जिस्टोको आन्दोलनलाई पूर्ण समर्थन छ – विमल गुरुङ
गोजमुमो पार्टीकै भातृ संगठन जिस्टोले विभिन्न माध्यमिक र उच्च माध्यमिक् विध्यालयहरुमा कार्यरत स्वयसेवी शिक्षकहरुको समस्या राज्य सरकार अनि जीटीएले समाधान नगरेको आरोप लगाउँदै यसरी अनिश्चितकालिन धरना सुरु गरेको हो।
आजसम्म मोर्चाको अन्य भातृ संगठनले जीटीएको विरोधमा यसरी धर्ना प्रदर्शन गरेको थिएन तर जिस्टोले आफ्नै पार्टीको सत्ता हुँदा-हुँदै त्यही सत्तासिन दलको कार्यप्रणालीप्रति रुष्ठ बनेर धर्ना प्रदर्शन गर्दा यता मोर्चाले पनि संगठनको मागलाई न्यायोचित भन्दै समर्थन जनाएको छ।
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले पत्रकारहरुसित्त कुराकानीको क्रममा जिस्टोले आन्दोलन गर्नु उनीहरूको बाध्यता हो भन्दै “जब गाँस र बासको कुरा आउँछ आन्दोलन नगरी हुँदैन। उनीहरूलाई जे जति सहयोग गर्नुपर्छ म गर्छु” भनेर जिस्टोको आन्दोलनलाई पूर्णरुपले समर्थन जनाएका छन। यसक्रममा उनले स्वंयसेवी शिक्षकहरूप्रति सहानुभूति व्यक्त गर्दै यदि उनीहरू नभए स्कूल रित्तो बन्ने अवस्था पुगिसकेको बताए।
‘पहाडका धेरैवटा स्कूल कलेजहरूमा आवश्यकता अनुसार शिक्षिक-शिक्षिका छैनन्। यदि स्वयंसेवी शिक्षक-शिक्षिकाले काम नगरे स्कूल खाली हुनेछ’ विमल गुरुङले भने। उनले पहाडमा यस्तो परिस्थिति सिर्जना हुनुमा बङ्गाल सरकार जिम्मेवार रहेको आरोप लगाए।
यसक्रममा उनले पहाडमा स्कूल सर्विस कमिशन अनि सबसिडियरि सेलेक्सन बोर्ड गठन नभएकोमा पनि आपत्ति जनाए। उनले बङ्गाल सरकारले सम्बन्धित निकायहरू गठन नगर्दा नै पहाडको अवस्था लथालिङ्ग बनेको आरोप लगाउँदै जीटीएको मुख्यालय लालकोठीमा धरना दिइरहेका जिस्टोका 551 जना असुरक्षित शिक्षकहरूको आन्दोलनलाई समर्थन जनाए।

शिक्षकहरुको नियुक्तु त भयो तर स्थायिकरन गर्ने समबन्धमा धेरै प्रस्तावना आए पनि त्यसमा शिक्षकहरु पनि राजी भएनन अनि केहीमा जीटीए पनि । विधायक हर्क बहादुर क्षेत्री अनुसार जीटीएले राज्य सरकारलाई यस्ता शिक्षकहरु जसलाई स्थायीकरनको जरुरत थियो पठाउनु भन्ने निर्देश दिएको थियो तर उनीहरुको सूची नै पठाएन। अर्कोतिर जीटीएले प्रस्तावना दिएको सबअर्डिनेट सेलेक्सन बोर्ड बनाएर त्यसको परिक्षामा बस्नु पर्ने राज्य सरकार र जीटीएको प्रस्तावना जिस्टोले पनि मानेन।
यता समय बित्दै जादा धेरै अस्थायी शिक्षकहरु रिटायर हुने उमेरको संघारमा पुग्दै गए। उता जीटीए प्रमुख कार्यकारी बिमल गुरुङ्को राज्य सरकारसंग समबन्ध बिग्रिनु र उनले पुन आन्दोलन शुरु गंर्नु अनि भेट्न जादा समाधानको कुनै आशा नभएको आशय पाउनुले हतोत्साहित भएर नै यो आन्दोलन गर्न वाध्य भएको एक स्वयसेवी शिक्षकले नाम नलेखिदिने शर्तमा बताउछन। अर्का एक जनाले पनि त्यही शर्तमा बताए कि हामीले नै विध्यालय थाम्ने काम गर्दैछौ तर यति कम्ति वेतनमा त्यही पनि कुनै स्थायीकरनको आशा छैन जसले गर्दा हामी मानसिक तनाव र धेरै पारिवारिक समस्याको कारण चपेट्मा परेका छौ। के गर्ने कसलाई उजुरी गर्ने हामी अन्योलमा छौ।
अर्का एक शिक्षक नाम दिन नचाहने जिस्टो नेताले बताए कि हामी बीच पनि थोरै पोस्ट भएका छन भने कसैको कुनै पोस्ट नै आएको छैन कोही 2010 अघिका छन कोही त्यसपछिका। कसैको रोस्टर मिलेको छ त धेरैको मिलेको छैन भने कति त विध्यालयको आवश्यकता भन्दा अधिक पनि छ । यसमा रु 7500 प्रति महिना पाउने प्यारा टिचरहरु पनि छन जो राज्य सरकारको बेग्लै व्यवस्थामा नियुक्ति पाएकाहरु हुन। यस्तो खिचडी समस्याको समाधान गर्ने कुरा गार्हो हो तर पनि गत वर्षदेखि कुनै समाधानको कोशिष नत संगठन बाट नत जीटीए पक्षबाट भएको छ । कि मर्नु कि काम छोड्नु मात्रै हाम्रो निम्ति विकल्प भएको छ यसैले अन्तमा वाध्यतामा आएर यो आन्दोलन गर्न हामी अघि आएका हौ कारण अब हाम्रो अर्को कुनै उपाय छैन, तिनले अझै यसरी भने।
सबै मिलाउदा यस्तो देखिछ कि अब यो समस्या चुलिमा पुगेको छ यसैले यो आन्दोलनले कुनै समाधान जरुरी छ। तर त्यो ल्याए पनि नल्याएपनि त्यसले कुनै दिशा तर्फ भने यी असुरक्षित स्वयसेवी शिक्षक समुहलाई लैजानेछ या जान वाध्य गर्नेछ । आन्दोलनको परिणाम कसैको निम्ति फायदाजनक र कसैको निम्ति निराशजनक हुन सक्नेछ। निराशाजनक भए अझ समस्या कसैलाई न कसैलाई पार्नेनैछ। समुहमा एक मुष्ठ समाधानको कोशिशले अझ बेसि नोक्सान हुने देखिएकोछ यसैले वर्गीकृत समाधाननै एकमात्र उपाय देखिएको छ ।

0 Response to "जिस्टोको आन्दोलनलाई पूर्ण समर्थन छ – विमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.