
खम्बु राइट्स मुभमेन्ट भातृ संगठन नरहेको कुरा निराधार........ निर्णयबाट महकुमा अनि केन्द्रिय समितिको कार्यकारी समिति अनभिज्ञ
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 6 नोभेम्बर 2015: खम्बु राइट्स मुभमेन्टले किराती खम्बु राई सांस्कृतिक संस्थानद्वारा प्रेषित बिज्ञप्ति र घोषणाको खण्डन गर्दै उक्त सभा र निर्णय अनि जानकारी नै किर्ते रहेको बताएको छ।
खरामुले दिएको जानकारी अनुसार आज यसको कार्यकारी सभा कालेबुङमा बस्यो जसमा किखरासांस महकुमा अनि केन्द्रिय समितिको कार्यकारी सभा बसेर लिएको निर्णयवारे चर्चा परिचर्चा गरियो। खम्बु राइट्स मुभमेन्ट किखरासांसको भातृ संगठन नरहेको समाचार भ्रामक रहेको र असम्वैधानिक रहेको सभाले ठहर गरेको एक बिज्ञप्ति मार्फत बताइएको छ।
महकुमा समिति किखरासांसले केन्द्रिय समिति किखरासांसलाई बुझाएको प्रस्तावनाबारे सभामा चर्चा भए वापत महकुमा समितिका कार्यकारी समितिका प्रतिनिधि अनि शाखाका प्रतिनिधिहरूसित सम्पर्क गर्दा सबैजना यो सभा बसेको र निर्णय लिएकोबारे अनभिज्ञ् रहेको कुरा थाहा लागेको खरामुका अध्यक्ष अरूण कुमार राईले पत्रकारहरुलाई बताएका छन्।
महकुमा समिति किखरासांसले केन्द्रिय समिति किखरासांसलाई बुझाएको प्रस्तावनाबारे सभामा चर्चा भए वापत महकुमा समितिका कार्यकारी समितिका प्रतिनिधि अनि शाखाका प्रतिनिधिहरूसित सम्पर्क गर्दा सबैजना यो सभा बसेको र निर्णय लिएकोबारे अनभिज्ञ् रहेको कुरा थाहा लागेको खरामुका अध्यक्ष अरूण कुमार राईले पत्रकारहरुलाई बताएका छन्।
महकुमा समितिको कार्यकारी समितिको सभा नबसी कुन आधारमा महकुमा सचिवले खम्बु राइट्स मुभमेन्ट संगठनको भातृ संगठन होइन भनेर भन्दैछन्, महकुमाले कुनै पनि निर्णय लिन्छ भने कार्यकारी समितिको सल्लाह लिन अनिवार्य रहन्छ। संगठनमा कुनै व्यक्तिको व्यक्तिगत निर्णय सर्वोपरी हुँदैन, तिनले भने।
यस विषयबारे महकुमा समिति किखरासांस कार्यकारी सदस्य तथा किखरासांस 33 नम्बर समष्टीका सचिव एसबी राई, योग्दा शाखा अध्यक्ष चन्द्र खम्बु, टिस्टा शाखा अध्यक्ष पुरण राई , भालुखोप शाखा सचिव किरण राई, गितवियोङ शाखा सचिव सुमन खालिङ, तोस शाखा सचिव दिपक राई, दलगाँउ शाखा सचिव विदुर राई, गीतडाब्लीङ शाखा सचिव विजय राई, सन्तुक शाखा सचिव सन्जय राई आदिलाई प्रश्न गर्दा कसैलाई पनि उक्त महकुमा समितिको सभा अनि निर्णयबारे कुनै जानकारी नभएको बताएका छन्।
कार्यकारी समितिमा शाखाको सभापति र सचिव सदस्य रहने भएपनि यस्तो ठुलो निर्णय लिन अघि आफ्नो कुनै सल्लाह नलिनु सभामा नबोलाउनु भनेको कार्यकारी सदस्यको अधिकार हनन् गर्नु रहेको गुनासो टिस्टा शाखाका अध्यक्ष पुरण राईले गरेका छन्।
