-->
वर्षाले जनजीवन प्रभावित कालेबुङ शहरको सडकहरूमा बग्यो खोला

वर्षाले जनजीवन प्रभावित कालेबुङ शहरको सडकहरूमा बग्यो खोला

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 7 जुलाई। आज अपरान्ह अत्याधिक वर्षा हुँदा कालेबुङ शहरमा जनजीवन अस्तव्यस्त बन्यो। भलपैह्रोको कारण मानिसहरूले त्रासदीपूर्ण जीवन बिताइरहेको अवस्थामा अचानक परेको अत्याधिक वर्षाले सबैको चिन्ता बढाइदिएको छ। किनभने यसबेला कालेबुङका अधिकांस क्षेत्र मङ्गलबार रातीको वर्षापछि आएको भलपैह्रोको कारण प्रभावित बनेको छ भने यहाँका अधिकांस सडक मार्गहरू बाधित बनेको छ। जसले गर्दा पुनः अर्को प्राकृतिक आपदा आउनसक्ने सम्भावनाका कारण पनि मानिसहरूको चिन्ता बढेको हो।
आज एकाएक परेको वर्षाको कारण शहरमा ओहोर दोहोर गर्ने मानिसहरू अनि यात्रीहरूले निक्कै सास्ती भोग्न परेको थियो। मूसलधारे पानी नालीमा नबगेर सोझै सडकमा बगेको कारण मानिसहरूले सास्ती भोग्न परेको हो। अहिले दार्जीलिङ पहाडमा आएको प्राकृतिक आपदा मानव निर्मित रहेको टिका-टिप्प्णीहरू भइरहेको अवस्थामा शहरको अव्यवस्थित झोडा अनि नालाहरूले यसलाई पुष्टि गरेको छ।
शहरभित्र रहेको नालाहरूमा पानीका पाइप अनि फोहार मैलाको कारण सबै नाली थुनिएपछि सम्पूर्ण भल सोझै सडकमा बगेको हो। एकाएक आएको अत्याधिक वर्षा यति ठूलो थियो कि सम्पूर्ण कालेबुङ शहरको सडकहरूमा खोला बगेको थियो। जसलाई पार गरेर हिँड्न मानिसहरूलाई निक्कै हम्मे-हम्मे परेको थियो भने वाहनहरूलाई समेत गुडन गाह्रो परेको थियो।
शहरको सम्पूर्ण सडकहरूमा एका-एक खोला बगेपछि नगर प्रशासन माथी प्रश्न खडा भएको छ। नगरको सम्पूर्ण नालीहरूमा पीएचई विभागले अव्यवस्थित तरिकाले पानीको पाइपहरू घुसारे पछि धेरजसो नालीहरू बन्द बनेको छ। जसलाई व्यवस्थापन गर्ने कार्य विगत देखि वर्तमानसम्मका नगर प्रशासनले गरेको छैन। यसरी अव्यवस्थित नालीको कारण जथाभावी सडकहरूमा खोला बगेको दृष्यले भविष्यमा शहरभित्र ठूलो दुर्घटना घटने सम्भावना बडेको छ।
अविरल वर्षाको कारण अहिलेघरी जथाभावी गएको पैह्रो प्राकृतिक नभएर मानव निर्मित धेर भएको मानिसहरूले बताइरहेका छन्। यस्तो अवस्थामा आफ्नो घर निर्माण गर्दा सडक किनाराहरूमा रहेको भल बग्ने नालीहरू जम्मै पुरेको कारण जथाभावी भल बगेपछि त्यही भलले अन्य स्थानमा पैह्रो गएको मानिसहरूले बताइरहेका छन्।
यहाँको आठ माइल क्षेत्रमा गएको ठूलो पैह्रो पनि प्राकृतिक भन्दा धेर मानव निर्मित रहेको केन्द्रिय मन्त्री किरण रिज्जु अनि जीटीए प्रमुख बिमल गुरूङलाई स्थानीय मानिसहरूले भ्रमण अवधी बताएका थिए। पीडब्ल्यु विभागले सडक निर्माण गर्दा भल बग्ने नाली नबनाएको कारण जथाभावी भल बगेर पैह्रो गएको स्थानीय मानिसहरूले बताएका थिए। यस्तो अवस्थामा आज शहरको सडकहरूमा बगेको खोलाले मानव निर्मित दुर्घटना बड्ने सम्भावना देखिएको हो। केही दिनदेखि बिग्रेको मौसम आज साम्य बनेको थियो।
बिहानदेखिनै मौसम घमाइलो रहेकोले धेरै दिनपछि मानिसहरूले राहतको श्वास फेरेका थिए। यस्तो अवस्थामा अपरान्ह अचानक आएको अध्याधिक वर्षाले एकाएक जनजीवन प्रभावित बनेको थियो। सबै भन्दा धेर विद्यार्थीवर्ग प्रभावित बनेका देखिन्थे। बिहान घाम लागेको कारण छाता नबोकेका विद्यार्थीवर्ग पानीमा भिझ्दै हिँडिरहेका थिए भने अन्य मानिसहरू पनि सडकमा बगेको पानीमा डुब्दै हिँड्न परेको थियो।

Related Posts

0 Response to "वर्षाले जनजीवन प्रभावित कालेबुङ शहरको सडकहरूमा बग्यो खोला"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.