पति पत्नि बिचको खट पट एवं सासु-ससुराको सतावटले आत्महत्याको आरोप
राजेश शर्मा, कालिमन्युज. जयगाँउ 11 जुलाई । आज भारत भोटाङ सिमा क्षेत्रको सुभास पल्ली ग्राम पञ्चायतमा अवस्थित फालाकटा हरिनाथपुर निवासी बिमल दास (23)ले गलामा पासो लगाएर आत्म हत्या गरे। आत्म हत्याको खबरले जयगाँउ र स्थानिय क्षेत्रमा सनसनि फैलिएको छ ।
यस सम्बन्धमा प्राप्त जानकारी अनुसार बिमल दासले गत 4 महिना अघि पिंकी बसाक (18) संग विवाह् गरेको स्थानिय उपप्रधान संगिता सिग राठोरले जनाएका छन । विवाह् भएको चार महिना बिदा नबित्दा नै पति पत्निमाझ खटपट शुरु भएको कारण राम्रो मेल मिलाप थिएन। थाहा लागे अनुसार पत्नि पिंकी बसाक आफ्नो माता पितासंग माइतमानै बस्न जिद्धी गरि उतै बस्थिन भने बिमल दास विवाह गरे पछि आफुसंग नै बस्नु पर्छ भन्ने कुरामा ठोलाबाजी भैबस्थ्यो।
यसै सम्बन्धमा उक्त कुरो सार्वजनिक भएपछि आज पंचायत बसेर् केही दिनदेखि पति पत्निमाझको खटपट मिलाउने तय भएको थियो भन्ने उपप्रधान राठोरले जनाइन। तर आज बिहानै पत्नि पिंकिको घरको सिलिगंमा पंखा झुंड्याउने हूकमा कपढ़ाको डोरी बनाएर फासी लगाइ पति बिमलले आत्महत्या गरेको खबरले सबै अवाक बने । यस सम्वन्धमा स्थानीय महमद सलिम अनसारीले बताए कि बिमल दासलाई उनको सासु भारती बासक अनि ससुरा टोटन बासकले गत तिन महिनादेखी अत्याचार गरि कुटपिट गर्दै आएको सुनिएको थियो ।
तिनले भने बिमल दास एउटा दोकानमा कपढ़ा सिलाउने काम गर्थे। बिमलसंग उनको राम्रो चिनाजाना भएको कारण तिनले बिमलको सासु सासुरासंग यस विषयमा एउटा निर्णय गरिदिने मांग गरेका थिए। पत्नि पिंकि पति बिमलसंग बस्छन या बस्दैनन भन्ने लिखित निर्णय पनि उनले पिंकिको आमा बाबुबाट मागेका थिए। सासु ससुराको पक्षवाट कुनै निर्णयको प्रतिक्षामा बसे पनि तिनी निर्धक्क्क भएर बस्न नसक्दा नै बिमलले आज आत्महत्या गरेको हुनुपर्छ भनि तिनले बताए ।
यस सम्वन्धमा पत्नी पिंकी दास (बासक) ले बताए "मेरा पति बिमलले उनको घर अर्थात मेरो ससुराली गएर बस्नु पर्छ भन्थे तर म भने मेरै माता पितासंगै बस्ने कुरामा जिद्धि गर्थे जसले गर्दा हामी बिचमा पाँच छ दिन अघि खटपट भएको थियो "। यसभन्दा बेसी पिंकिले भन्न इंकार गरिन।
यता जयगाँउ पुलिस सुत्रदेखी प्राप्त जानकारी अनुसार आज बिहान 9:30 बजे तिर एउटा फोनद्वारा सुचना प्राप्त भए अनुसार घटना स्थलमा पुगेर आत्महत्याको आस्ंका गर्दै मृतक बिमल दासको मृतदेहलाई जयगाँउ थाना ल्याए अनि पोस्टमोर्टमको निम्ति अलिपूरद्वार पठाएको छ ।
यस घटनालाई आत्महत्यानै भएको शंका गरिएको बताएको छ । तर उक्त घटनालाई लिएर स्थानिय बासिन्दाहरुले बिमलको सासु ससुराले नै कुटपिट गरेकोले बिमलको ह्त्या भएको र यो बिमलको सासु ससुराको षढ़यन्त्रले हत्या गरिएको आरोप लगाएका छन ।
0 Response to "पति पत्नि बिचको खट पट एवं सासु-ससुराको सतावटले आत्महत्याको आरोप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.