
लाभा कोलाखाममा उद्धार गर्न एनडीआरएफ अनि सेना उतारिने
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 3 जुलाई। लाभा कोलाखाम क्षेत्रमा पैह्रोको चपेटमा परेर निखोज बनेका एकै परिवारका चारजना सदस्यहरू खोज्न शनिबारदेखि एन.डी.आर.एफ दल उतारिने भएको छ। सेनासँगै घटना स्थलमा उद्धार गर्न भारतीय सेना पनि उतारिने भएको छ। यसबारे कालेबुङ खण्ड दुईका खण्ड बिकास अधिकारी देवाशिष नागले जानकारी दिएका छन्।
“कोलाखाम क्षेत्रको पैह्रोग्रस्त ठाउँमा पुग्नलाई बाटो पूर्णरूपले बन्द बनेको छ। जसको कारण उद्धार टोली घटना स्थलमा पुग्न सकिरहेको छैन। घटना स्थलमा पुग्ने सडकहरूमा एकाधिक पैह्रो झरेर बाटो बन्द रहेको छ। जसलाई सुचारू गर्न डोजरले पैह्रो सोहर्ने कार्य गरिरहेको छ। पैह्रोको चपेटमा परेका चारजनालाई अझसम्म उद्धार गर्न सकिएको छैन। जसको कारण शनिबारदेखि एनडीआरएफ अनि भारतीय सेना उतारिनेछ” खण्ड बिकास अधिकारी देवाशिष नागले भने।
उद्धार कार्यका निम्ति एनडीआरएफ दल आज नै कालेबुङ आइपुग्ने तय भए पनि बाटो बन्दको कारण उनीहरू आउनमा ढिलाई भएको खण्ड बिकास अधिकारीले बताए।
“उद्धार कार्यका निम्ति भारतीय सेना आज लाभा सार्बजनिक भवनमा तैनाथ गरिएको छ। एनडीआरएफ दल सँगै उनीहरूलाई पनि घटना स्थलमा शनिबारदेखि उतारिनेछ” देवाशिष नागले अझ भने। यसैक्रममा पैह्रोग्रस्त क्षेत्रका मानिसहरूलाई खाद्यसामाग्री वितरण गर्न सम्पूर्ण सरकारी एमआरसप डिलरहरूलाई तैनाथ राखिएको पनि उनले जानकारी दिए।
पिँढीतहरूलाई यस आपदको समयमा सहयोग गर्न विभागीय पक्षबाट हरसम्भव प्रयास गरिरहेको तिनले जानकारी गराउँदै अवरूद्ध बाटोहरूमा यातायात सुचारू गर्ने कार्यलाई पनि प्रमुखता दिएको बताएका छन्। यसैक्रममा कालेबुङ खण्ड दुई अधिनस्थ मोठ 112 वटा घरहरू पैह्रोको चपेटमा परेर पूर्णरूपले क्षतिग्रस्त बनेको आधिकारिक पुष्टि भएको अनि भविष्यमा यसको संख्या बृद्धि हुनसक्ने जानकारी गराए। यता पैह्रोको चपेटमा परेर आंशिक क्षति भएको घरहरूको भने कुनै निश्चित संख्या निर्धारित नभएको बताउँदै यसबारे पछिबाट जानकारी गराउने बताएका छन्।
0 Response to "लाभा कोलाखाममा उद्धार गर्न एनडीआरएफ अनि सेना उतारिने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.