-->
मिना गुरुङ हत्याकाण्ड : १९ महिना वितेर जाँदा पनि प्राप्त भएन न्याय .... न्यायको निम्ति उच्च न्यायलयको शरणमा जनेछौँ - दिलीप कुमार मोथे

मिना गुरुङ हत्याकाण्ड : १९ महिना वितेर जाँदा पनि प्राप्त भएन न्याय .... न्यायको निम्ति उच्च न्यायलयको शरणमा जनेछौँ - दिलीप कुमार मोथे

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १७ अक्टोबर। कालेबुङ महकुमा क्षेत्रको जलढका थाना अन्तर्गत विन्दु बजारमा मिना गुरुङको गत १८ मार्च २०१४ को दिन निर्मम हत्या भएको आज १९ महिना बितेर गए पनि पिढीत परिवारले अझसम्म न्याय पाएका छैनन्। जसको कारण पिढीत पक्ष न्यायको ढोका ढक-ढकाउँदै हिडीरहेका छन्। आफ्नो दिदीको निर्मम हत्या भएपछि न्यायको अपेक्षामा बसेका स्वर्गीय मिना गुरुङकी एकमात्र भाइ दिपक कुमार मोथेले आज कालेबुङ आइपुगेर न्यायको निम्ति पत्रकारहरूलाई गुहार लगाएका हुन्।
एकमात्र दिदीको हत्या भएपछि उनले आफ्नो पक्षबाट सकेसम्म कोसिस गरिरहे पनि प्रशासनिक पक्षबाट भने आजसम्म हत्याका आरोपीहरूलाई पक्राऊ गरेर सजाय दिलाउन सकेको छैन। जसको कारण पिढीत पक्ष भारतीय कानून व्यवस्थामा आस्था राख्दा राख्दै हैरान बनिसकेका छन्। हत्या भएपछि प्रारम्भिक चरणदेखि नै पुलिस प्रशासनले पिढीत पक्षलाई न्याय दिलाउनको निम्ति सही प्रकारले जाँच नगरेको कारण नै आजसम्म उनीहरूले न्याय पाउन नसकेको पिढीत पक्षको आरोप रहेको छ। हत्या भएको यसरी १९ महिना बितेर जाँदा समेत न्याय नपाएपछि पिढीत परिवारलाई न्याय दिलाउन अहिलेघरी विन्दु जोरढुंगा युनाईटेड डेभलभमेन्ट् कमिटिले पनि सहयोगको हात बढाउँदै अघि आएको छ। यसैक्रममा आज पिढीत परिवारका दिपक कुमार मोथे अनि संगठनका अध्यक्ष सञ्जय गुरुङले एउटा सन्युक्त पत्रकार सम्मेलन आयोजना गरेर पिढीत परिवारलाई न्याय दिनुपर्ने माग गर्दै यदि प्रशासनले न्याय नदिए आफूहरूले उच्च न्यायलयको शरणमा न्यायको माग गर्दै जान बाध्य हुनपर्ने बताएका छन्।
१८ मार्च २०१४ को राती मिना गुरुङको हत्या भयो। उनी घरमा एक्लै बस्दै आइरहेकी थिइन। उनको पतिको मृत्यु पछि उनी एक्लै बस्दै आइरहेको भाइ दिपक मोथेले जानकारी दिए। भाइ दिपक मोथे दिल्लीमा काम गर्थे अनि उनले आफ्ना बिरामी आमालाई त्यसबेला आफूसँगै दिल्लीमा उपचारका निम्ति लगेर राखेका थिए। हाल आमा पनि प्यारालाईसिस रोगले ग्रस्त छिन्। त्यसै समय मिना गुरुङको निर्मम हत्या भएको अनि हत्या भएको उनले फोनमार्फत खबर पाएपछि दिल्लीबाट घर प्रस्थान गरे। आफ्नो दिदीको निर्मम हत्या भएको खबर सुनेपछि मर्माहत बनेर दिपक कुमार मोथे १९ मार्च २०१४ का दिन दिल्लीबाट सिलगढी आइपुगे। त्यसै दिन गाउँका मणीकुमार भुजेलसँग भेट भयो अनि उनले एक्कासी रुँदै आफूले उनकी दिदीलाई प्रेम गरेको मात्र नबताएर सुटुक्कै सिन्दुर पोतेसमेत गरेको कुरा खुलस्त पारे। त्यसपछि भुजेलले न्यायको निम्ति पिढीत भाइलाई सहयोग गर्ने वचन दिएपछि एक्लो महशुस गर्ने भाइलाई केही राहत मिल्यो।
