जोन बारला द्वारा बिरसा तिरकीको खण्डन
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 11 जुलाई । आदिवासी विकास परिषदका नेता बिरसा तिर्कीले डुवर्सको प्रख्यात नेता जन बारलालाई बिमल गुरुङको एजेन्ट भनेर आरोप लगाएकोमा विरोध जनाउदै जोन बारलाले आफ्नो प्रतिक्रिया जनाएका छन।
बिमल गुरुङले डुवर्समा आदिवासी अनि डुवर्सको जनताको हितमा धेरै काम गरेको जनाउदै बारलाले बताए कि "मलाई बिमलको एजेन्ट भन्नु अघि तिनले आफ्नो असली रुप ऐनामा हेर्नु पर्छ किन कि तिर्कीलाई आदिवासी ट्राइबलका चेयरम्यान राज्य सरकारले बनाए पछि तिर्की स्वयम् राज्य सरकारको एजेन्ट भएका छन। अरुलाई कसरी उनले एजेन्ट भनेका हुन यो नसुहाउदो कुरा हो "।
बिमल गुरुङले डुवर्समा आदिवासी अनि डुवर्सको जनताको हितमा धेरै काम गरेको जनाउदै बारलाले बताए कि "मलाई बिमलको एजेन्ट भन्नु अघि तिनले आफ्नो असली रुप ऐनामा हेर्नु पर्छ किन कि तिर्कीलाई आदिवासी ट्राइबलका चेयरम्यान राज्य सरकारले बनाए पछि तिर्की स्वयम् राज्य सरकारको एजेन्ट भएका छन। अरुलाई कसरी उनले एजेन्ट भनेका हुन यो नसुहाउदो कुरा हो "।
तिनले अझै भने डुवर्समा बारलाको कुनै पकढ़ छैन भनेर भन्छन भने जोन बारलाको समर्थनमा छ या छैन सरकारको समक्ष रिपोट छ। 18 वटा ग्राम पंचायतमा मेरो राम्रो पकड़ छ , पञ्चायत चुनाउमा 18 वटा जिपीमा जितेर बारलाको पकढ़मा रहेको खबर नै प्रमाण हो। अब 2016 मा कसरी विधान सभामा बाजी मार्नु पर्ने हो भनी तिर्कीसोचमा परेको सत्यलाई कसले नकार्न सक्छ र? उल्टै तिनले प्रश्न तेर्स्याए ।
तिनले भने बिमल गुरुङ डुवर्समा आउदाँ अशान्ती हुन्छ भनेर जुन बक्तब्य तिर्कीले दिए त्यो एकदमै असत्य हो किनकि हालैमा डुवर्समा गोर्खा मेला संगै डुवर्स भ्रमण गरेर बिमल गुरुङ आउदा शांति हुंछ कि अशांति हुन्छ सो प्रमान भैसकेको छ। तिनले भने डुवर्समा बिमल गुरुङ होइन बरु बिरसा तिर्की आउदा चाही अशान्ती हुन्छ । बिगत दिनमा फालाकट्टादेखी बिरसा तिर्कीलाई त्यहाँका आदिवासी जातीले लखेटेका थिए यो सत्यताले प्रमाण गर्छ कि डुवर्समा बिरसा तिर्की आउदा साच्चीनै अशान्ती हुन्छ अनि सरकारको गुप्तचर बिभाग समक्ष यो खबर पुगी सकेकोछ।
तिनले भने 2016 को विधान सभा चुनाउ लिएर यस डुवर्सको गोर्खा अनि आदीवासी जनता एक जुट भएको देखेर बिभिन्न राजनैतिक पार्टीहरुलाई चिन्ता भएकोछ। डुवर्समा अशान्ती ल्याई फेरी गोर्खा अनि आदिवासी माझ लड़ाई लगाएर चुनाउको राजनैतिक माहौल बिगार्ने बिरसा तिर्कीको यो प्रयास हो अनि बिरसा तिर्की तृणमूल सरकारको निम्ती भोट बटुल्ने कामको प्रयास गरिरेको छ अनि यस कुटनितीको जालमा डुवर्सको जनता फसनु हुदैन ।
आउदो 2016 मा गोर्खा अनि आदिवासी एक जुट भएर चुनाउको मैदानमा उत्रीने छन । साथै अन्तमा फेरी बिरसा तिर्की माथी खनिदै तिनले भने कि बिरसा आदिवासी जाती होइनन किनकि उनको षड़यन्त्रको अनि उनको कुटनिती चालले डुवर्सको जनताहरु माझ फेरी एक चोटी लड़ाई ल्याउने सम्भावना छ जसको निम्ति डुवर्सको जनताले सोचनु पर्छ अनि बिरसाको लहै लहैमा हिड़नू हुदैन।
0 Response to "जोन बारला द्वारा बिरसा तिरकीको खण्डन"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.