-->
जिस्टोको आन्दोलनलाई हिल तृणमूलको समर्थन

जिस्टोको आन्दोलनलाई हिल तृणमूलको समर्थन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 3 नोभेम्बर। ‘जुनप्रकारले पहाडका स्वंयसेवी अनि पारा शिक्षकहरूले समस्या झेलिरहेका छन् उनीहरूले न्याय पाउनुपर्छ। जिस्टोको आन्दोलनलाई हाम्रो समर्थन छ’ – उक्त कुरा हिल तृणमूल जिल्ला युवा अध्यक्ष भूपेन्द्र लेप्चाले भनेका हुन्। लेप्चाले आज एक पत्रकार सम्मेलन आयोजना गरेर जिस्टोको आन्दोलनलाई आफूहरूको समर्थन रहेको बताउँदै यसबारे मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष पनि कुरा उठान गरेको जानकारी दिए। 
पत्रकारहरूसित कुराकानी गर्दै उनले आन्दोलनरत शिक्षक-शिक्षिकाको समस्या जीटीएले समाधान गर्न नसकेको आरोप पनि लगाएका छन्। यसक्रममा लेप्चाले जीटीएलाई राज्य सरकारले हस्तक्षेप नगरेको दाबी समेत गरे। 
‘राज्यले जीटीएलाई हस्तक्षेप गरेको छैन। तर जीटीएले नै उनाहरूको समस्या समाधान गर्न नसकेको हो’ भूपेन्द्र लेप्चाले भने। यदि जीटीएमा समस्या भएको खण्डमा त्यस समस्यालाई टेबलमा सामधान गरिनपर्ने हो भनि सुझाव समेत दिएका छन्। 
‘समस्या छ भने समस्यालाई जीटीएले टेबलमा राखेर समाधान गर्न पर्ने हो। तर, जीटीएले समाधान निकाल्ने दिशामा कुनैपनि प्रक्रिया अघि बढाउने कार्य गरेको छैन’ लेप्चाले आरोप लगाए। उनले जीटीए प्रमुख विमल गुरूङले अहिलघरि पदयात्रा गर्नुको सट्टा जीटीएलाई राम्ररी सञ्चालन गर्नुपर्ने सुझाउँ दिँदै, पदयात्रा केवल नाटकबाजी मात्र रहेको आरोप तिनले लगाएका छन्। 
‘पदयात्रा नै गर्छ भने यसपल्ट पनि आश्वासनमा मात्र पदयात्रा फिर्ता लिनु हुँदैन। हामी गुरुङलाई शुभकामना दिन्छौँ, उनले 4 सयदिनको यात्रा पूरा गरून्’ भूपेन्द्र लेप्चाले विमल गुरुङप्रति व्यङ्ग गर्दै भने। 
पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा लेप्चाले तृणमूल कङ्ग्रेस युवा एकाईँले तिहारपछि पुनः साङ्गठनिक कार्यक्रम तिव्र पार्ने बताएका छन्। यसैक्रममा तृणमूल कङ्ग्रेस जिल्ला उपाध्यक्षका रूपमा खरसाङका कुन्दन मङ्ग्रान्ति अनि दार्जीलिङका सञ्जोग तामाङलाई उपाध्यक्षका रूपमा चयन गरिएको लेप्चाले जानकारी गराएका छन्।

0 Response to "जिस्टोको आन्दोलनलाई हिल तृणमूलको समर्थन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.