-->
33 नम्बर समष्टिका तीनवटा शिविरका पीडितहरूलाई मोर्चाद्वारा राहत सामाग्रीहरू उपलब्ध

33 नम्बर समष्टिका तीनवटा शिविरका पीडितहरूलाई मोर्चाद्वारा राहत सामाग्रीहरू उपलब्ध

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 9 जुलाई 2015। 33 नम्बर छिबो टासिडिङ समष्टि क्षेत्र भित्र विभिन्न ठाउमा गएको पैह्रोद्वारा प्रभावितहरूलाई गोर्खा जनमुक्ति मोर्चाले राहत सामग्रीहरू उपलब्ध गराएको छ।
समष्टिभित्र तीनवटा राहत शिविरमा अस्थायी रूपमा बसोबासो गर्दै आइरहेका पैह्रोपीडितहरूलाई मोर्चाले राहत सामग्रीहरू उपलब्ध गराएको छ।
आठ माईलमा अस्थायी शिविरमा बसोबासो गरिरहेका 24 पैह्रो पीडित परिवार, 6 माईल सामुदायिक भवनमा बस्दै आएका 6 परिवार अनि मल्ली सार्वजनिक भवनको शिविरमा रहेका 5 पीडित परिवारलाई क्षेत्रीय सभासद् काजिम छिरिङ भोटियाको प्रयासमा आवश्यकीय सामग्रीहरू उपलब्ध गराइएको हो।
समष्टि कमिटीका मोर्चा प्रतिनिधिहरू सुधिर मग्रान्ती, सुरेन्द्र छेत्री, रमेश आदिले उक्त शिविरहरूमा राहत सामग्रीहरू पुऱ्याएका हुन्। प्रबल वर्षाको भयले आफ्नो घर भएको स्थानमा जान खतराजनक भएकोले तथा वैकल्पिक बासस्थानको व्यवस्था नभैंजेल पीडित परिवारहरु राहत शिविरमा नै आश्रय लिन वाध्य भएका छन।
अझै पनि वर्षा कम नभएको र दुर्घटना हुने क्रम नरोकिएकोले राहत शिविरमा आश्रय लिनेहरुको संख्या घटनको सट्टामा बड्ने सम्भावना रहेकोछ।

0 Response to "33 नम्बर समष्टिका तीनवटा शिविरका पीडितहरूलाई मोर्चाद्वारा राहत सामाग्रीहरू उपलब्ध"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.