-->
पत्रकार अपहरण काण्डको विरोधमा कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनको विरोध...मुख्यमन्त्रीलाई पत्राचार

पत्रकार अपहरण काण्डको विरोधमा कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनको विरोध...मुख्यमन्त्रीलाई पत्राचार

डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 अगस्त। अलिपुरद्वारमा पत्रकार चयन सरकारलाई अपहरण गरेको घटनालाई विरोध गर्दै कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमायलन जर्नलिष्ट युनियनले जोडदार बिरोध जनाएको छ।
उत्तरबंग सम्वादका पत्रकार अपहरण काण्डको विरोधमा आज कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेर पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरेको छ।
कालेबुङ प्रेस क्लबका अध्यक्ष अरूण कुमार रसाईलीको नेतृत्वमा रहेको प्रतिनिधि टोलीले महकुमा अधिकारी के.राधीका अय्यरको अनुपस्थितिमा अतिरिक्त महकुमा अधिकाराई जुलफिकर अलि मार्फत राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र पठाएर अपहरण भएका पत्रकार चयन सरकारलाई सुरक्षित निकाल्नुपर्ने माग गरेको छ।
पत्रकार सरकारको अपहरण काण्डले राज्यमा पत्रकारहरू दिनोदिन असुरक्षित बनेको स्पष्ट बनेको उल्लेख गर्दै पत्रकारहरूको सुरक्षा राज्य प्रशासनले सुनिश्चित गर्नुपर्ने कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनले माग गरेको छ। अहिलेघरी पश्चिम बङ्गाल राज्यको विभिन्न ठाउँहरूमा पत्रकारहरू असुरक्षित बनिरहेको घटनालाई केन्द्र गर्दै राज्य प्रशासनले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्दै अपहरण पत्रकारलाई राज्य प्रशासनले सुरक्षित खोजी निकाल्नु पर्ने पनि संगठनले माग गरेको छ।
अतिरिक्त महकुमा अधिकारी जुलफिकर अलि मार्फत राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेपछि कालेबुङ प्रेस क्लबका अध्यक्ष अरूणकुमार रसाईलीले घटनाको भर्त्सना गर्दै अपहृत पत्रकारलाई सुरक्षित खोजी निकाल्नुपर्ने माग गरे। यसैक्रममा घटनाको बिरोध गर्दै संगठनका उपाध्यक्ष रूद्र कार्कीले अपहृत पत्रकारलाई राज्य प्रशासनले सुरक्षित खोजी ननिकाले भविष्यमा पत्रकारहरू सडकमा निस्केर बिरोध गर्न पछि नपर्ने बताएका छन्।

प्रज्ज्वल छेत्री, कालिमन्युज, कालेबुङ, 4 अगस्त। पत्रकार चयन सरकारलाई चाँडो खोजी निकाल्नुपर्ने माग गर्दै कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनले संयुक्त रूपमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेको छ। रहस्यमय तरिकाले हराएका पत्रकारलाई चाँडो खोजी निकाल्नुपर्ने भन्दै क्लब अनि युनियनले आज महकुमा अधिकारीको अनुपस्थितिमा डेपुटी म्याजिस्ट्रेट जुल्फिकर अलीको माध्मयबाट मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको हो।
प्रेस क्लबका अध्यक्ष अरूण कुमार रसाईलीको नेतृत्वमा गएका पत्रकार सदस्यहरूले अपहरणको घटनामाथि चिन्ता व्यक्त गर्दै यथाशीघ्र पत्रकार चयन सरकारलाई खोजी निकालेर दोषीहरूलाई कार्यावाही गर्नुपर्ने माग गरेको छ। प्रेस क्लबका अध्यक्ष अरूण कुमार रसाईलीले राज्यमा पत्रकारहरूमाथिको यसकिसिमको अन्याय सहनयोग्य नरहेको भन्दै प्रशासनले चाँडै दोषीहरूलाई कार्यवाही गर्नुपर्ने माग गरेका छन्। स्मरण गराइन्छ, पत्रकार चयन सरकारले अलिपुरद्वारमा तृणमूल छात्र परिषद् विरूद्ध एक समाचार प्रकाशित गरेका थिए। जसको विरोधमा परषिदका सदस्यहरूले सडकमा ओर्लेर पत्रकार चयन सरकारको घरमा समेत तोडफोड गरेका थिए। यसपछि अचानक आइतबार साँझदेखि पत्रकार चयन सरकार लापत्ता छन्।
यसका साथै आज कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनले एबीपी आनन्दका पत्रकार स्वपन नियोगीसित भएको कुटपिटको मामिला पनि ज्ञापन-पत्रमा उठान गरेको छ। आजको ज्ञापन टोलीमा प्रेस क्लबका अध्यक्ष अरूण रसाईली, इष्टर्न हिमालयन जर्नलिष्ट युनियनका अध्यक्ष रूद्र कार्की एवं पत्रकारहरू मुकेश शर्मा, निशा छेत्री, डीके वाइबा अनि मनोज राई सामेल थिए।

0 Response to "पत्रकार अपहरण काण्डको विरोधमा कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनको विरोध...मुख्यमन्त्रीलाई पत्राचार"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.