-->
बिकास बोर्डको निम्ति खम्बु राइट्स मुभमेन्टलाई समर्थन ...... महकुमा अनि केन्द्रिय समितिको कुरा गैरकानुनी

बिकास बोर्डको निम्ति खम्बु राइट्स मुभमेन्टलाई समर्थन ...... महकुमा अनि केन्द्रिय समितिको कुरा गैरकानुनी

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 6 नोभेम्बर 2015: पहाडमा खम्बुहरू सर्ववृहत जनसंख्या मात्र नभएर सबैभन्दा गरिब अनि पछाडिएको जाति पनि हो। यसैले जुन प्रकारको खम्बु जातिको अधिकार र विकासको निम्ति खम्बु राइट्स मुभमेन्टले हाल विकास बोर्ड र जनजाति मान्यताको माग गरिरहेको छ यसमा हाम्रो पूर्ण समर्थन रहेको छ उक्त कुरा आज एक प्रेस विज्ञप्ति जारी गर्दै किराँती खम्बु राई सांस्कृतिक संस्थान गितवियोङ शाखाले बताएको छ।
खम्बुको इतिहासमा सर्वप्रथम अधिकारको आन्दोलन गर्ने खम्बु राइट्स मुभमेन्ट रहेको बताउँदै शाखा सचिव सुमन खालिङले भने - आज सम्म खरामुले संस्थाको सल्लाह अनि अधिनस्थ रहेर आन्दोलन गर्यो तर आज के को आधारमा केन्द्रिय समितिले खरामुसंग सम्बन्ध छैन, थिएन भन्दैछ ?  कालेबुङ महकुमा समितिको कार्यप्रणाली नबुझी जतासुकै केन्द्रिय समितिले बोल्न पाउँदैन। खरामु विभिन्न शाखा प्रशाखाले बनिएको आन्दोलन गर्ने समुह हो। यदि आज केन्द्रिय समितिले खरामुलाई अधिनस्थ होइन अनि झण्डा प्रयोग गर्न पाउदैन भनेर भन्छ भने हामी शाखाहरू कहाँ जानुपर्ने बताउँनु पर्छ। खरामुलाई यसप्रकारको लाण्छना लगाउन भन्दा अघि महकुमा र केन्द्रिय समितिले सोच्न पर्छ।
आजको समाचारमा कालेबुङ महकुमा समितिले खरामु कुनै समय पनि यस संग अधिनस्थ थिएन भनेर लिएको प्रस्तावना केन्द्रिय समितिले अनुमोदन गरेको कुरा विवादास्पद रहेको बताउँदै खालिङले भने - महकुमा समितिको कहिले सभा भयो, को को बसेर महकुमामा निर्णय लियो त्यो प्रस्तावना शाखालाई देखाउनु पर्छ। यो कुनै व्यक्ति विशेषको संगठन होइन । शाखा प्रशाखालाई जानकारी हुनुपर्छ। पदको दुरूपयोग गर्नु हुदैन। केन्द्रिय समितिले अनुमोदन गरेको प्रस्तावना अनि सभाको प्रस्तावना हामीलाई देखाउन पर्छ। यस प्रकारको गैरकानुनी वयान एकलैले समितिको नाममा दिनु हुँदैन।

खरामुलाई हाम्रो पूर्ण समर्थन रहेको छ। खरामु माथि हाम्रो ठुलो विश्वास रहेको कारण भावी दिनमा पनि खरामुले नेतृत्व गर्ने हाम्रो जनजातिको अधिकारको आन्दोलनको निम्ति हामी अघि बड्नेछौं, तिनले बताउदै अन्य शाखाहरुको पनि खारामु प्रति विश्वास अटल रहेको र रहिरहने बताएका छन

Related Posts

0 Response to "बिकास बोर्डको निम्ति खम्बु राइट्स मुभमेन्टलाई समर्थन ...... महकुमा अनि केन्द्रिय समितिको कुरा गैरकानुनी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.