-->
पहाडमा नयाँ राजनैतिक दल गठन हुने निश्चित............  नयाँवर्षको उपहार जनताले चाँडै पाउनेछन् – डा. हर्कबहादुर छेत्री

पहाडमा नयाँ राजनैतिक दल गठन हुने निश्चित............ नयाँवर्षको उपहार जनताले चाँडै पाउनेछन् – डा. हर्कबहादुर छेत्री

फोटो:फेसबूक्
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २० दिसम्बर 2015 । ‘कालेबुङ जिल्ला क्रिसमसको उपहार पाउनुभयो, अब नयाँ वर्षको उपहर नयाँ पाउनुहुनेछ’ – उक्त कुरा कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्रीले भनेका हुन्। जिल्ला माग समितिको पहिलो उद्देश्य पुरा भएपछि अब दार्जीलिङ पहाडका जनतालाई नयाँ वर्षमा नयाँ राजनैतिक दल गठन गरेर अर्को उपहार दिने सङ्केत गर्दै उक्त कुरा यहाँको मेल ग्राउण्डबाट जनतालाई सम्बोधन गर्दै भनेका हुन्। 
‘कालेबुङ जिल्ला माग समितिले आफ्नो उद्देश्य पुरा गरेको छ तर, हामी अब बिसाउने छैनौँ। हाम्रो संघर्ष अब सुरु हुनेछ। हामी कालेबुङमा मात्र सिमित बन्ने छैनौँ। दार्जीलिङ पहाड, तराई-डुवर्स सबैमा फैलिनेछौँ। यसकारण नयाँ सालको उपहार स्वरुप हामी नयाँ कुराको घोषणा गर्नेछौँ’ – डा. हर्कबहादुर छेत्रीले नयाँ राजनैतिक दल गठनको सङ्केत स्पष्ट रुपमा दिँदै भने। यद्यपी उनले उक्त घोषणा कहिले गर्ने भन्ने तारिक खुलाएनन्। 
“हामी सल्लाह गर्नेछौँ अनि कहिले घोषणा हुने त्यो दिन तय गर्नेछौँ’ उनले भने। नयाँ राजनैतिक दल गठन गर्ने अघिबाटै सङ्केत दिइसकेका छेत्रीले नयाँ गठन हुने दल कस्तो हुने भन्ने कुराहरूको समेत जनतालाई सम्बोधन गर्ने क्रममा दिए। ‘हामी हाम्रो दललाई कुनै जातिलाई प्राथमिकता दिएर नाउँ राख्ने छैनौँ। ठाउँलाई मात्र प्राथमिकता दिएन पनि नाउँ राख्नेछैनौँ। हाम्रो दल सिमा र जातिको नाउँमा बाँधिएर सिमित बन्नेछैन’ – डा. हर्कबहादुर छेत्रीले अझ भने। 
यसक्रममा उनले नयाँ गठन हुने दल नितान्त धर्म निरपेक्ष हुने समेत बताएका छन्। “हामी कसैलाई किनाराकृत गर्ने राजनीति गर्दैनौँ। हामी सबैलाई समेटेर जोड्ने राजनीति गर्छौँ। सबैसँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्नेछौँ’ – डा. छेत्रीले भने। यसको निम्ति सम्पूर्ण जनता सचेत बनेर सही नेतृत्व चुन्ने अनि जनताको निम्ति काम गर्न सक्ने नेतृत्व तयार पार्ने यो नै आवश्यक अनि महत्वपूर्ण समय रहेको बताउँदै “अब जनता सुत्नु हुँदैन’ भने। अहिलेसम्म यहाँ बाझ्ने राजनीति गर्ने गरेको कारण कुनै उपलब्धि हुन नसकेको बताउँदै अबको राजनीति बाझ्ने होइन मिल्ने हुनपर्ने पनि छेत्रीले बताए। विगतदेखि वर्तमान सम्मका राजनैतिक दलहरूको बाझ्ने प्रवृत्तिले जनताको आङमा न्यानो घाम लाग्न नसकेको दाबी गर्दै अब जनता आफैले पनि सही नेतृत्व चुनेर अघि आउनुपर्ने समय रहेको उनले आह्वान गरेका छन्। 
