-->
गरिव विधवा बृद्धाको नाम एपिएलमा

गरिव विधवा बृद्धाको नाम एपिएलमा

राजेश शर्मा, कालिमन्युज, जयगाउॅ, 19 सेप्टेम्बर । जयगाउॅ दुई ग्राम पन्चायतको प्रगती टोलको एउटी बृद्ध महिलाको नाउ एपिएल सूचिमा परेकोले सबैजना अचम्भित भएका छन। तिनको आफ्नो निजी घरद्वार केही छैन तर अचम्भको कुरो पश्चिम बंगालको सरकारको एपिएल लिस्टमा तिनको नाम पर्न गएको छ ।
स्थानिय जयगाँउका बासिन्दा 76 बर्षिय कांन्छीमाया थापा एकलो छिन। तिनका पति स्वर्गीय मनबिर थापाको केहि वर्ष अघि मृत्यु भएको थियो । आज संचारकर्मीहरुसंग कुराकानी गर्दै तिनले भनिन कि यो दुखको कुरा हो म विधवालाई नत सरकारपक्षले हेरेको छ नत ग्राम पञ्चायतले हेरेको छ ।
तिनले भनिन कि तिनको पति जीवित छदा प्रगती टोलमा तिनीहरुको एउटा सानो छाप्रो थियो तर दुखको दिन आइपर्दा त्यो बिक्रि गर्न वाध्य भयौ । पतिको स्वर्गबास भएपछि त्यस घरमा बस्न तिनको मन भएन र बिक्री नगरेको भए मेरो नाम एपिएलमा पर्ने थियो । तर अहिले जब हातमा एक कौढ़ी पैसा छैन, नत घर छ, न नानीहरु छन अनि नत आफ्नो देह ढाक्ने राम्रो कपढ़ा नै छ तर कसरी मेरो नाम एपिएलमा आएको हो । यसमा सरकारी अधिकारीहरुबाट ठूलो भूल भएको छ ।
मेरो घर बिक्री भएको लगभग 10 बर्ष भयो अनि यतिका दिनसम्म गाउॅका इष्ट मित्रहरुको सहयोगमा आफ्नो पेट पाल्दै गरेको छु । एक्लो जीउलाई कसैको धेरै माया पनि नचाहिॅ्दोरहेछ केवल सुत्न अनि खाना पाए पुग्दोरहेछ तिनले भनिन। बुडेसकालको उमेरमा बेसहारा हुदा सरकारबाट पनि सहयोग नपाइदो रहेछ तर ज्यान रहुन्जेल नेताहरुले वोट माग्नु चै छोडेका छैनन यसमा चाही मलाई अचम्भ लागेको छ, तिनले अझै बताइन। तिनले भनिन भोटको कुनै उमेर नहुदो रहेछ । कोही कोही बेला सहयोग दिन्छन तर त्यो दुई दिनको रामछाया जस्तो मात्रा हुदोरहेछ, तिनले आफ्नो हुनासो यसरी पोखिन।
कान्छीमाया थापाले भर्खरै रासीन थापेर कोठामा आएकी थिइन । तिनको एउटा सानो थोत्रे झोलामा 2 के जी चामल, 1 केजी गहु, मटितेल 400 ग्राम ल्याएकी रहिछन । यी सामानहरुको दाम जम्मा 20 रुपिया हो अनि यसले 4 दिन पुग्छ अनि रहल सामानको लागि ईस्ट्मित्रहरुको आशामा रहन्छु तिनले आफ्नो कथा बताइन। तर म एपिएल हो ।
तिनको शारीरिक स्वास्थ्य अहिले सम्म ठिकै छ तर बुडेसकालले होला छाती पोल्ने, अनि स्वास बडने रोग देखिनु थालेकोले अब तिनलाई चिन्ता बडेकोछ किनकि तिनीसित त्यसको इलाज गर्ने पैसा छैन । तिनले भनिन मिठो- मिठो खाना मन त कसलाई पो लाग्दैन र? तर पैसा नै छैन । तिनको गुनासो छ आफ्नो अवस्था यस्तो भए पछि आफ्नो नाम एपिलदेखि हटाएर बिपिएलमा सार्न सकीयो भने केही सरकारी सहुलियत पाईन्थियो कि? तर कसले तिनको कुरा सुनिदिने यस संसारमा ।
जयगाउॅको प्रगती टोल अनि छेउको देवकोटा टोलमा कान्छी माया थापा भन्दा सबैले चिन्छन एक असहाय, बृद्ध महिलाको रुपमा । यस सम्बन्धमा, जयगाउॅ दुई ग्राम पन्चायत प्रधान पासांग डिकि शेर्पाले भनिन कि कान्छी माया थापा भन्दा गरिब कोहि छैन । जब 2010 मा ब्लक् स्तरमा सर्वे गर्दा यो भूल भएको हुन सक्छ । तिनले सर्वे टोलीलाई जे भनिन सायद त्यही लेखेकोले यो भएको हुन सक्छ र त्यस्तो समयमा मानिसहरुले धेरै ध्यान पुराएर बोल्नु पर्छ ।सहिकुराको बिवरण दिएको भए आज कान्छीले सायद यसरी दुःख पाउने थिईनन होला भन्ने शेर्पाले थप बताईन।

Related Posts

0 Response to "गरिव विधवा बृद्धाको नाम एपिएलमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.