-->
बाटो बन्दले जीटीए प्रमुख कोलाखाम पुग्न सकेनन्

बाटो बन्दले जीटीए प्रमुख कोलाखाम पुग्न सकेनन्


डी.के वाइबा, कालिमन्युज, कालेबुङ 3 जुलाई। मङ्गलबार राती अविरल वर्षाको कारण कालेबुङ शहरदेखि लकभग 40 किलोमिटर टाडामा अवस्थित लाभा कोलाखामको एउटै परिवारका चारजना सदस्यहरू निखोज बनेपछि उक्त क्षेत्रको भ्रमणमा निस्केका जीटीए प्रमुख बिमल गुरूङ यातायात अवरूद्ध बने पछि घटना स्थलमा पुग्न सकेनन्। उनी आज बिहान कालेबुङबाट कोलाखाम प्रस्थान गरेका थिए तर वर्षाले घटना स्थलमा पुग्ने सडक पैह्रोले जथाभावी बन्द बनेको कारण उनी घटना स्थलमा पुग्न नसकेको हो।
कोलाखाम क्षेत्रमा मङगलबार रातीको पैह्रोले एउटै परिवारका चार सदस्यहरू क्रमैले आमा भगीमाया राई (75) छोराहरू हर्कमान राई (50), तारामान राई (45) अनि नाती जेबियर्स विश्वकर्म (5) निखोज बनेका छन्। उनीहरूलाई पौह्रोले घरसँगै बगाएर लगेको छ भने स्थानीय मानिसहरूले खोजी अभियान जारी राखेको छ। गाउँलेहरूले खोजी अभियान जारी राखे पनि निखोज बनेका चारैजनाको कुनै पत्तो लाग्न सकेको छैन।
पैह्रोको चपेटमा परेर अहिलेसम्म निखोज बनेको घटनाबारे मधु राईले जानकारी गराउँदै अविरल वर्षाको कारण मध्य राती लकभग एक किलोमिटर माथीबाट आएको पैह्रोले सोह्रेर घरभित्र रहेका चारैजनालाई बगाएर लगेको बताए। “मध्यराती आएको पैह्रोले घरसँगै चारैजनालाई बगाएर लग्यो।
घटनाबारे थाह पाएपछि स्थानीय गाउँलेहरूको सहयोगमा खोजी अभियान जारी राखेका छौँ। यद्यपी अझसम्म कसैको पत्तो लागेको छैन। उनीहरूलाई पैह्रोले बगाएर रेसी खोलामा पुर्‍याएको हुनसक्ने सम्भावना रहेको छ” पैह्रोमा निखोज बनेका भागीमाया राईकी भतिज मधु राईले भने।
यता क्षेत्रको स्थलगत भ्रमणमा कालेबुङबाट हिँडेका जीटीए प्रमुख बिमल गुरूङ सडक मार्ग सबै बन्द भएको कारण घटना स्थलमा पुग्न नसकेको हो। लाभा कोलाखाम क्षेत्रको घटना स्थलमा उनी पुग्न नसकेपछि लाभा क्षेत्रमा पैह्रोको चपेटमा परेर ज्यान गुमाएकी डाडोमा शेर्पाको घरमा पुगेर स्थानीय मानिसहरू सँग कुराकानी गर्दै जीटीए प्रमुख गुरूङले जानकारी लिने कार्य गरे। 
पैह्रोको चपेटमा परेर मृत्यु हुने डाडोमा शेर्पाको पनि सम्पूर्ण घर पैह्रोले बगाएर लगेको छ। यसबारे गुरूङले बिस्तृत जानकारी लिए पछि लाभा गुम्बाको भ्रमण गर्दै पैह्रोले पुर्‍याएको क्षतिबारे जानकारी लिए। यसपछि उनी सोझै समाबियोङ चियाबगान क्षेत्रमा पुगेर पैह्रोग्रस्त क्षेत्रहरूको भ्रमण गर्दौ जानकारी लिएका छन्। यस अघि जीटीए प्रमुख बिमल गुरूङ लाभा प्रस्थान गर्न अघि यहाँको कालेबुङ महकुमा अस्पताल पुगेर पैह्रो पिँढीतहरूसँग कुराकानी गर्दै जानकारी लिने कार्य गरे। 
उनले अस्पतालमा भर्ना भएका पैह्रो पिँढीतहरूसँग कुराकानी गर्दै पिँढीतवर्गको सहयोगका निम्ति आफूहरू पूर्णरूपले तयार रहेको आवश्वासन दिएका छन्। अर्कोतर्फ जताततै भलपैह्रोको कारण लाभा क्षेत्रमा चार दिकदेखि विद्युत सर्वराह ठप्प रहेको छ। जसको कारण स्थानीय मानिसहरूले धेरै समस्या भोग परिरहेको छ। अर्कोतर्फ यता मंगलबार रातीको पैह्रोको चपेटमा परेर निखोज बनेका आँठ माइल निवासी रमेश राई (पति) अनि कुसुम राई (पत्नि) को शवलाई पनि आजसम्म उद्धार गर्न सकेको छैन। पैह्रोको चपेटमा परेर निखोज बनेका दुवैलाई निरन्तर खोजी कार्य जारी राखे तापनि अझसम्म कुनै पत्तो लग्न सकेको छैन।

Related Posts

0 Response to "बाटो बन्दले जीटीए प्रमुख कोलाखाम पुग्न सकेनन्"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.