मुख्यमन्त्रीको स्वागतको तयारीमा जुट्यो कालेबुङ
13 Sept 2015
Comment
डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 सितम्बर 2015। मुख्यमन्त्री ममता व्यानर्जीको पहाड आगमनलाई केन्द्र गरेर प्रशासनिक तयारी सुरू भएको छ। उनी आगामी 14 सितम्बरको दिन खरसाङमा आउने निश्चित भएको छ।
खरसाङको कार्यक्रम समाप्त पछि उनी 15 सितम्बरको दिन यहाँको मेला ग्राउण्डमा लेप्चा बिकास बोर्डको कार्यक्रममा सहभागिता हुने भएकी छन् भने 16 सितम्बरको दिन यहाँको होम्स स्थित रोनाल्डसे ग्राउण्डमा तामाङ बिकास बोर्डद्वारा आयोजित पहिलो स्थापना दिवस कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित बन्ने निश्चित भएको छ। सोही भ्रमणलाई केन्द्र गरेर अहिलेघरी कालेबुङमा प्रशासनिक सुरक्षा व्यवस्था बडाउने कार्य भइरहेको छ।
यसक्रममा आज दार्जीलिङ पुलिसका उच्च अधिकारीवर्ग अनि प्रशासनिक अधिकारीवर्गले यहाँको कार्यक्रम हुने स्थलको भ्रमण गरेर निरिक्षणसाथ जानकारी लिने कार्य गरे। मुख्यमन्त्रीको भ्रमण अवधी कार्यक्रम स्थलमा कुनै प्रकारका असुविधाहरू नहोस भन्ने उद्ध्येश्य राखेर् आज प्रशासनिक अनि पुलिसका उच्च अधिकारीवर्गले कार्यक्रम हुने स्थलको भ्रमण गरेका हुन्।
यता मुख्यमन्त्री ममता व्यानर्जीको कालेबुङ भ्रमणलाई केन्द्र गरेर स्वागतको तयारीमा तामाङ बिकास बोर्ड अनि लेप्चा बिकास बोर्ड युद्ध स्तरमा लागिपरेको छ। दुवै संगठनले उनको भव्य स्वागतको तयारी भिन्न भिन्नै स्थलमा अहिलेघरी गरिरहेका छन् भने अन्य जात गोष्टिका संघ संस्थाहरूले पनि मुख्यमन्त्रीको भव्य स्वागत जनाउने तयारी गरिरहेको थाह लागेको छ।
केही दिन अघि मात्र गठनको घोषणा गरिएको भोटिया बिकास बोर्ड अनि शेर्पा बिकास बोर्डका सदस्यवर्गले पनि मुख्यमन्त्रीलाई आ-आफ्नै तरिकाले भव्य स्वागत गर्ने तयारी गरिरहेको थाह लागेको छ।
अर्कोतर्फ अहिलेघरी जनजातिको मागलाई अघि बडाउँदै आन्दोलनरत रहेको खम्बु राईट्स मुभमेन्ट, मगर संगठन आदिले पनि मुख्यमन्त्रीको भ्रमण अवधी भेटघाट गर्ने थाह लागेको छ।
यता उक्त सम्पूर्ण कार्यक्रमलाई लिएर पुलिस प्रशासनले कालेबुङमा सुरक्षा व्यवस्था कठोर बनाउने कार्य गरिरहेको हो।
also shared by Kalimpong News at http://kalimpongonlinenews.blogspot.in/2015/09/blog-post_13.html and http://kalimpongnews.net/2015/09/13/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%97%E0%A4%A4%E0%A4%95%E0%A5%8B/
0 Response to "मुख्यमन्त्रीको स्वागतको तयारीमा जुट्यो कालेबुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.