
जिल्ला माग समितिको दोस्रो पथसभा टिस्टामा ...... कालेबुङ जिल्लाभित्र टिस्टा हाइवेको हेडक्वाटर हुनेछ : डा. हर्कबहादुर
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 13 अक्टोबर 2015। कालेबुङलाई छुट्टै जिल्ला गठनको माग लिएर गोजमुमो पार्टी त्याग्ने विधायक डा. हर्कबहादुर छेत्रीले जिल्ला गठनको औचित्यबारे जनसम्पर्क अभियान सुरु गरेका छन्।
जिल्ला गठनले कालेबुङवासीलाई पुग्ने लाभ अनि यसको सम्भावनाहरूबारे जनतालाई अवगत गराउँदै गोरुबथानबाट सुरू गरेको जनसम्पर्क अभियानको दोस्रो दिन आज टिस्टामा पथसभा आयोजना गरेको थियो। जिल्ला माग समितिको गठन पछि आज टिस्टामा दोस्रो पथसभा सम्पन्न भएको हो जुन पथसभाको आयोजना अघिबाटै गठित न्यू ब्लक डिमान्ड कमिटिले गरेको थियो।
‘छुट्टै कालेबुङ जिल्लाभित्र टिस्टा हाइवेको हेडक्वाटर हुनेछ’-विधायक डा हर्कबहादुर छेत्रीले पथसभालाई सम्बोधन गर्दै भने। उनले आफ्नो सम्बोधनको क्रममा हाइवेका जनतालाई विगतमा विभिन्न राजनैतिक दलहरुले पालैपालो धोका दिएको आरोप समेत लगाए। उनले रम्फूदेखि लिएर सुभुकसम्मका जनताको छुट्टै हाइवे समष्टीको मागलाई नजरअन्दाज गरिने काम भयो पनि आफ्नो सम्बोधनको क्रममा आरोप लगाउन चुकेनन्। रम्फूदेखि लिएर सुभुकसम्मका जनताको प्रशासनिक, सामाजिक, शैक्षिक, राजनैतिक समस्या एकै प्रकारको रहेको बताउँदै समाधान पनि एकै प्रकारको चाहिन्छ भनि छेत्रीले जनाए। उनले कालेबुङ जिल्ला गठन पछि टिस्टामा एक खण्ड विकास क्षेत्र हुने सम्पुर्ण आधारहरु रहेको पनि जनाए। ‘
भोली टिस्टा खण्ड विकास क्षेत्र भएको खण्डमा हाइवेसंगै संलग्न तक्लिङ ग्राम पञ्चायतका ग्रामीण जनताहरुको विकास भएर जानेछ’ छेत्रीले अझ भने। छुट्टै कालेबुङ जिल्लाको मागमा बनिएको कालेबुङ जिल्ला माग समितिको पहलमा दोस्रो दिनको सभा टिस्टाको हाटघरमा सम्पन्न भएको थियो। पथसभामा प्रमुख वक्ताका रुपमा उपस्थित विधायक हर्कबहादुर छेत्रीले क्षेत्रमा विभिन्न राजनैतिक दलहरुलाई सम्बोधन गर्दै ‘राजनीति जनताको भलो र क्षेत्रको विकासको निम्ति गरिनु पर्छ’ भनि बताएका छन्।
राजनैतिक दलहरुले राजनैतिक विभिन्नतालाई एक ठाउँ राँख्दै छुट्टै कालेबुङ जिल्लाको मागमा एक भएर अघि बढ्नु पर्ने आह्वान गर्दै कालेबुङ जिल्ला बनिने धेर सम्भावना आफुहरूसित रहेको उनले अझ जनाए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको गुणगान गर्दै उनी राम्रा व्यक्ति रहेको पनि डा. छेत्रीले बताए। छुट्टै जिल्ला दिने व्यक्ति मुख्यमन्त्री हो भन्दै दिने मान्छेसँग बाझेर उपलब्धि ल्याउन नसकिने तिनले जनाए।
