राष्ट्रपति प्रणव मुखर्जीद्वारा हासीमाराको 18 अनि 22 स्क्वाड्रन भारतिय वायु सेनालाई राष्ट्रपतिको स्टांड्र्ड पुरस्कार प्रदान
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 28 नोभेम्बर । आज भारत भोटाङ् सिममाको छेउमा रहेको हासिमारा वायु सेना छाउनीमा भारतका राष्ट्रपति प्रणव मुखर्जीले हासीमाराको 18 अनि 22 स्क्वाड्रन भारतिय वायु सेनालाई राष्ट्रपतिको स्टांड्र्ड ले पुरस्कृत गरे।
समारोहमा राष्ट्रपतिलाई गाड अफ् अनर साथ वायु सेनाको परिसरमा सलामीसाथ हासिमाराको 18 स्क्वाड्रन वायू अनि 22 स्क्वाड्रन वायु सेनाको सयूक्त हेलिकप्टरले तिरंगा फहराउदै अनि सेनाको कार्यकर्ताहरुले परेड् अनि राइफलको ड्रिलसाथ स्वागत गरे ।
राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो भाषणको क्रममा बोल्दै भने सन् 1971 मा यस वायु सेनाले देश रक्षाको निम्ति ठूलो भूमीका निभाएको थियो अनि नेपालमा पनि यस वायु सेनाले वर्तमान समयमा पनि एउटा उदाहरण कायम राखेको छ । तिनले 1971को यूद्ध्को याद गराउदै भने त्यस समय वायु मिसनको कारण निर्मल जात सिंहलाई परमविर चक्र मरणोपरान्त दिइएको थियो ।
कार्यक्रम समाप्त भए पछि वायु सेनाको सिएएस अनि एओसि सिइओको सयूक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपतिले भने कि हासिमारा छावनीलाई बलियो बनाउने काम जोड तोडको रुपमा भैरहेको छ, जसको निम्ति रेल अनि वाहन लगायत अन्यहरुको आधुनिक करण गर्ने योजना रहेको बताए अनि यो चिनको सिमानासंग संल्ग्न क्षेत्र भएको कारण कड़ा सुरक्षाको योजनाहरु बनिरहेको अनि सुरक्षा प्रणाली चाडै लागु हुने बताए ।
0 Response to "राष्ट्रपति प्रणव मुखर्जीद्वारा हासीमाराको 18 अनि 22 स्क्वाड्रन भारतिय वायु सेनालाई राष्ट्रपतिको स्टांड्र्ड पुरस्कार प्रदान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.