-->
तिनजना विधायक सोमबार  राजीनामा दिने तयारीमा – त्रिलोक देवान

तिनजना विधायक सोमबार राजीनामा दिने तयारीमा – त्रिलोक देवान

राजेश शर्मा, कालिमन्युज, जयगाँउ, 18 सेक्टेम्बर । बिमल गुरुङले 7 अक्टोबरदेखि गोर्खाल्याण्डको आन्दोलन पुन शुरु गर्ने निर्णयको घोषणा गरे पछि पहाड़ एवं तराईमा आन्दोलन पुन: हुन सक्छ वा सक्दैन भन्ने चर्चाको खबर बनेको छ । एकातिर बंगाल सरकारले पहाड़मा बारम्बार बिकासको मुल मुद्दा लिएर पहाड़मा जिटिए माथी हस्तक्षेप गरेको आरोप लगाएर बिमल गुरुङ अनि गोजमुमोले गत 11 तारीखको दिन पहाड़का तिनैजना विधायकले राजिनामा दिने घोषणाले बंगाल सरकार लगायत पहाड़को तिनैवटा महकुमाका बासीन्दालाई एउटा नयाँ मोड़मा लगेर उभ्याइदिएको छ ।
यसमा पहाड़का तिन विधायकहरुको मत के छ भन्ने प्रश्नको उत्तरमा दार्जीलिङका विधायक त्रिलोक देवानले भने कि हामी विधायक पदमा गोजमुमोको टिकटले मतदानमा बिजय भएर आएको हुदाँ पार्टीले राजीनामा दिनु पर्ने पार्टीका अध्यक्ष विमल गुरुङले अघीवाटै घोषणा गरेको हुदाँ म राजीनामा दिन कलकत्ता पुगि सकेको छु अनि आउदो सोमबार विधायक पददेखी राजीनामा लिनेछौ भन्ने बताए । 
के राजीनामा दिनाले दार्जीलिङको सर्वांगिन बिकास हुन्छ या कुनै नोक्शान त हुदैन भनि प्रश्न राख्दा तिनले भने कि पार्टीले जो निर्णय लिएको छ त्यो सर्वोपरि हो। पहाड़मा विकासको काममा वाधा हुन्छ वा हुदैन अनि गोर्खाल्याण्ड गठन गर्न सकिन्छ या सकिदैन त्यो सम्पूर्ण विषय पार्टीले नै बुझने छ देवानले भने । तिनले भने कि तिनी आफू राजीनामा दिनको निम्ति तयारमा छु । किन विधायकहरुले मात्रै राजीनामा दिन आवस्यकता परेको हो भनि प्रश्न राख्दा तिनले भने कि यस प्रश्नको उत्तर पनि पार्टी कार्यकताहरुलाई नै थाहा होला । 
अहिले घरी तिन विधायकहरु मध्ये कालेबुङका विधायक डा हर्कबहादुर छेत्रीले गोजमुमो छोड़ने खबरले गोजमुमोका पार्टीका महासचिव रोसन गिरीलाई प्रश्न गर्दा तिनले भने अहिले सम्म डा0 हर्क बहादुर छेत्रीले पार्टी समक्ष कुनै राजीनामा दिएको छैन यदि पार्टीले राजीनामा पायो भने पार्टीको केन्द्र कमिटिका सदस्यहरु बसेर यसमा छलफल गरी निर्णय लिनेछ । 
विधायकहरुले मात्र किन राजीनामा लिने सभासदहरुले चाही किन राजीनामा नदिने भनि प्रश्न गर्दा तिनले भने कि गोजमुमोले बंगाल सरकारको विरोधमा एउटा प्रोटेस्ट् गरेको हो तर जिटिएको कामकाज अनि जिटिएमाथी हस्तक्षेप गरेको आरोपमा पहाड़को तिन बिधायकहरुलाई राजीनामा गराउन आवस्यक परेको हो । अहिले घरी पहाड़मा नयाँ राजनितीको दाउ पेचमा केही नयाँ रुप आउने छ भन्ने संकेत देखीएको छ।

Related Posts

0 Response to "तिनजना विधायक सोमबार राजीनामा दिने तयारीमा – त्रिलोक देवान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.