-->
अपाङ्ग कल्याण संगठनले चक्काजाम गर्ने

अपाङ्ग कल्याण संगठनले चक्काजाम गर्ने

डीके वाइबा, कालिमन्युज, कालेबुङ 23 अगस्त। अपाङ्ग कल्याण संगठनले आफ्नो हक र अधिकार सरकारबाट प्राप्त नभएको आरोप लगाउँदै आगामी 14 सितम्बरको दिन कालेबुङमा चक्काजाम गर्ने घोषणा गरेको छ।
संगठनका अध्यक्ष छोटेलाल प्रसादले एक पत्रकार सम्मेलन आयोजन गरेर उक्त घोषणा गरेका हुन्। अहिलेसम्म अपाङ्गहरूले सरकारबाट प्राप्त हुने सरकारी सहुलीयत पाउन नसकेको आरोप लगाउँदै यसैको बिरोधमा संगठनले चक्काजाम गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। पार्वत्य अपाङ्ग कल्याण संगठनका सदस्यवर्गलाई लिएर बसेको बैठकमा उक्त निर्णय गरेको प्रसादले अझ बताए। 
संगठनले उक्त चक्काजाम गर्ने सम्बन्धमा केन्द्र अनि राज्य सरकार अनि प्रशासनलाई समेत पत्रचार गरेर जानकारी गराउने बताएका छन्। 
“अहिलेसम्म अपाङ्गहरूलाई सरकारबाट प्राप्त हुने सहुलियतहरू सही प्रकारले प्राप्त हुन सकेको छैन। आफ्नो हक र अधिकारका निम्ति अब हामी सडकमा ओर्लिने निश्चित गरेका छौँ। यसैकारण सभामा आगमी 14 सितम्बरको दिन चक्का जाम गर्ने संगठनले सभामा निर्णय गरेको हो” छोटेलाल प्रसादले भने। उनले अपाङ्गहरूको हक र अधिकारका निम्ति सधैँ लड्ने बताउँदै सरकारले सहुलिय प्रदान नगरेर आफूहरूलाई अवहेलना गरिरहेको पनि आरोप लगाएका छन्।

0 Response to "अपाङ्ग कल्याण संगठनले चक्काजाम गर्ने"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.