-->
बिकास बोर्डलाई लिएर खम्बु राइट्स मुभमेन्ट्लाई समर्थन - 41शाखाबाट समर्थन

बिकास बोर्डलाई लिएर खम्बु राइट्स मुभमेन्ट्लाई समर्थन - 41शाखाबाट समर्थन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 29 नोभेम्बर 2015: राज्य सरकार द्वारा प्रदान गरिने बिकास बोर्ड जातिको उत्थान निम्ति रहेको औ यसले संस्कार सस्कृंतिको पनि जगेरा गर्न सकिने बताउँदै आज एक विज्ञप्ति मार्फत किखरासांस भालुखोप साखा अनि होम्स साखाले विकास बोर्ड र जनजातिको मागको निम्ति आन्दोलन गर्ने खम्बु राइट्स मुभमेन्ट्लाई समर्थन जनाएको छ। 
शाखामा सभा गरेर नै सदस्यहरूको विचार अनुसार समर्थनको निर्णय लिइएको औ आगामी दिनमा बोर्ड र जनजातिको आन्दोलनमा पनि सदैव खरामुको साथ रहने दुवै शाखाको विज्ञप्तिमा उल्लेख गरिएको छ। समर्थन बारे जानकारी गराउँदै होम्स शाखाका अध्यक्ष मदन राईले बोर्डको माध्यमबाट जातिको निम्ति धेरै कुरा गर्न सकिने तथा जनजातिको निम्ति पनि बोर्डको सहयोगमा अघि बड्न सकिने भएको कारण आफुहरूले खम्बु राइट्स मुभमेन्टलाई पूर्ण समर्थन गरेको बताए। 
खरामुले जातिको हित तथा आउने सन्तानको निम्ति जनजातिको आन्दोलन चर्काएर कालेबुङदेखि कलकता अनि दिल्ली सम्म पुर्याउन सक्षम बनिसकेको कारण आफुहरूलाई खरामु माथि विश्वास रहेको बताए। उनले भने – हाल खरामुमाथि कतिपय व्यक्ति विशेषले आलोचना गरिरहेका छन् तर अहिलेको समय आलोचना गर्ने होइन सबै खम्बु एक भएर खरामुलाई सहयोग गर्ने समय हो। 
यता भालुखोप शाखाका अध्यक्ष डिबी राईले पनि खरामु द्वारा डाकिएको सबै आन्दोलनमा आफुहरूले सहयोग र सहभागिता जनाएको कारण नै आन्दोलन गर्ने समुह खरामुलाई समर्थन गरेको बताए। आफुहरूले जातिको निम्ति धेरै अघिदेखि संगठन चलाएर आएको तर आज सम्म कुनै प्रकारको जातिको हितको निम्ति आन्दोलन तथा जाति प्रतिको सचेतना भने नभएको बताउँदै राईले भने – खम्बु राइट्स मुभमेन्ट आन्दोलन गर्ने समुह अघि आएपछि मात्र जातिको निम्ति आन्दोलन शुरू भएको हो। यतिमात्र नभएर खम्बु जातिको दीर्घमियादी माग जनजाति मान्यताबारे के के सांगठनिक काम हुँदैछ भन्ने पनि खरामुको गठन पछि मात्र शाखा प्रशाखाका सदस्यहरूलाई जानकारी भएको बताए। 
यसरी नै शाखाका मुख्य सल्लाहकार मिलन राईले पनि आन्दोन तथा कुनै पनि कुराको माग गर्नु हो भने युवाहरूको सक्रियता अनिवार्य रहने बताउँदै खरामुको आन्दोलन र कार्यक्रमलाई सहयोग गर्न शाखामा युवाहरू तयार राखिएको बताए। 
उनले भने, खरामुलाई आर्थिक अनि शारिरिक रूपमा सहयोग गर्न सधैं हाम्रो शाखा तत्पर रहने छ। विज्ञप्तिमा बिकास बोर्डको माग जुन प्रकारले खम्बु राइट्स मुभमेन्ट्ले गरिरहेको छ त्यसलाई समर्थन जनाउँदै दुवै शाखाले समर्थन पत्र पनि खरामुलाई पेश गरेको उल्लेख गरिएको छ। खरामुबाट् प्राप्त जानकारी अनुसार 41वटा शाखाबाट बोर्ड्को समर्थन आइसकेको तथा अझ अरुबाट आउनलागेको छ।

0 Response to "बिकास बोर्डलाई लिएर खम्बु राइट्स मुभमेन्ट्लाई समर्थन - 41शाखाबाट समर्थन "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.