-->
बाटो निर्माण कार्य आरम्भ

बाटो निर्माण कार्य आरम्भ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 नोभेम्बर। जीटीए प्रमुख विमल गुरुङले आफ्नो पैदल यात्राको क्रममा घोषणा गरे अनुरूप यहाँको होम्स ग्राउण्ड देखि डी ब्लक फलबगान सम्मको बाटो निर्माण कार्य आरम्भ भएको छ।
क्षेत्रका सभासद् निमा तामाङले आज पूजा अर्चना पछि नरिवल फुटाए पछि उक्त बाटो निर्माण कार्य आरम्भ भएको हो। गोर्खाल्याण्ड जागरण यात्राको क्रममा जीटीए प्रमुख विमल गुरुङले उक्त क्षेत्रको भ्रमण गर्दै बाटो निर्माण गर्ने घोषणा गरेका थिए। सोही घोषणा अनुरूप आजदेखि लकभग 2.5 किलिमोटरको बाटो निर्माण कार्य सुरु गरिएको छ।
यसबारे पत्रकारहरूसित कुराकानी गर्दै सभासद निमा तामाङले गोर्खाल्याण्ड जागरण यात्राको क्रममा जीटीए प्रमुख विमल गुरुङले उक्त बाटो निर्माण गरिदिने घोषणा गरेको कारण नै आज देखि कार्य आरम्भ भएको जानकारी गराए।
उक्त बाटो निर्माणले क्षेत्रका धेरै ग्रामवासीहरू लाभान्वित हुने भएको बताउँदै क्षेत्रवासीकै समस्या देखेर उक्त कार्य सुरू गरिएको थप उनले बताएका छन्।
यसक्रममा स्थानीयवासीहरूले पनि उक्त बाटो निर्माण कार्यले क्षेत्रवासीलाई धेरै लाभ पुग्ने बताउँदै जीटीए प्रमुख अनि क्षेत्रिय सभासद निमा तामाङ प्रति आभार प्रकट गरेका छन्।

0 Response to "बाटो निर्माण कार्य आरम्भ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.