‘मणीकुमार भुजेलले मेरो दिदीलाई माया गरेको अनि यस कुरालाई लिएर उनको परिवारमा झगडा समेत हुने गरेको बताए। उनले साँच्चै माया गरेको नाटक नगरेर रुन थालेपछि सोझो मेरो मन पग्लियो अनि कुनै आपत्ति समेत जनाइन’ दिपक कुमार मोथेले भने। आफ्नो दिदीको शव पोष्टमार्टम गरेर परिवार पक्षलाई सुम्पेपछि विधी अनुरुपले उनले अन्तिम संस्कार गरिसकेपछि गत २१ मार्च २०१४ का दिन जलढका थानामा लिखित प्राथमिकी दर्ता गरेको पनि मोथेले जानकारी दिए। दिदीको निर्मम हत्या भएपछि शोकका डुबेका भाइ दिपक कुमार मोथेलाई कोरामा बसेकै समय पनि मणिकुमार भुजेलले साथ दिइरहेका थिए अनि यस समय उनले न्यायको निम्ति आफू पनि लड्न तयार बनेको आश्वासन दिएका थिए।
यसैक्रममा कोरामा बसेका पिढीत भाइलाई भुजेलले अचानक भोटाङ थिम्पुमा बसोवास गर्ने भानिज अनिल गुरुङले दिदीको हत्या गरेको हुनसक्ने शंका व्यक्त गरे। त्यसको ठिक चार दिन पछि देखि अचानक न्यायको निम्ति लड्न साथ दिने प्रतिवद्धता गर्ने मणीकुमार भुजेल टाडा हुन थाले। जसको कारण उक्त हत्याको मूल जड प्रेम प्रसंग नै थियो भन्ने शंका उत्पन्न भयो। किनभने भुजेको अवैद्य प्रेम सम्बन्ध बारे उनकी श्रीमती कुमारी भुजेललाई जानकारी भएको कारण घर झगडा समेत हुने गरेको भुजेलले नै भाइ दिपक कुमारलाई अघिबाटै बताएका थिए।
यसैक्रममा भुजेलले पछिबाट अचानक उक्त हत्याको शंका दिपक कुमार मोथेकै भतिजले गरेको हुनसक्ने पनि शंका व्यक्त गरेको जानकारी गराए। यसरी शंका उपशंकाको क्रममा 29 मार्च २०१४ देखि पुलिसले जाँच कार्य प्रारम्भ गरेपछि मणीकुमार भुजेल तृणमूल कङ्ग्रेस पार्टीमा सामेल भएर सक्रिय पार्टी कार्यकर्ताले झै काम गर्न थालेको मोथेले पत्रकारहरूलाई जानकारी दिए। यसक्रममा हत्याको मूल जड अवैद्य प्रेम सम्बन्ध थियो अनि यसको मूल आरोपी मणीकुमा भुजेल हुनसक्ने पिढीत भाइले शंका गरिरहेका थिए। यता जलढका थानाका प्रभारी पी.के कुण्डुले घटनाबारे जाँच गरिरहेका थिए। न्यायको निम्ति उनले पी.के कुण्डुलाई धेरैपल्ट भेटघाट गरेर सोधखोज गर्दा समेत कुनै उपलब्धि हुन सकेको थिएन। यसैक्रममा पुलिसले गत ४ मई २०१४ का दिन मणीकुमार भुजेलको ज्वाई रणु गुरुङ अनि पत्नि कुमारी भुजेललाई पक्राऊ गरेको थियो। जसलाई प्रमाणको अभावमा पछिबाट छोडेपछि अहिलेसम्म कसैलाई पक्राऊ गरिएको छैन।
निर्मम हत्याको आरोपमा पुलिसले प्रारम्भिक चरणमा पक्राऊ गरेकाहरू पनि छुटेपछि आजसम्म अन्य कसैलाई पक्राऊ गरेको छैन। यस्तो अवस्थामा थाना प्रभारी पनि परिवर्तन भएर पी.के कुण्डुको स्थानमा पंकज सरकार आए अनि उनले घटनाको जाँच गर्न थाले। तर पछिबाट नयाँ अधिकारीका रुपमा आएका पंकज सरकारले प्रमाण नभएको पिढीत परिवार पक्षलाई जनाएको दिपक कुमार मोथेले बताए।
यसैक्रममा हत्याका आरोपीहरूलाई पक्राऊ गरेर पिढीत परिवार पक्षलाई पुलिस प्रशासनले न्याय नदिएपछि उनले भारत सरकारको राष्ट्रिय अनुसूचित जाति आयोगमा मामिला पुराएर न्यायको माग लगाए। जसको कारण आयोगले पुलिस प्रशासनलाई घटनाको सम्पूर्ण विवरण मागेपछि पुन: पुलिस सक्रिय बनेर जाँच कार्य गरे। जुन सक्रियता पछिबाट पुन: सेलाएर गएको पिढीत पक्षको आरोप छ।
