-->
बिमल गुरुङ्को अखिल भारतिय खम्बु राई संंगठन प्रति आभार... बोर्ड्ले वाधा दिदैन- खरामु

बिमल गुरुङ्को अखिल भारतिय खम्बु राई संंगठन प्रति आभार... बोर्ड्ले वाधा दिदैन- खरामु

कालिमन्युज, कालेबुङ, 14 अक्टोबर। अखिल भारतिय खम्बु राई एसोसिएसन (अखिरा) ले बंगालले दिएको डेभलपमेंट बोर्ड नलिने निर्णयप्रति खुशी प्रकट गर्दै गोजमुमो अध्यक्ष तथा गोक्षेप्र प्रमुख कार्याकारि बिमल गुरुङ्ले आभार प्रकट् गरेका छन। 
तिनले आफनो फेसबुक एकाउंट्मा यसरी भनेकाछन "सानीमाको तिरस्कारमयी हातले दिएको खीरभन्दा आमाले प्रेम अनि सद्भावनाले दिएको खोले नै महान हुन् भन्ने सन्देश छर्दै दार्जीलिङ पहाड़का राई समुदायले बंगालका मुख्यमन्त्री ममता व्यानर्जीले प्रस्ताव दिएको डेभलोपमेन्ट बोर्डलाई अस्वीकार गरेकोमा म सम्पूर्ण राई समुदायप्रति आभार व्यक्त गर्दछु। दार्जीलिङ पहाड़मा सबैभन्दा बहुल संख्यामा रहि आएका राई समुदायले डेभलोभमेन्ट बोर्ड अस्वीकार गर्नु भनेको दार्जीलिङ पहाड़मा गोरखाल्याण्को आवाज अझै पनि सशक्त रहेको स्पष्ट हुनु पनि हो।"
हिजो अखिराले दार्जीलिङ्मा एउटा प्रेस कंफरेंस डाकेर दिएको वक्तव्यमा खम्बुहरुलाई बंगाल सरकारले दिन लागेको बोर्डले जाति विभाजन हुने अनि त्यति पैसाले सबै खम्बुको कल्याण नहुने जनाएको थियो। यसै परिप्रेक्ष्यमा गोक्षेप्रले पनि दिने बोर्डबारे चाही अखिराले सोचेर लिने या नलिने बताउने भनि बताएको पनि थियो।
यसै विज्ञप्तिको आधारमा गुरुङ्ले अखिराको निर्णयमा आनन्द प्रकट् गर्दै सम्पूर्ण खम्बुहरुलाई धन्यबाद दिएका छन। गुरुङ्ले लेखेका छन" यता हामीलाई विदेशीको लाञ्छना लगाइन्छ तर हामी दार्जीलिङ आमाका खाट्टी भुमिपुत्रहरू हौं। यही पहाड़ी आमाको चाप-गुरॉंस फुल्ने भिरालो पाखाहरूमा हामी हुर्किएका हौं। यही पहाड़को माटो खाएर हामी गोरखा भएका हौं। यी भिरालो पाखाहरूसित हाम्रो रगतको साइँनो छ। तर गोरखाहरूलाई सदैव सानीमाको वर्ताउ गर्नेहरूले क्षणिक सुविधा-सहुलियतको प्रलोभन देखाएर हाम्रो किपट किन्न चाहिरहेको छ। सुविधा-सहुलियतको आड़मा दार्जीलिङ पहाड़का गोरखाहरूलाई जात-जातमा विभाजन गरेर दार्जीलिङ पहाड़लाई आफ्नो मुट्टीमा नै कज्याएर राख्ने षड़यन्त्र भइरहेको छ।"
गुरुङ्को भ्नाइइ छ" दार्जीलिङको भूभाग जो कहिल्यै बंगालको थिएन त्यसलाई आफ्नो भनेर दावी गर्न डेभलोभमेन्ट र्बोको गुल्चे थापिएको हो। गोरखा जातिले यो षड़यन्त्रलाई बुझेर यसको विरोध गर्नु अनिवार्य रहेको छ। भोलि आफ्नो माटो हाम्रो आफ्नै अधीनमा रहे दार्जीलिङ पहाड़लाई हामी आफ्नै सीप अनि प्रतिभाले सजाउन सक्छौं, नत्र बंगालले नै हामीलाई झै हाम्रा भावी सन्तानलाई पनि भोलि विदेशी भन्दै ताली बजाउनेछन्। त्यसबेला भावी सन्तानको अघि हामी कलकिंत बन्नेछौं।
दार्जीलिङ पहाड़मा लगभग ३५ प्रतिशत जनसंख्यामा रहेका राई समुदायले अन्य समुदायलाई पनि एउटा ज्वलन्त उदाहरण पेश गरिदिएका छन्। गोरखाल्याण्डको अडिग सिपाहीमात्रै होइन तर भावी सन्ततिको निम्ति स्वाभिमानी इतिहॉंसको अध्याय पनि राई समुदायले लेखेका छन्।"
