे’ – डा. हर्कबहादुर छेत्रीले मोर्चा अध्यक्षलाई निशानामा लिँदै भने। 
अर्कोतर्फ गोजमुमो पार्टीको दिल्ली यात्राको फल ‘शुन्य’ रहेको विधायक डा. हर्कबहादुर छेत्रीले दाबी गरेका छन्। ‘दिल्ली यात्रा वास्तवमा पदयात्रा रोक्नलाई चाहिएको बहना थियो। यसबारे मैले अघि नै भनेको पनि थिए। गोर्खाल्याण्ड नभएसम्म पदयात्रा गर्छु भन्ने व्यक्ति किन आफ्नो वाचा पुरा नगरी घर फर्के ? यसकारण दिल्ली यात्रा एउटा मोर्चालाई चाहिएको बहना मात्रै अन्य केहि हुँदै होइन’ डा छेत्रीले भने। उक्त दिल्ली यात्रामा मोर्चाका नेताहरू प्रधानमन्त्री सामु बोल्न समेत नपाउने दाबी गर्दै यसपल्ट पनि कोहि प्रधानमन्त्री सँग नबोलि फर्केको तिनले दाबी गरेका छन्। 
‘प्रधानमन्त्री सँगको भेटघाटमा कसैले बोल्न पाउँदैनन्। म आफै पनि पहिला भेट्न गएको हू। त्यस बेला पनि सांसद मात्रै प्रधानमन्त्री सँग बोले अनि यसपल्ट पनि निश्चय त्यस्तै भयो। त्यस भेटघाट पनि मोर्चा रित्तो हात फर्केर आएका छन्’ छेत्रीले भने। प्रधानमन्त्रीसँगकोइ भेटघाट राम्रो भयो भनि मोर्चा आफैले प्रेस विज्ञप्ति जारी गरेको बताउदै यसबारे सरकारी पक्षबाट कुनै प्रेस विज्ञपति समेत जारी नभएको कारण उनीहरू रित्तो फर्केको स्पष्ट हुने छेत्रीले जनाए।
यता विधायक डा. छेत्रीलाई तृणमूल कङ्ग्रेसले हतियारको रुपमा प्रयोग गरिरहेको भन्दै मोर्चा अध्यक्ष विमल गुरुङले आज बागडोग्रा हवाई अड्डामा आरोप लगाएको बताउँदै  ‘तृणमूलको हतियार हुँदा जनताले जिल्ला पाउँछ भने किन नहुनु ?’ भनि प्रश्न गर्दै ‘तर म हतियार भएको प्रमाण कहाँ छ देखाउनुपर्छ’ भनि चुनौति दिएका छन्। उनले आफु हतियार बन्नको साटो उल्टै गोजमुमो नेताहरू भाजपाको हतियार बनेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई भेट गरेर मुम्बईमा उद्दव ठाकरेसंग भेट गर्न जानु यसको प्रमाण हो भने। यद्यपि भाजपाको हतियार बन्दा भने उनीहरूले केही ल्याउन नसकेको पनि तिनले दाबी गरे। 
यसैक्रममा बिमल गुरुङले कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीलाई गोजमुमोको टिकटमा लाखौँ भोटले जितेको बताउँदै यसपल्ट उनले भोट जित्दैनन् भनि बयान दिएको सन्दर्भमा ‘गोर्खाल्याण्ड भन्ने नेतालाई विधानसभा चुनाउबारे कसरी याद आयो?’ भनि प्रश्न तेर्साए। यसक्रममा विधानसभामा विधायकलाई के कामको निम्ति पठाइन्छ भनेर ज्ञान समेत नहुने मोर्चाले विधानसभामा विधायकहरू नपठाएको राम्रो हो भनि सुझाव दिएका छन्। किनभने यसभन्दा आफू मोर्चाको विधायक हुँदा मोर्चा अध्यक्ष आफैले विधानसभामा केहि काम गर्न नदिएको आरोप लगाएका छन्। 
‘जहाँसम्म चुनाउको प्रश्न छ त्यसबारे हामी केही भन्दैनौँ त्यो जनताले निर्णय गर्ने कुरा हो अनि यो भविष्यले बताउँछ’ डा. छेत्रीले भने। उनले प्रधानमन्त्री सँगको भेटघाटमा गोर्खाल्याण्ड गठनको औचित्य जाँच गर्ने कमिटि गठनको मागबारे टिप्पणी गर्दै कमिटि गठनको माग हाँस्यस्पद हो भने। 
‘भारतीय संविधानको धारा 3 (क) ले छुट्टै राज्य गठन गर्न सक्छ। त्यसो भए मोर्चालाई किन गोर्खाल्याण्ड गठनको कमिटि चाहियो?” डा छेत्रीले प्रश्न गरे। यसक्रममा उनले कमिटिले केहि गर्न नसकेको अनेकौँ उदाहरण दिँदै मोर्चा आफैले दाबी गरेको 395 तराई डुवर्सको मौजाबारे बुझ्न गठन गरिएको श्यामल सेन कमिटिले केहि उपलब्धि नल्याएको उदाहरण दिए। 
यता विधायक डा. हर्कबहादुर छेत्रीले आज मङ्पङमा राज्यका सहकारी मन्त्री डा. ज्योतिकुमार करसित भेट गको पनि पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। यस भेटमा सहकारी व्याङ्क सञ्चालनमा देखापरिरहेका विविध समस्याबारे विधायक अनि मन्त्रीमाझ चर्चा भएको उनले बताए।

0 Response to "गोजमुमोले दिल्लीबाट ‘शुन्य’ मात्रै लिएर आएको छ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.