यसरी न्यायको प्रतिक्षामा बसेका पिढीत परिवारका सदस्य सामु गत 3 मई २०१५ का दिन अचानक डी.एस.पी राहुल पाण्डे आएपछि पुन: जाँच कार्य अघि बढेको मोथेले जानकारी दिए। यसक्रममा उनले पिढीत परिवारलाई महिना दिनभित्र न्याय दिने प्रतिश्रुती समेत दिएका थिए। यसरी जाँच अघि बढीरहेको अवस्थामा गाउँकै गंगा दर्जी नामक व्यक्तिले दिपक कुमार मोथेलाई हत्याराको जानकारी बारे पुलिसमा बयान दिनेछु भनेर गवाही बन्ने बताउँदै उनले तीनवटा मोबाइल र एउटा भोटाङको सिम कार्ड फेला पारेको कुरा आफूलाई बताएको मोथेले पत्रकारहरूलाई जानकारी दिए। तर दुर्भाग्यवस उनले गवाही बन्नेछु भएको केहि दिनपछि नै गंगा दर्जीले आत्महत्या गरेको मानिसहरूले देखे। जुन आत्महत्याको मामिला पुलिसमा समेत दर्ता नभएर परिवारका पक्ष अनि मणीकुमार भुजेलले मिलेर शवलाई जलाउने कार्य गरेको आरोप लगाए।
‘गंगा दर्जी एकमात्र गवाही थिए। उनले हत्याराको खुलासा गर्ने बताएका थिए। तर उनलाई आत्महत्या गरेको अवस्थामा मानिसहरूले पाए। जुन आत्महत्याको मामिला पुलिसमा समेत दर्ता भएन। यसकारण उक्त आत्महत्या गवाहीलाई मुद्दा दह्रो नहोस भनि सुनियोजित तरिकाले मिना गुरुङलाई हत्या गर्नेहरूले थप रचेको अर्को षढयन्त्र हो। यो आत्महत्या हुनै सक्दैन, यो गवाहीको हत्या हो’ दिपक कुमार मोथेले भने।
जाँच कार्य सुचारू तरिकाले अघि नबढेको कारण अहिलेघरी पिढीत परिवार पक्ष न्यायको प्रतिक्षामा छन्। यस्तो अवस्थामा न्यायको निम्ति पिढीत पक्षले गत १५ जुलाई २०१५ का दिन पुलिस अधिक्षकलाई भेटेर ज्ञापन दिएका थिए। जसको कारण पुलिस अधिक्षकले घट्नाको जाँच गर्न अर्का पुलिस अधिकारीलाई नियुक्ति गरेको अनी उक्त अधिकारीले ११ अगष्ट २०१४का दिन आफ्नो घरमा आएर सोधखोज गरेको पिढीत दिपक कुमार मोथेले बताए। नयाँ अधिकारीले जाँच गरेको थाह पाउनसाथै पुन: आफ्नो घरमा १३ अगष्ट २०१५का दिन डी.एस.पी. पुलिस अधिकारी पंकज सरकारको साथमा आएको बताउँदै त्यसपछि भने अहिलेसम्म पुलिसले जाँच कार्य नगरेको अनि पुलिस अधिक्षकले नियुक्ति गरेको पुलिस अधिकारीलाई डी.एस.पी ले घट्नाको जाँच नगर्न दबाएर राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
‘दिदीको निर्मम हत्या भएको १९ महिना बित्यो। हामीले न्याय पाएका छैनौँ। न्यायको निम्ति न्यायिक व्यवस्थाहरूको ढोका-ढोकामा पुग्नेछु। कुनै पनि जाँच आयोग अथवा न्यायिक व्यवस्थामा न्यायको निम्ति म पुग्नेछु। दिदीको आत्मा शान्तिको निम्ति दोषीलाई सजाय दिएरै छोड्ने प्रतिवद्धता गरेको छु’ – दिपक कुमार मोथेले भावुक बन्दै भने। यसक्रममा उनले अझ भने ‘पुलिसले घटनाको सुरुदेखि नै सही जाँच गरेको भए आज दोषीले सजाय पाउने थियो अनि हामीले न्याय पाउने थियौँ। अब पनि न्याय पाएनौ भने हामी यस मुद्दालाई उच्च न्यायलयमा पुर्‍याउनेछौँ।’ 
यसैसिलसिलामा पिढीत परिवार पक्षलाई न्याय दिलाउन सहयोग गर्दै आइरहेको विन्दु जोरढुंगा युनाइटेड डेभलपमेन्ट कमिटिका अध्यक्ष सञ्जय गुरुङले पनि पुलिस प्रशानले सही जाँच नगरेको आरोप लगाउँदै आगमी दिनमा यस मुद्दालाई उच्च न्यायलयमा पुर्‍याउन पिढीत परिवार पक्षलाई पूर्ण सहयोग गर्ने बताएका छन्।

Related Posts

0 Response to "मिना गुरुङ हत्याकाण्ड : १९ महिना वितेर जाँदा पनि प्राप्त भएन न्याय .... न्यायको निम्ति उच्च न्यायलयको शरणमा जनेछौँ - दिलीप कुमार मोथे"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.