अंतमा तिनले लेखेका छन, "गोरखाल्याण्डको निम्ति गोरखाहरूले सही आत्मनिर्णय गर्नुपर्ने यो घड़ीमा सही निर्णय सार्वजनिक गरेकोमा म सम्पूर्ण राई समुदायलाई बधाई अनि शुभकामना टक्राउँदछु। दार्जीलिङ पहाड़सितै करोड़ौं गोरखाहरूले तपाईहरूको यो योगदान अनि निर्णयलाई आफ्नो छातीमा सिउँरेर राख्नेछ भने गोरखाल्याण्ड भएपछि यस योगदानको मूल्याङ्कन अवश्यै हुनेछ भन्ने पनि म तपाईहरूलाई आश्वस्त गराउन चाहन्छु।"
यसै सम्बन्धमा किराती राईहरुको सबै भन्दा पुरानो अनि वृहत्तम संस्था क्रिराती खम्बु राई सास्कृतिक संस्थानका एक शिर्षस्थ अधिकारीले बताए कि अखिराले सम्पूर्ण राईहरुको प्रतिनिधित्व गर्दैन न यसले खम्बुहरुको माग प्रति कुनै ठोस कदम नै चालेकोछ। किराससले यसको निम्ति काम गरेको थियो अनि अझै गर्दैछ । हो बीचमा पहाडको राजनैतिक परिवेशकै कारण निरंन्तरता दिनमा हामी अल्मलिएका थियौ तर त्यसलाई सच्च्याउने काम भएको छ। हामीले एक मुष्ठ भएर काम गर्ने कोशिष नगरेका होइनौ तर सो सम्भव भएन । यसै बीच हाम्रै युवा भाईहरुले खम्बु राइट्स मुभमेंट खोलेर आन्दोलनलाई नेतृत्व गरिरहेकाछन अनि अखिराका युवाहरुलाई पनि लिएर एपेक्स बडि पनि बनाएर सन्युक्त रूपमा काम गरिरहेका छन यसमा हाम्रो पनि सहमति छ। हामी खुशी छौ। बोर्ड सम्बन्धमा हामीले मोटामोटी निर्णय लिइसकेका छौ तर आधिकारिक घोषणा लिन अघि हामी अझै एक चोटि सभा बस्नेछौ। यति भंछौ यसमा पक्ष र विपक्ष दुवै छ तर जे निर्णय लिइंछ त्यो सबैको भलाईको निम्ति लिइंछ"।
अर्कोतिर खम्बु राइट्स मुभमेंट्का कोअर्डिनेटर र एपेक्स बडिका चिफ कोअर्डिनेटर बिनेश राईले बताए " बोर्ड लिने घोषणा हामीले धेरै सोचेर अध्ययन गरेर लिएका हौ यो आवेशमा लिइएको निर्णय होइन न त पैसाको लालच हो जस्तो अरुले सोचेका छन। हामी जातिको उन्नति, संस्कार र सस्कृतिको संरक्षणको कुरा गर्छौ तर हात र मुखले यो सम्भव छैन जबकि हामी आफै संगठित छैनौ अनि आफु आफु मनपरि गरिहिड्छौ जताभावी बोलीहिड्छौ। हामी बोर्ड मार्फत यही काम संगठित भएर सरकारको सहायता लिएर गर्छौ यस्तो सोच राखेका छौ"। 
तिनले अझै भने कि यो बोर्ड त्यही विभाग अन्तर्गत पर्छ जसले केन्द्रमा भएको आर जी आइ लाई राज्य सरकारको सि आर आइ मार्फत आफ्नो सिफारिस अनुसुचित जनजातिको दर्जाको निम्ति दिंन्छ। अनि हाम्रो मुख्य माग नै अनुसुचित जनजातिको दर्जा हो। त्यही लिन त्यस विभागमा हामी पसेका हौ तब बोर्ड कसरी वाधा भयो बोर्डले वाधा दिदैन। "
"हामी चाहन्छौ सबैले आफु मात्रै संसार हु सम्झिने सोच त्याग्नु पर्छ र सहयोग गर्नु पर्छ नत्र चुप लागेर बसोस। हामी कसैलाई खुशी पारेर स्याबासी लिन काम गरिरहेका छैनौ जसतो यहा अरुहरुले गरेको प्रत्यक्ष भएको छ, विरोध गर्नेहरुको सत्यता आफै खुलिन्दैछ अझै खुलिन्दै जानेछ", तिनले अझै यसरी बताए। तिनले अन्तमा भने" हामी हाम्रो काम गर्दै जानेछौ, हामीले सम्पूर्ण जातिलाई भड्खालोमा हाल्ने काम गर्नु हुदैन त्यो हामीलाई थाहा छ त्यत्रो उत्तरदायित्व लिएर हिड्दैछौ बस हामीलाई कुनै स्वार्थ नलिएका व्यक्तिहरुको सहयोगको दरकार छ। हाम्रा नानीहरुको निम्ति अनुसुचित जनजातिको दर्जा ल्याउन राज्यको काम सिध्याए पछि पनि गर्नु पर्ने काम अझ धेरैनै छ सो एक एक गर्दै सिध्याउनु छ यसैले हामी वाधा मांग्दैनौ समर्थन माग्छौ"।

0 Response to "बिमल गुरुङ्को अखिल भारतिय खम्बु राई संंगठन प्रति आभार... बोर्ड्ले वाधा दिदैन- खरामु"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.