
पञ्चायत चुनावबारे मुख्यमन्त्रीले 15 दिनभित्र अडान स्पष्ट पार्नुपर्छ – विष्णु छेत्री
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 12 अक्टोबर। “दार्जीलिङ पहाडमा पञ्चायत चुनावलाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो अडान एक महिना भित्रमा स्पष्ट पार्नुपर्छ। यदि एक महिनाभित्रमा आफ्नो अडान स्पष्ट नपारे उनको पहाड भ्रमणमा पहाडका चेली कृषकवर्गले रित्तो गाग्री देखाएर स्वागत गर्नेछन”-उक्त कुरा कालेबुङ कृषक कल्याण महासचिव विष्णु छेत्रीले भनेका हुन्।
दार्जीलिङ पहाडमा लगभग 10 वर्षभन्दा धेर समयदेखि पञ्चायत व्यवस्था नभएको कारण ग्रामीण क्षेत्रका मानिसाहरूले समस्या भोग्न परिरहेको बताउँदै यसबारे सरकारले आफ्नो अडान स्पष्ट पार्नुपर्ने कृषक कल्याण संगठनले माग गरेको हो। ‘अहिलेघरी त्रीस्तरीय पञ्चायत चुनाव हुन सक्दैन भने दुईस्तरीय पञ्चायत चुनाव गर्नुपर्छ। यसबारे हामीले सरकारलाई अघिबाटै पत्राचार पनि गरिसकेका छौँ। अब यसबारे सरकारले आफ्नो अडान एकमहिना भित्रमा स्पष्ट पार्नुपर्छ भनि हामी अल्टिमेटम दिँदछौँ’ विष्णु छेत्रीले अझ भने।
यसभन्दा अघि कालेबुङ कृषक कल्याण संगठनले दार्जीलिङ पहाडमा पञ्चायत चुनावको माग गर्दै कोलकोता उच्च न्यायालयमा जनहित याचिका दर्ता गरिसकेको छ। यसैसम्बन्धमा आज यहाँको डम्बरचौक नजिक कृषक कल्याण संगठनको भवनमा विभिन्न कृषक संघका प्रतिनिधीवर्गलाई लिएर बसेको सभामा पहाडमा पञ्चायत चुनाव विषय लिएर चर्चा परिचर्चा सम्पन्न भएको थियो। उक्त सभामा उपस्थित सम्पूर्ण कृषकवर्गले दार्जीलिङ पहाडमा आजसम्म सरकारले पञ्चायत चुनाव नगराएको सन्दर्भमा विक्षोभ प्रदर्शन गर्दै हात-हातमा कालोपट्टी बाँधेका थिए।
संगठनले दार्जीलिङ पहाडमा यथाशिघ्र पञ्चायत चुनाव गर्नुपर्ने माग गर्दै आज शहरको विभिन्न स्थानहरूमा व्यापक पोष्टरिङ पनि गरेको छ। भारतीय संवैधानिक मान्यताप्रात पञ्चायत व्यवस्था दार्जीलिङ पहाडमा 10 वर्षभन्दा धेर समयदेखि अचल रहँदा पनि आजसम्म सरकारले पञ्चायत चुनाव नगरेको सन्दर्भमा संगठनले व्यापक आक्रोष प्रकट गरेको छ।
यसैक्रममा संगठनका महासचिव विष्णु छेत्रीले पहाडमा पञ्चायत चुनाव गर्नुपर्ने माग गर्दै यसबारे मुख्यमन्त्री ममता व्यानर्जीले आगामी एक महिनाभित्रमा आफ्नो अडान स्पष्ट गर्नुपर्ने माग गरेका हुन्। पञ्चायत व्यवस्थाको अभावमा ग्रामीण क्षेत्रका मानिसहरूले व्यापक मात्रमा समस्या भोग्न परिरहेको संगठनको भनाई रहेको छ। यदि सरकारले जनतालाई सही बिकासको अर्थ बुझाउन चाहन्छ भने पञ्चायत व्यवस्थालाई सञ्चालन गर्न पञ्चायत चुनाव झट्ट गर्नुपर्ने संगठनले माग गरेको हो।
विभिन्न कृषक संघका प्रतिनिधीवर्गसँग सभा बसेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै यसभन्दा अघि सरकारले दार्जीलिङ पहाडमा पञ्चायत चुनाव नगराएकोमा विरोध गर्दै कोलकोता उच्च न्यायालयमा जनहित याचिका दर्ता गरेको पनि छेत्रीले जनाए। उनले पञ्चायत व्यवस्थालाई लिएर दार्जीलिङ पहाडका विधायक अनि सांसदले पनि आगामी 15 दिनभित्रमा आफ्नो अडान स्पष्ट पार्नुपर्ने अल्टिमेटम दिएको छ।
जनप्रतिनिधी भएको कारण उनीहरूले जनताको आवाजलाई सही प्रकारले उठान गर्नुपने माग गर्दै आजसम्म जनप्ततिनिधीवर्गले पञ्चायत व्यवस्थाबारे आवाज नउठाएको छेत्रीले आरोप लगाएका छन्।
‘पहाडमा जनप्रतिनिधी विधायक अनि सांसदले पञ्चायत चुनाव सम्बन्धी आफ्नो अडान 15 दिनभित्रमा स्पष्ट पार्नुपर्छ। यदि आफ्नो अडान स्पष्ट पार्दै भने हामी जनप्रतिनिधीवर्गको पुत्ला दहन गर्नेछौँ’ विष्णु छेत्रीले स्पष्ट भने।
दुईस्तरीय पञ्चायत चुनाव गर्नका निम्ति दागोपाप अनि जीटीए कुनै बाधा नरहेको दाबी गर्दै पञ्चायत चुनाव नभएको कारण जनताको प्रजातान्त्रिक अधिकार हनन् भएको पनि छेत्रीको आरोप रहेको छ।
पञ्चायत व्यवस्था लागु गर्ने मागमा संगठनले भारत सरकार अनि पश्चिम बङ्गाल सरकारको ध्यान आकर्षण गर्दै आगामी दिनहरूमा कृषक कल्याण संगठनका प्रतिनिधीवर्गले यात्रा गर्दा वाहनहरूमा समेत कालो झण्डा लगाएर सांकेतिक विरोध गर्ने बताएका छन्। जनताका प्रतिनिधीवर्गले पञ्चायत व्यवस्थाको आवाजलाई एकैपल्ट सम्म उच्चारण नगरेको आरोप लगाउँदै बहुसंख्यक जनताको आवाज नउठाउने प्रतिनिधीवर्गको आवश्यकता समेत नरहेको संगठनको भनाई रहेको छ।
यसैक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ पहाड भ्रमणमा आउँदा बारम्बार बिकासका कार्यहरूबारे बोलेको बताउँदै उक्त बिकासका कार्यहरूलाई संगठनले स्वागत जनाएको बताए। यद्यपी मुख्यमन्त्रीले ग्रामीण क्षेत्रलाई छोडेर कस्ता बिकासका कार्यहरू गर्दैछन् भनि तिनले प्रश्न तेर्साएका छन्। ग्रामीण क्षेत्रका मानिसहरूको सर्वाङ्गीन विकास केवल पञ्चायत व्यवस्थाले मात्र गर्न सक्ने बताउँदै यसलाई सरकारले झट्ट लागु गर्नुपर्ने कृषक कल्याण संगठनका महासचिव विष्णु छेत्रीले माग गरेका छन्।
0 Response to "पञ्चायत चुनावबारे मुख्यमन्त्रीले 15 दिनभित्र अडान स्पष्ट पार्नुपर्छ – विष्णु छेत्री "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.