-->
पुस्कर सिङ्गरकृत रुबाइ सङ्ग्रह ‘फूलको थप्पड’ विमोचन

पुस्कर सिङ्गरकृत रुबाइ सङ्ग्रह ‘फूलको थप्पड’ विमोचन

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 9 नोभेम्बर। साहित्य सिर्जनाको उर्वर ठाउँ मानिने मङ्पूमा भारतीय नेपाली साहित्यको भण्डारमा कवि पुस्कर सिङ्गरकृत रुबाइ सङ्ग्रह ‘फूलको थप्पड’ विमोचन गरिएको छ। लगभग चार पुस्ताका साहित्यकारहरूको गतिलो जमघट रहेको कार्यक्रममा पुस्कर सिङ्गरको रुवाइ सङ्ग्रह मङ्पूबाट प्रकाशित पुस्तकहरूको सूचीमा 83 औँ स्थानमा सामेल भएको छ। 
त्रिकला सदन, रङ्बी बिचकमान मङ्पूको आयोजनामा सम्पन्न भएको कार्यक्रमलाई मङ्पूका वरिष्ठ कवि मोहन ठकुरीले अध्यक्षता गरेका थिए भने मुख्य अतिथिका रुपमा कवि मनप्रसाद सुब्बा उपस्थित रहेका थिए। यस अवसरमा विशिष्ट अतिथिका रुपमा साहित्यकार भीम थापा, कवियत्री रेमीका थापा, सङ्गीतकार मणीकमल छेत्री उपस्थित रहेका थिए। 
कवि सुरेन्द्र थीङद्वारा सञ्चालित कार्यक्रममा प्रमिला मुखियाले स्वागत सम्बोधन राखेकी थिइन्। यस अवसरमा मङ्पूबाट भारतीय नेपाली साहित्यको भण्डारमा थपिएको नयाँ कृति रुवाइ सङ्ग्रह ‘फूलको थप्पड’-को मुख्य अतिथि मनप्रसाद सुब्बा, मोहन ठकुरी, भीम थापा, नोर्जाङ स्याङ्दन, रेमीका थापा, सञ्जय विष्ट, मिलन वान्तवा अनि कवि पुस्कर सिङ्गरको वाहुलीबाट विधिवत विमोचन गरिएको थियो। पुस्तकको विमोचन पछि मुख्य अतिथि मनप्रसाद सुब्बाले उक्त पुस्तक विमोचन भएको घोषणा गरे। दार्जीलिङ, कालेबुङ, खर्साङ, बिजनबारी आदि स्थानहरूबाट आएका कवि साहित्यकारहरूको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै कवि कर्ण विरहले कवि पुस्कर सिङ्गरको परिचय राखेका थिए। 
यस अवसरमा विशिष्ट अतिथिका रुपमा उपस्थित कवियत्री रेमीका थापाले विमोचित पुस्तक ‘फूलको थप्पड’-बारे दुईकुरा राखे। ‘फूल उसै पनि कोमल हो। यसको सौन्दर्य नै कोमल हुन्छ भन्ने सबैले महसुश गर्छन्। तर, यहाँ कविले कोमल फूलको ‘थपडा’ भनेर शिर्षक राखेका छन्। जुन शिर्षक एउटा सौन्दर्यलाई हेर्ने नयाँ दृष्टिकोण हो’ – कवियत्री रेमिका थापाले भनिन्। 
भारतेली नेपाली साहित्यमा छुट्टै स्थान बनाउँदै आइरहेका पुस्कर सिङ्गरले भारतेली साहित्यमा नफस्टाएको रुबाइ लेखनलाई अघि बडाउनु एउटा ठूलो उपलब्धी हो भन्दै सर्जकहरूले नयाँ-नयाँ लेखनहरूको थालनीले समालोचकहरूलाई गम्भीर बन्न आग्रही गरिरहेको पनि जनाइन्। 