‘बाझेर केही हुँदैन। बाझ्दा राम्रो कुरा पनि पाउन सकिन्दैन। बाझ्दा खेरि आफू अघिको मान्छे हेरेर बाझ्नु पर्छ । माइक टाइसनसंग बाझ्दा हालत ठीक हुँदैन। मिलेर काम गरे सबै सम्भव छ । अहिले मुख्यमन्त्री दिने मोडमा छिन्’ डा हर्कबहादुर छेत्रीले भने। गत वर्ष 2013 –मा टिस्टामा छुट्टै खण्ड विकास कार्यलयको माग लिएर गठित न्यु ब्लक डिमाण्ड कमिटिको आयोजनामा सम्पन्न यस सभामा कालेबुङ जिल्ला माग समितिका सयोजक नयन प्रधान, इन्डिजेनस लेप्चा ट्राइबल एसोसिएसनका अध्यक्ष दोर्जी लेप्चा, अनुसूचित जाति दार्जीलिङ जिल्ला सयोजक गंगा सागर पंचकोटी ,तामङ युथ एसोसिएसनबाट बसन्त तामाङ साथै लिम्बु, मंगर समाज आदि विभिन्न जाति संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
सभामा टिस्टा क्षेत्रका विभिन्न राजनैतिक, सामाजिक साथै विभिन्न विध्यालयका प्रतिनिधिवर्ग अदिको उपस्थिति रहेको थियो। कमिटिका डी. बी. लिम्बुको सभापतित्वमा सम्पन्न सभामा न्यु ब्लक डिमाण्ड कमिटिका अध्यक्ष विशाल राईले छुट्टै कालेबुङ जिल्ला गठनको मागमा सम्पुर्ण क्षेत्रवासीहरुको समर्थन व्यक्त गर्दै कालेबुङ जिल्ला गठन भएको खण्डमा टिस्टा संलग्न हाइवे इलाका साथै वरपरका ग्रामीण क्षेत्रहरुको प्रशासनिक,सामाजिक,आर्थिक,शैक्षिक,राजनैतिक,विकासको निम्ति टिस्टामा कालेबुङ जिल्लाभित्र छुट्टै खण्ड विकास क्षेत्रको निर्माणको आफूहरुको दिर्घलम्बित मागलाई पूर्ण गरिनु पर्ने माग राखे ।
राईले कालेबुङ जिल्ला गठनको निम्ति आफूहरु सडकमा ओर्लिन पनि तयार रहेको बताउँदै हाइवे क्षेत्रका जनताको निम्ति प्रस्तावित कालेबुङ जिल्लाभित्र भोली सुनौलो भविष्य सुनिश्चित हुने बताए । सभामा कमिटिका सह-सचिव नन्द कुमार छेत्रीले छुट्टै टिस्टा खण्ड विकास क्षेत्रको माग सम्बन्धी ज्ञापन पत्र पठन गरेका थिए भने सभाको सन्चालन समितिका सचिव दिलिप प्रसादले गरेका थिए। यस दिन न्यु ब्लक डिमाण्ड कमिटिले सम्पुर्ण टिस्टा क्षेत्र,हाइवे इलाकाहरुमा छुट्टै कालेबुङ जिल्लाको समर्थन साथै टिस्टा खण्ड विकास क्षेत्रको माग गर्दै व्यापक पोस्टरिङ पनि गरेको छ। सभामा टिस्टा क्षेत्र,हाइवे इलाका साथै वरपर ग्रामीण इलाकाका धेरै मानिसहरुको भीड रहेको थियो।
0 Response to "जिल्ला माग समितिको दोस्रो पथसभा टिस्टामा ...... कालेबुङ जिल्लाभित्र टिस्टा हाइवेको हेडक्वाटर हुनेछ : डा. हर्कबहादुर"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.