कार्यकारी समितिमा शाखाको सभापति र सचिव सदस्य रहने भएपनि यस्तो ठुलो निर्णय लिन अघि आफ्नो कुनै सल्लाह नलिनु सभामा नबोलाउनु भनेको कार्यकारी सदस्यको अधिकार हनन् गर्नु रहेको गुनासो टिस्टा शाखाका अध्यक्ष पुरण राईले गरेका छन्।
सोही कुरालाई समर्थन जनाउँदै 33 नम्बर समष्टी किखरासांस सचिव एस बी राईले पनि समाचार पत्रमा देखिएको किखरासांसको निर्णय कुनै एक व्यक्तिको निर्णय हुनसक्ने तर सम्पूर्ण किखरासांसको अनि किखरासांस महकुमा समिति र केन्द्रिय समितिको निर्णय हुदै होइन भनि बताएका छन्।
यसरी नै योग्दा शाखाका अध्यक्ष चन्द्र राईले पनि महकुमा समितिले कुनै कार्यक्रमको निम्ति पैसा उठाउन मात्र आफुलाई सभामा डाकेको गुनासो गर्दै यो निर्णय बारे आफुहरुलाई जानकारी नभएको बताएका छन्।
यसबारे आफ्नो प्रतिक्रिया व्यक्त गर्दै खरामुका संयोजक विनेश राईले भने - आज प्रकाशित समाचारको निर्णयबारे महकुमा समिति किखरासांसका कार्यकारी सदस्यहरु,मात्र होइऩ केन्द्रिय समितिका अधिकांश प्रतिनिधिहरु अनभिज्ञ् रहेका छन्। यसबारे केन्द्रिय महासचिव विनिता राई, सहसचिव प्रदिप राई, सिलगडी महकुमा क्षेत्र (जहाँ
सभा बसेको बताइएको छ) आदिलाई सम्पर्क गर्दा उनीहरू पनि अनभिज्ञ् रहेको थाहा लागेको छ। यो संगठनको वयान नरहेर कुनै व्यक्ति विशेषको गैरकानुनी अनि अवैढ्य वयान हुन सक्ने बताइएको छ।
खम्बु राइट्स मुभमेन्टले जनजातिको आन्दोलनलाई कालेबुङदेखि दिल्लीसम्म किखरासांसको सहमतिमा पुर्याएको हो। बिकास बोर्डको कुरा पनि खरामुले कालेबुङ,दार्जीलिङ, खर्साङ, मिरिक, सिलगडी, जलपाइगडी, डुवर्स आदि क्षेत्रका खम्बु प्रतिनिधिहरूलाई लिएर माग गरिरहेको मुभमेन्टका महासचिव सन्दिप कुलुङले बताएका छन। खरामु
भातृ संगठन होइन भनेर् त्यसो भनेको कुनै ठोस जानकारी आफुलाई प्राप्त नभएको कुलुङले बताए। यसप्रकारको निराधार वयान दिएर व्यक्ति विशेषले खम्बु समुदायलाई दिग्भ्रमित पार्नु नहुने पनि तिनले थप बताए। "हामी किखरासांस अधिनस्थ रहेको कारण हामी यही बसेर जातिको उत्थान गरेर देखाउँदैछौं। हामीलाई अर्को संगठन बनाउनु छैन, हामीलाई भावी सन्तानको अधिकारको निम्ति काम गर्नु छ। यदि कसैले खरामुको कार्यप्रणालीमाथि शंका गर्छ भने हामी टेबलमा बसेर आफ्नो कुरा राख्न तयार छौं," तिनले अन्तमा भने।
0 Response to "खम्बु राइट्स मुभमेन्ट भातृ संगठन नरहेको कुरा निराधार........ निर्णयबाट महकुमा अनि केन्द्रिय समितिको कार्यकारी समिति अनभिज्ञ "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.