-->
दार्जीलिङलाई भोटाङ् जस्तै सुन्दर अनि कालेबुङलाई आकर्षक पर्यटन केन्द्र बनाउनेछु –ममता ब्यानर्जी

दार्जीलिङलाई भोटाङ् जस्तै सुन्दर अनि कालेबुङलाई आकर्षक पर्यटन केन्द्र बनाउनेछु –ममता ब्यानर्जी

राजेश शर्मा, कालिमन्युज, थिम्पू भोटाङ् 6 अक्टुबर । पहिले चोटि भोटाङ् भ्रमणको अवधि भोटाङ्को सौन्दर्यताबाट मक्ख परी पश्चिम बंगालको मुख्य मंत्री ममता ब्यानर्जीले भनिन म दार्जीलिङ्लाई पनि भोटाङ् जस्तै सुन्दर बनाउनेछु। 
ममता ब्यानर्जीले भूटानको तारा टेम्पल वा 21वा डेमाहागमाला गुम्बामा गइन् अनि भनिन कि भोटाङ अति सुन्दर छ म दार्जीलिङको पनि सुन्दरीकरण यस्तै प्रकारले गर्ने प्रयास गर्नेछु अनि कालेबुङलाई पनि एक आकर्षणीय पर्यटन केन्द्र बनाउने छु । 
मुख्य मंत्री ममता ब्यानर्जीले आफ्नो 2 दिने भोटाङ भ्रमणको अवसरमा भोटाङ्को पाँचौ महाराजा जिग्मे खेसर नामगेल वागचुकलाई उनको राजदरवार (दिछेनचुलिई प्याल्येस) मा अवस्थित वासस्थानमा भेट गरिन।
उक्त भेटपछि< मुख्य मंत्री ममता ब्यानर्जीले संचार कर्मीहरुलाई भेटमा भएको बार्ताहरुको बारेमा बताउदै भनिन- “बंगालको सिमासंग भोटाङ्को धेरै जसो भागहरु संलग्न भएको कारण सिमानासंग सम्बन्धित् कुरोहरु महाराजासंग गरेकोछु।“ 
तिनले भनिन “बंगालको दुर्गापुरको हवाई अड्डामा सिगापुरदेखी आउने हवाइ जहाजलाई अब उत्रिनू दिनुपर्छ अनि यसले पश्चिम बंगालको अनि भोटाङ दुवै स्थानमा आउने पर्यटकहरुको निम्ति सजिलो हुनेछ भन्ने महाराजाले मलाई बताए।“ 
अलिपूरद्वार जिल्लाको सुनकोस नदीले बंगालको धेरै जसो स्थानहरुमा क्षति पूगेको कारण महाराजाले यस विषयमा पहल गरुन भन्ने तिनले बताएको थप जनाइन। भोटाङ्को आलु बंगालमा विक्रीगर्नु सहुलियत दिइनु पर्ने आवस्यक्ताको बारेमा महाराजाले बताए भने यस सम्बन्धमा ममताले पनि उत्तर बंगालको कृषकहरुको निम्ति भोटाङको आलूको बिउ भोटाङबाट् उपलब्ध गराउने माग राखीन ।
भोटाङको आइफल, सुन्तला आदि बंगालमा पनि उपलब्ध गराउने माग ममताले महाराजा समक्षराखेको बताइन । अलिपूरद्वारको जयन्ती फरेस्टलाई भोटाङसंग जोड़ेर बंगाल अनि भोटाङको पर्यटन बडाउने योजना तैयार पारेको जानकारी पनि तिनले महाराजालाई जनाइन ।
तिनले आउने दिनमा भोटाङसंग हाम्रो समबन्ध राम्रो हुने आशा गरिएको बताउदै भनिन कि आज दोस्रो दिन पनि महाराजासंग 50 मिनट राम्रो बातचित भएको छ। मैले भोटाङको महाराजालाई बंगालमा निम्ताएको छु अनि महाराजाको पक्षमा पनि स्वीकार पनि गरिएको छ। आउदो पाँच साल पनि तिनको सरकार नै सत्तामा आउनू आवस्यकता छ भनि महाराजाले बताएको पनि तिनले थप जनाइन ।  
महाराजाले बंगालमा ममता सरकार पूर्ण गठन भए पश्चात् मात्र तिनी बंगालमा ममता ब्यानर्जीलाई शुभेक्षा दिने बहानामा आउने बताएको बताउदै अगावै वधाइ दिएको पनि बताइन । यता भोटाङको प्रधान मंत्री लिछेन छिरेंग तोब्गेसंग पनि तिनको दुइ चोटी बात भएको जनाइन् ।
यस अवसरमा ममता ब्यानर्जीले भारतीय व्यापारी अनि उध्योगपतिहरुलाई लिएर भोटाङ चेम्बर अव कमर्सको माझमा ताजहोटलमा एक बैठक गरिन । बंगालमा भोटाङ चेम्बर अव कमर्सलाई जमिन दिने घोषणा ममताले गरिन अनि भारतको व्यापारी संगठनलाई पनि भोटाङ्मा जमिन उपलब्ध गराउन बर्तमान वाणीज्य मंत्री लेम्पो नर्बु वागचुकलाई घोषणा गर्न लगाइन । 
यस अवसरमा कलकत्तादेखी फुंचोलिङ्सम्म मात्र होइन तर बंग्लादेश, नेपाल अनि भोटाङको माझ बस सेवा यातयात हुन पर्ने आवस्यकत्तालाई मध्य नजरमा राखेर् कलकत्तादेखी थिम्पू बस सेवा शुरु गराउने आलोचना चलि रहेको तिनले बताइन ।
भोटाङमा उत्पादित् विध्युतलाई बंगालमा पनि उप्लब्ध गराएर उत्तर बंगालमा कलकारखाना राम्रो बनाउने योजना पूर्ण रुपले सफलताको मार्गतिर लागी रहेको तिनले बताइन । अनि अलिपूद्वार जिल्ला भएपछि हासिमारादेखी पासाखा जोड़ने नयाँ बाटोको योजना काम चलि रहेको अनि यो बाटो भएर् जयगाँउ नपुगी नै सिधा सिलगड़ी पुग्नेबाटो तयार पारी रहेको पनि तिनले बताइन।

Related Posts

0 Response to "दार्जीलिङलाई भोटाङ् जस्तै सुन्दर अनि कालेबुङलाई आकर्षक पर्यटन केन्द्र बनाउनेछु –ममता ब्यानर्जी "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.