आफ्नो सम्बोधनको क्रममा उनले गोर्खा जनमुक्ति मोर्चा नेताहरूको नाउँ नलिइ कटाक्ष गर्दै उनीहरूले जनतालाई ढाँट्ने राजनीति मात्र गरिरहेको आरोप लगाए। कालेबुङमा पिउने पानी व्यवस्थापनको निम्ति आफूले मन्त्रीसँग कुराकानी गर्दा यसबारे जीटीएको मुख्यसचिव भन्नु भनेर आदेश दिएको अनि सोही अनुरुप पीएचई विभागका अधिकारीसँग कुराकानी गर्दा पिउने पानी वितरण गर्दा फुटेका पाइपहरू व्यवस्थापन गर्न सक्ने बल्टु समेत किन्ने विभागमा पैसा नरहेको कुरा विभागीय अधिकारीले जनाएको पनि उनले बताए। 
“जीटीए बिकासको एजेन्सी भनेका थियौँ, जाबो एउटा बल्टु किन्न समेत पैसा नभएको जीटीए बिकासको एजेन्सी होइन बिकासको बाधक हो”- डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा उनले जिल्लाको मुद्दा गोजमुमो पार्टीले उठाएको भनेर अहिले श्रेय लिन खोजेको बताउँदै ‘गोजमुमोले जिल्लाको मुद्दा कहाँ उठायो जनतालाई थाह छैन, सायद पातलेबासमा उठाएको कारण जनताले थाह नपाएको हुनसक्छ’ भन्दै मोर्चाको खिल्ली उडाए। 
यसक्रममा मोर्चालाई यसरी मागहरू जनताले थाह नपाउनेगरी माग्ने सुझाव दिँदै आफूहरूले उक्त मागहरू पुरा गरेपछि पटेका पड्काएर हर्षौल्लास पालन गर्नु भनि सुझाव समेत दिएका छन्। किनभने मोर्चाले मागेका मागहरू सरकारले नदिने बताउँदै त्यो भन्द आफूहरूले ल्याएको उपलब्धिमा खुशी मनाउनु नै उचित हो भनि मोर्चा आजसम्म उपलब्धि विहिन रहेको आरोप लगाए। 
उनले कालेबुङ जिल्ला गठन पछि अब पर्चा-पट्टाको मागलाई केन्द्रमा राखेर अघि बड्ने बताउँदै दोस्रो प्राथमिकता पहाडको शिक्षा व्यवस्थामा दिने बताएका छन्। यसका साथै आगामी दिनमा कालेबुङमा कानुन महाविद्यालयको निर्माण, कृषी महाविद्यालयको क्याम्पस निर्माणको निम्ति कार्य गर्ने बताए। उनले जनतालाई सम्बोधन गर्दै सिलगडीमा बिकास कार्य गर्न जसरी सिलगडी जलपाईगडी डेभलभमेन्ट अथोरिटि निर्माण गरिएको छ ठिक जिल्लाको पूर्वधार नबनिए सम्म ‘कालेबुङ डेभलभमेन्ट अथोरिटि’ निर्माण गर्न सकिने अनि यसबारे सरकारलाई अवगत गराउने पनि बताए। 
आफ्नो लगभग आधा घण्टा लामो सम्बोधनको क्रममा उनले कालेबुङ जिल्लाको सर्वाङ्गिन बिकासको मात्र नभएर अब सम्पूर्ण जनताको बिकास हुन आवश्यक रहेको बताउँदै यसको निम्ति जनता आफै तयार बस्नपर्ने आहव समेत गरे। आजसम्म पहाडका जनताले सही नेतृत्व चुन्नको साटो अशिक्षित नेताहरू चुनेको कारण जनताको आङमा न्यानो घाम लाग्न नसकेको दाबी गर्दै अब शिक्षितहरूले यसबारे जनतालाई सचेत र सजग बनाएर शिक्षित नेतृत्वहरू तयार गर्न पर्ने बताए। “नयाँ बिहानको खोजिमा निस्कनुहोस, यहीँ समय हो। जनताको आङमा पक्कै न्यानो घाम लाग्नेछ” – डा. हर्कबहादुर छेत्रीले भने।

0 Response to "पहाडमा नयाँ राजनैतिक दल गठन हुने निश्चित............ नयाँवर्षको उपहार जनताले चाँडै पाउनेछन् – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.