-->
पैह्रोले सडक चुँढेर लगेपछि यातायात सेवा ठप्प.. सानो वाहन छिर्न सक्ने अस्थायी बाटो निर्माण

पैह्रोले सडक चुँढेर लगेपछि यातायात सेवा ठप्प.. सानो वाहन छिर्न सक्ने अस्थायी बाटो निर्माण

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 15 जुलाई। बुधबार साँझदेखि परेको मुसलधारे वर्षाले यहाँको 6 माइल पूल नजिक पैह्रो जाँदा कालेबुङदेखि सिलगडी जाने सडक पूर्णरूपले बिच्छिन्न बन्न पुग्यो।
लगभग 40 मिटर लामो उक्त पैह्रोले सडकलाई पूर्णरूपले चुँढाएको छ। जसको कारण आज उक्त सडक भएर गुड्ने वाहनहरू गुडन सकेनन्।
रातीको समयमा पैह्रो गएर सडक चुँढीएपछि सिलगडीबाट खाद्य सामग्री बोकेर कालेबुङ आएका मालवाहक वाहनहरू उक्त पैह्रोको चपेटमा परेर थुनामा परेको थियो। पैह्रोको चपेटमा परेर पूल नजिक रहेको सबिना लेप्चाको घर क्षतिग्रस्त बनेको छ। उक्त घरलाई तलबाट पैह्रोले तानेर खोलामा झारेको छ भने यस समय परिवारका सदस्यहरू भने घरमा थिएनन्। गत गत 30 जुनको वर्षाले उक्त स्थानमा पैह्रो जाँदा उक्त घर प्रभावित बनेपछि तत्काल घरलाई खाली गरिएको थियो।
यता उक्त घरसँगै रहेका अन्य घरहरूलाई पनि तलबाट आएको पैह्रोले तानेर झार्ने स्थितिमा पुर्‍याएको छ भने सबै घरहरू खाली गरेर परिवारका सदस्यहरू अघिबाटै सुरक्षित स्थानमा सरेका छन्। अत्याधिक पानी परे पछि नजिकैको झोडाले उग्र रूप लिँदा क्षेत्रमा व्यापक पैह्रो गएको हो। यस भन्दा अघि गत 30 जुनको दिन आएको मुसलधारे वर्षाले उक्त स्थानमा पैह्रो गएको थियो। जसको कारण अघिबाटै उक्त सडकको आधा भाग पैह्रोले झरेको थियो।
कालेबुङ्देखि 5 कि मि टाडोमा छ माइल पुल नगिज पैह्रोले सडकको आधा भाग चुँडाएर लगेपछि पीडब्ल्यु विभागले तत्काल तलबाट देवाल उठाउने कार्य आरम्भ गरेको थियो। तर उक्त काम पुरा गर्न नपाई आज राती पैह्रो गएपछि सडक सबै झरेर यातायात सेवा ठप्प बनेको हो।
स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार रातभरी अविरल पानी परेपछि उक्त स्थानमा लगभग 12:30 बजेतिर तलबाट पैह्रोले तान्दा सडक चुँढीन पुगेको हो। जसको कारण आज बिहान देखिनै सम्पूर्ण यातायात सेवा पूर्णरूपले ठप्प बनेको थियो। उक्त सडक राती नै चुँडीन पुगे पछि पीडब्ल्युडी विभागका कर्मीहरूले बिहानै पैह्रोग्रस्त क्षेत्रको दौडाह गर्दै जानकारी लिएका थिए। पैह्रोले सम्पूर्ण सडक चुँढेर यातायात सेवा ठप्प बने पछि यातायात सुचारू गर्न पीडब्ल्युडी विभागले बिहानै देखि एस्काभेटर लगाएको थियो। जसको कारण विभागको सक्रियतामा पछिल्लो भित्ता काटेर बिहान 10:30 बजेदेखि सानो बाहनहरू छिर्न सक्ने अस्थायी बाटो बनाएको छ।
सानो बाहनहरू गुड्न सक्ने बाटो बनाएर साना वाहनहरुको चलाचल यथावत राखिएता पनि हाल मालवाहक वाहनहरूलाई भने उक्त बाटोमा गुड्न प्रतिबन्ध गरिएको छ। किनभने तलबाट पैह्रो झरेर सम्पूर्ण स्थान नै असुरक्षित अनि कमजोर भएको कारण मालबाहक वाहनहरूलाई गुडन रोक लगाइएको हो।
उक्त पैह्रोले सडक चुडाएर लगेको थाह पाएपछि घटनास्थलमा क्षेत्रिय सभासद काजिम छिरिङ भोटीया, पीडब्ल्युडी विभागका सह अभियन्ता राजकुमार बान्टिया उपस्थित रहेका थिए। अविरल वर्षाले पैह्रो गएर सडक बिच्छिन्न बनेपछि यातायात सेवालाई सुचारू गर्न पीडबल्युडी विभागले कार्य गरिरहेको सह अभियन्ता राजकुमार बान्टियाले जानकारी दिएका छन्।
हाल अस्थायी रूपले पछिल्लो भित्ता काटेर यातायात सेवा सुचारू गरेको जानकारी गराउँदै बाटोको अवस्थालाई ध्यानमा राखेर मालवाहक बाहनलाई भने गुड्न नदिएको तिनले बताएका छन्। यद्यपी चाँडै मालवाहक गुडन सक्ने बाटो विभागले बनाउने पनि जानकारी गराए।
पैह्रोले बाटो चुढेर लगे पछि आज बिहान कालेबुङबाट सिलगडी जाने वाहनहरू लाभा भएर जान परेको थियो भने दार्जीलिङ जाने वाहनहरू भने अधिकांश जान सकेनन्। जसको कारण दार्जीलिङ जाने यात्रीहरूले समस्या भोग्न परेको थियो। यसैक्रममा सिक्किम गामी वाहनहरू भने मन्सोङ भएर गुड्न परेको थियो।
यसैक्रममा बिहान पैह्रोकै कारण दार्जीलिङ, खरसाङ, मङ्पू आदि स्थानहरूबाट पनि कालेबुङ आउने वाहनहरू आउन सकेन। (फोटो सौजन्य: इ सी पनलुक अनि शेखर सुब्बा)

0 Response to "पैह्रोले सडक चुँढेर लगेपछि यातायात सेवा ठप्प.. सानो वाहन छिर्न सक्ने अस्थायी बाटो निर्माण"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.