-->
डुवर्स गोजमुमोको क्षोभ

डुवर्स गोजमुमोको क्षोभ

राजेश शर्मा, कालिमन्युज, जयगाउॅ, 19 सेप्टेम्बर । पहाड़मा जब जब गोर्खाल्याण्ड आन्दोलन शुरु गर्ने आवश्य्क्ता पर्छ तब तब मात्र डुवर्स क्षेत्रका गोर्खा सन्तानहरुलाई प्रयोग गरिन्छ अनि डुवर्सबासीहरुको समर्थनको दरकार हुन्छ । आजदेखि गोजमुमोले अलग राज्य गोर्खाल्याण्डको निम्ति दुइ दिने संगोष्ठीको आयोजना गरिरहेको छ, यसअघि पहाड़मा तिनजना विधायकहरुले राजीनामा दिनु पर्ने जस्तो महत्वपूर्ण लिइयो तर डुवर्सको कुनै कमिटिबाट कुनै पनि सल्लाह लिइएन। डुवर्सको गोर्खा जनमुक्ति मोर्चाका सांगठनीक सचिव रोहीत थापाले उक्त कुरो एक एकान्त भेट्मा बताए।
थापाले आफ्नो गुनासो पोख्दै भने कि पहाडको जनताले आज सम्म डुवर्सको जनतालाई एउटा मोहोराको रूपमा प्रयोग गरिरहेको छ । पहाड़को गोजमुमो पार्टीको के निर्णय भयो भनि डुवर्सको नेता वा गोजमुमो समर्थकले केही थाहा पाउदैनन त्यो जान्नु समाचार पत्र पत्रिका पड़नु पर्छ। 7 अक्टुबरदेखि पूर्ण आन्दोलन हुने घोषणा केवल खबर कागजमा पड़न पाइयो तर यस क्षेत्रको कुनै नेताहरुलाई पनि यो बारे कुनै जानकारी नदिइ सल्लाह नगरी अचानक आन्दोलनको घोषणा गरियो ।यस्ता कतिपय यस्ता कुरा र निर्णयहरुले डुवर्सको पार्टी समर्थकहरुलाई घात परिरहेको थापाले जानकारी गराए।
तिनले अझै भने कि बिमल गुरुङले डुवर्सलाई आफ्नो हृदयको हो भनि डुवर्समा आएको समय जनसभामा भनेका थिए अनि यसैलाई आदर गर्दै पार्टीको निम्ति जनता दौडीरहेका छन । पहाड़को पार्टी समर्थकहरुले उच्च स्तरिय नेता या मंत्रीहरु समक्ष आफ्नोमांग गर्न गएको समाचार पत्र पत्रीकाको मार्फत पड़न पाइन्छ तर आजसम्म डुवर्सका कुनै पनि प्रतिनिधिहरुलाई पहाड़का नेताहरुले साथ लिएर जाने त कुरा परै जावस सुझावसम्म लिन धरि उचित नठानेकोमा तिनले आफ्नो असंतुष्टी जनाए ।
आज सम्म हामी आन्दोलनमा पछाड़ीएको मुख्य कारणबारे बताउदै थापाले भने कि पहाड़ वा तराईका पार्टी गोजमुमो कार्यकर्ताले मिडियाको समर्थन नलिएको कारण आन्दोलन वा समर्थनहरु भतकिदै गएको हो । तिनले अन्तमा भने कि डुवर्सको गोर्खाहरुले बिमल गुरुङलाई साथ दिनमा कुनै कसर छोड़ने छैन । आउदो 2016को चुनाउको निम्ति गोर्खा बहुल क्षेत्रमा सम्पूर्ण गोर्खाहरु एकजुट भएर गोजमुमोलाई विजय बनाउने तयारीमा लागि परेको कुरो पनि तिनले थप बताए ।

Related Posts

0 Response to "डुवर्स गोजमुमोको क्षोभ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.