जिल्ला माग्नेहरूलाई क्रामाकपाले गरायो सतर्क ..... जिल्ला गठनको हतारमा राजनैतिक भूल नदोहोरियोस् - जे.बी राई
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 14 अक्टोबर। कालेबुङ जिल्लाको माग दिनोदिन बढीरहेको अवस्थामा क्रामाकपा पार्टीले भने राम्ररी निर्क्योल नगरे धोका हुनसक्ने आशंका व्यक्त गरेको छ। क्रामाकपा केन्द्रिय उपाध्यक्ष जे.बी राईले आज एक पत्रकार सम्मेलन आयोजना गरेर क्रामाकपा पार्टीले कालेबुङ जिल्लाको मागलाई समर्थन गरेको बताउँदै यसपल्ट राजनैतिक भूल नहोस भनि जिल्ला माग्नेहरूलाई सतर्क गराएका छन्।
"राम्ररी निर्क्योल नगरी कालेबुङ जिल्ला बनाउन हतार गरे फेरिपनि त्यस्तै राजनैतिक भूल दोहोरिनसक्छ।
70 को दशकमा माल मटेली छोडियो अनि इसलामपुर चोपडा जोडियो। यसपल्ट पनि त्यस्तै राजनैतिक भूल नहोस" क्रामाकपा केन्द्रिय उपाध्यक्ष जेबी राईले भने।
उनले जिल्लाको कुरा गर्नेहरूलाई सतर्कता गराउँदै विगतका दिनहरूमा जसरी माल मटेली चुढेर ईसलामपुर् चोपडा जोडियो ठीक् त्यस्तै घटना हुनसक्ने सम्भावना व्यक्त गरेका छन्। यसको निम्ति माल मटेली जस्तै कालेबुङ महकुमा भित्रकै क्षेत्रहरूलाई चुढेर जान नदिन प्रस्तावित जिल्लाका निम्ति ठोस दस्तावेजहरू तयार गर्नुपर्ने सुझाव पनि जे.बी राईले दिएका छन्।
"जिल्ला गठनको कारण हाम्रो सिमाना छोडिन पनि सक्छ। यदि यस्तो भए यसले चिन्हारीका मुद्दापनि आघात पर्नसक्ने कुरालाई अहिले नै विचार्न जरूरी छ।
हाल जिल्लाको मुद्दालाई अलग राज्यलाई भन्दा धेर प्रधानतासित उठाइरहेकोमा पनि क्रामाकपाको आपत्ति रहेको छ।" उनले यस्तोमा गोर्खाल्याण्ड हुनसक्दैन भन्ने आशय पोख्दै जिल्लाको प्रचार गर्ने काम भइरहेकोले यसले भारतभरिका गोर्खाहरूको अलग राज्यको मूल मुद्दालाई समेत नकारात्मक् प्रभाव पार्नसक्ने बताए।
यसबाहेक कालेबुङसित अन्य जिल्लाहरू पनि गठन गर्नुपर्ने मागलाई केन्द्र गर्दै राईले गोर्खा जनमुक्ति मोर्चा आफ्नो टेकमा शुरूदेखि आजसम्म प्रतिबद्ध नरहेको आरोप लगाए। यसअवधि उनले मोर्चा केन्द्रिय समितिले हिजो पोष्टरमा सिलगढी अनि मिरिक र तराईका क्षेत्रहरूलाई लिएर अलग जिल्ला बनाउनुपर्ने मागको तिव्र खण्डन गरे।
"मोर्चाले गोर्खाल्याण्ड विरोधी अनि जाति विरोधी षड्यन्त्र गर्दैछ। 5 लाख जनसङ्ख्या भएको सिलगढी अनि लगभग 70 हजार जनसङ्ख्या भएको मिरिक अनि तराईलाई लिएर जिल्ला बनाउनुपर्छ भन्नु सिधै मिरिक अनि तराई सिलगढीलाई खुशीसाथ लैजाउ भन्नुसरह हो" जे.बी राईले भने। यसक्रममा उनले एकातिर सिलगढीलाई अलग राज्यको मानचित्र गाभ्नुपर्ने औचित्य प्रबल बनिरहेको छ जसमा भएकै भूभाग पनि बेच्ने षड्यन्त्र हुनु दुर्भाग्यपूर्ण रहेको राईले बताए।
उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जिल्लाको मुद्दामा आपसी छलफल हुन आवश्यक रहेको पनि बताएका छन्।
कालेबुङ जिल्ला गठनको आधार के हुनसक्छ, यसको सिामाङ्कन कस्तो हुन्छ भन्ने प्रश्नहरूबारे आत्ममन्थन गर्न आवश्यक रहेको बताउँदै पहिला जिल्ला थापिहालौँ भन्ने मानसिकता लिएर हिँड्ने साथीहरूले जिल्ला गठनपछि आउसक्ने असुविधा र अपठ्यारो स्थितिलाई पनि अहिले नै मनन गर्न आवश्यक छ भनि राईले बताएका छन्।
"राज्य सरकारको इच्छाशक्ति भए सजिलै जिल्ला पनि निर्माण गर्नसक्छ। तर कुचबिहारको तीन बिघा जमिन बङ्गलादेशलाई दिएको जस्तो सजिलै कालेबुङका भूभागका क्षेत्र समतलका कुनै महकुमासित पनि गाभ्नसक्छ। यस्तो कुराहरूमा पनि जिल्ला माग्नेहरू सचेत बन्न आवश्यक छ" राईले भने।
केही दिनअघि कालेबुङ जिल्ला माग समितिको गठन हुँदा उक्त बैठकमा क्रामाकपाले पनि अङ्शग्रहण गरेको जानकारी गराउँदै सिमाङ्कनलाई लिएर आपसी सहमति बन्दैन भने क्रामाकपा कमिटीमा नबस्ने स्पष्ट पारिसकेको जनाएका छन्।
शुरूमा जिल्ला माग समितिले सबैको सहमति लिएर पर्चा छाप्ने क्रार्यक्रम बनाएको जानकारी गराउँदै हाल छापिएको पर्चामा क्रामाकपाको विचार नलिएको राईको गुनासो छ।
"जिल्ला निर्माणका निम्ति गम्भिरतासित काम भइरहेको छैन। एकातिर अलिपुरद्वार जिल्ला भएको दुईवर्षपछि भर्खर नयाँ महकुमा निर्माणको कुरा हँदैछ भने अर्कोतिर साथीहरू कुनै खण्डलाई महकुमा हुन्छ भन्दैछन् त कुनै ठाउँलाई राजमार्गकै हेडक्वार्टर हुन्छ भनेर घोषणा गर्दै हिँड्दैछन्" राईले भने। यस्तो अवस्थामा जिल्ला निर्माण हुनसाथै स्वत: महकुमा पनि निर्माण हुनेछ भन्ने गलत हुने उनले बताएका छन्।

0 Response to "जिल्ला माग्नेहरूलाई क्रामाकपाले गरायो सतर्क ..... जिल्ला गठनको हतारमा राजनैतिक भूल नदोहोरियोस् - जे.बी राई"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.