पैह्रोको प्रकोपमा परेर कालेबुङ्को ठाकुरबाडीमा एक घर क्षतिग्रस्त ....राजमार्ग पुन बन्द
प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 9 जुलाई 2015। अझै पनि कालेबुङमा पैह्रोको प्रकोप जारी छ। गत बुधबार 8 जुलाईको राती कालेबुङ नगरपालिकाको 1 नम्बर वार्ड अन्तर्गत ठाकुरबाडीमा एउटा घर पैह्रोको चपेटमा आएको छ। राती लगभग 9.45 बजीतिर आएको पैह्रोले उक्त घर क्षतिग्रस्त बनेको छ।
;घरको मुन्निलो भागको जमीन पैह्रोले धस्किएपछि राती नै घर परिवारका सदस्यहरूले घर खाली गरेका छन्। यस घरमा चार सदस्य रहेको उत्तम बर्माको परिवार रहँदै आएका थिए। तर हिजो उक्त घर पैह्रोको चपेटमा आएपछि उनीहरूले घर खाली गरेका हुन्।
आज स्थानीय नगर पार्षदिका चुच्चु तामाङ अनि सभासद् सुनिल प्रधानले घटनाको स्थलगत निरिक्षण गरेका छन्। सभासद् अनि नगर पार्षदिकाले चाँडै पीडित परिवारलाई अस्थायी शिविरमा स्थान्तरण गरेर राहत सामग्री उपलब्ध गराइने बताएका छन्। घरि घरिको प्रबल वर्षाले पैह्रो आउने भयले त्यसै पनि भयभित भएका मानिसहरु पानी पर्नसाथ कुनै अप्रिय घट्नाको दुष्चिंताले अझै पनि पिडित छन।
यता धेरै दिनदेखि बन्द भएको राष्ट्रिय राजमार्ग 10 गत केही दिनदेखि खुल्ला रहेता पनि आज पुन बन्द भयो ।
सेती झोडामा आज दिउसो फेरि माथिबाट पैह्रो झर्दा बाटो बन्द रह्यो जसको कारण दुवै तिर लाम लागेका गाडीहरु अर्को वैकल्पिक मार्ग भएर यात्रा तय गर्न वाध्य भए। तर केहि क्षणमानै परेको पानिले बालुवा हिलो माटो बगाएर 27 माइलमा राजमार्गमा थुप्रिए पछि प्राय 8 घण्टा सो बाटो बन्द भयो । मध्य रातको प्राय 12 बजेतिर मात्रै बाटो सफा गरिएपछि वाहनहरुको चलाचल साम्य बन्यो।तर बाटोको वाहनहरुको जाम खुल्न प्राय एक घण्टा लाग्यो।
0 Response to "पैह्रोको प्रकोपमा परेर कालेबुङ्को ठाकुरबाडीमा एक घर क्षतिग्रस्त ....राजमार्ग पुन बन्द"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.