‘तपाईंहरू नयाँ लेखन गर्नुहोस अनि हामी आलोचकहरूलाई घोत्लिन आग्रही गर्नुहोस। यसले आलोचकहरूमा पनि लेख्ने जाँगर थपिन्दै जानेछ अनि हामी भविष्यमा निश्चित रुपले यस विषयहरूमा पनि काम गर्नेछौँ’ रेमिका थापाले अझ भनिन्। 
‘लेखनमा जाती सम्वेदनशील छन् त्यति नै सिर्जना धारदार पनि छन्। यसमा भावको गहिराई पनि उत्तिकै छन्। कोमल फूलको प्रतिवादको भाषा कसरी बोल्दैछ, यो कविको हेर्ने दृष्टिकोण हो। यसले निश्चय नै पाठकलाई सोँच्नै पर्ने बाध्यता दिलाउनेछ’ रेमीकाले थापाले कार्यक्रमलाई सम्बोधन गर्दै पुस्कबारे भनिन्। यसरी नै कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित रहेका कवि मनप्रसाद सुब्बाले आजको साहित्य अब अघिको साहित्य रहेन भन्दै वर्तमानको साहित्यको आधुनिक साहित्यको तुलमाना गहिराईतर्फ नभएर क्षितिजिय बन्दै गइरहेको बताए। 
‘आधुनिक साहित्यले गहिराइको कुरा गर्थ्यो। अहिलेको साहित्य गहिराइमा होइन फैलावटमा जाँदैछ। यसको स्वरुप दिनोदिन क्षितिजिय बन्दै गइरहेका छन्’ कवि मनप्रसाद सुब्बाले भने। समकालीन साहित्यिक लेखनमा क्षितिजिय बन्नुको एउटा प्रमुख कारण सूचनाको स्फूरण एउटा कारण हो भनि सुब्बाले अझ बताए। उनले आजको लेखनमा अहवादी चेतना आइरहेको पनि थप बताएका छन्। ‘फूलको थप्पड कुरुपताको सौन्दर्य हो’ पुस्तकबारे कवि मनप्रसाद सुब्बाले भने। कोमल, सुन्दर भनेर जानिने ‘फूलको थप्पड’ कतिको धारदार छन् त्यो समयले जोख्ने बताउँदै यहाँ कविको कवित्व शक्ति सशक्त रहेको थप कवि मनप्रसाद सुब्बाले कार्यक्रमलाई सम्बोधन गर्दै बताए। 
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कवि मोहन ठकुरीले मङ्पूको उर्वर भूमीमा पुस्कर सिङ्गर एउटा उज्जव नक्षत्र हो भन्दै उनलाई शुभकामना दिएका छन्। यस अवसरमा कार्यक्रममा कवि गोष्ठि पनि सम्पन्न भएको थियो। उक्त गोष्ठिमा दार्जीलिङबाट आएका कवि नोर्जाङ स्याङदन, कवि केवल चन्द्र लामा, कालेबुङका कवि सुधीर छेत्री, खर्साङका सतिस छेत्री, विजनबारीका शरण खालिङले कविता पाठ गरेका थिए भने काठमाडौँबाट आएका लाक्पा शेर्पाले गीत प्रस्तुत गरेका थिए। 
विभिन्न क्षेत्रबाट साहित्यकारहरूको जमघट रहेको कार्यक्रममा नगेन्द्र गोर्खा, हरिष मोक्तान ‘अल्लारे’, संजिव छेत्री, विनोद रसाईली, शरण मुस्कान, भूपेन्द्र सुब्बा, लेखनाथ छेत्री, देवलाल मोक्तान लगायत अन्य साहित्यकारहरूको पनि विशेष उपस्थिति रहेको थियो।

Related Posts

0 Response to "पुस्कर सिङ्गरकृत रुबाइ सङ्ग्रह ‘फूलको थप्पड’ विमोचन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.