
जयगाँउलाई नगरपालिका बनाइने, विकाश गरिने ममता ब्यानर्जीको योजना
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 3 नोभेम्बर । भारत भोटाङ सिमामा भएको जयगाँउलाई ग्राम पंञ्चायतदेखि नगरपालिका र सम्पूर्ण जयगाँउलाई नै नँया जयगाँउलाई बनाउने घोषणा मुख्य मंत्रीले आफ्नो छोटो भ्रमणको समय गरिन ।
भारत भोटाङ सिमामा अवस्थित जयगाँउको भ्रमणको समय पश्चिम बंगालका मुख्य मंत्री ममता ब्यानर्जीले आज एक उच्च स्तरिय बैठक स्थानिय उच्च स्तरिय अधिकारीहरुसंग जयगाँउ डेभलपमेंट अथरिटि (जेडिए) कार्यलयमा गरिन। जयगाँउलाई महकुमामा बडोत्तरि अनि जयगाँउको पिउने पानीको समस्याको नम्ति 15 कड़ोर रुपियाँ दिने बिषयमा आलोचना आज बसेको बैठकमा भएको बैठक पछि पत्रकारहरु समक्ष बताउदै मुख्य मंत्रीले बताइन ।
यस अवसरमा उनको स्वागतको निम्ति अन्तर्राष्ट्रीय सिमामा अवस्थित् छिमेकी राष्ट्र भोटाङ्को इकोनोमिक अफेयर मंत्री नर्वू वागचूक, गृह मंत्रालयको कानुनी सचिव सोनाम तोबगे, एक्जुकेटिभ सचिव थिचेन लेण्डुप, जोगदा पेम्बा छिरिङ, डुगपा राबतेन डुक्पा, ठोम्पेन छितेन दोर्जी, रोयल पुलिस कर्णल निमा लगायत भारितय वाणीज्य राजदूत पिउस गुप्ताको पनि उपस्थिति थियो ।
जयगाँउको विकाशको निम्ति बातचित भएको जानकारी स्वय मुख्य मंत्री ममता ब्यानर्जीले जनाउदै भनिन जयगाँउ अन्तराष्ट्रीय सिमासंग जोड़ीएको छ जसको महत्व अलगै छ । यस क्षेत्रमा बिकास अनि उन्नतिको निम्ति राज्य सरकारले जयगाँउलाई नयाँ जयगाउँको नामकरण गर्दै जयगाँउमा नगरपालिका गठन गर्ने बिषयलाई लिएर चर्चा गरे पश्चात यो निर्णय पारीत भएकोछ, तिनले भनिन ।
जयगाँउमा पर्यटकहरुको आगमन धेरै मात्रमा हुने हुदाँ यहाको बिकासको निम्ति राज्य सरकारले राज्यको अर्बन डेभलपमेन्टको माध्यमबाट् पिएचइलाई पिउने पानिको समस्यालाई समाधान गर्नको निम्ति 15 कड़ोरको आर्थीक सहयोग दिने निर्णय लिएको मुख्य मंत्रीले बताइन । कानून ब्यवस्था साथै खेलकुदको विकास हेतु एसिऔ अनि पुलिस एडिपिओ कार्यलय बनाइने तर समय भने लाग्ने बताउदै मुख्य मंत्रीले भनिन यस क्षेत्रमा बसोबासो गर्ने मानिसहरुको निम्ति उज्जवल भविस्य बनाउदै नयाँ जयगाँउ बनिने बताइन ।
तिनले भनिन कि प्रत्येक बर्ष नै बर्षाकालमा पानि र खोलाले यस क्षेत्रमा धेरै क्षति पुराउने हुनाले आज त्यसबारे पनि चर्चा गरियो लिएको अनि यस समस्यालाई लिएर भोटाङ् सरकार सग बातचित गर्ने एउटा टोलि बनाइएको छ त्यस टोलिको प्रमुख पूर्व जेडिए चेयरम्यान मिहीर गोस्वामीले चुनिएका छन।
1 तारीख हेलिकप्टर मार्ग भएर् जयन्ति बनविभागको आवासमा बसेकी मुख्य मंत्री ब्यानर्जी वास्तवमा भूलन चौपतीमा निर्मित नयाँ हेलिप्याड भएर् जयगाँउ आउने कार्यक्रम थियो ।
जिल्ला परिषद सदस्य मोहन शर्मा, विधायक विलसन चम्प्रमारी लगायत अलिपूरद्वारका जिल्ला शासक एलिज मिन्ज पनि सभामा उपस्थित थिए। तिनलाई हेर्न अनि भेट्न स्थानिय जनताको अपार भिड जम्मा भएको थियो।
0 Response to "जयगाँउलाई नगरपालिका बनाइने, विकाश गरिने ममता ब्यानर्जीको योजना "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.