
पैह्रोमा निखोज बनेकाहरू खोजी गर्न ओर्लियो एनडीआरएफ सँगै सेना
डी.के वाइबा, कालिमन्युज, दनन्दिनी समाचार, कालेबुङ 4 जुलाई। पेह्रोले पुरिएर बेपत्ता बनेकाहरूलाई उद्दार गर्न नेशनल डिजास्टर रिलिफ फोर्स (एनडीआरएफ) को एक टोली कालेबुङ आइपुगेको छ। मङ्गलबार राती परेको अविरल वर्षापछि पैह्रोको चपेटमा परेर कालेबुङ अनि मिरिक क्षेत्रमा धेरैजना पुरिएर निखोज बनेपछि तत्कालै केन्द्र सरकारको पहलमा एनडीआरएफ दल मिरिक आइपुगेको थियो।
मिरिकमा बिहिबारसम्म उद्दार कार्यमा जुटेको एनडीआरएफको टोलीले मिरिकबाट सिधै कालेबुङ आएर उद्दार कार्य शुरू गरेको छ। उक्त टोलीले आज यहाँको आठ माईलमा आएर पैह्रोग्रस्त क्षेत्रमा निखोज बनेका दम्पतिको शव खोजी अभियान शुरू गरेको छ। पैह्रोको कारण आठ माईलको नर्सरी गाउँमा एकै परिवारका चारजना सदस्य पैह्रोको प्रकोपमा परेका थिए। जसमध्ये पति रमेश राई अनि पत्नि कुसुम राई घरसँगै बगाएर लापत्ता बनेका छन् भने उनीहरूका छोरा अमृत राईको शवलाई अघिबाटै उद्धार गरिएको छ। पैह्रोको चपेटमा परेर 30 जुनको राती बेपत्ता बनेका दम्पतिको शवलाई 4 दिन बितेर जाँदा समेत उद्धार गर्न नसकेपछि आजदेखि एनडीआरएफ दल उद्धार कार्यको निम्ति जुटेको हो।
उक्त उद्धार कार्यमा एनडीआरएफ सँगै भारतीय सेनाको जवानहरू पनि उतारिएको छ भने गाउँलेहरूको पूर्ण सहयोगमा एनडीआरएफ अनि सेनाले घटना स्थलबाट खोजी अभियान सुरू गएको छ। उद्दार कार्यमा जुटेका एनडीआरएफ अनि सेनाका जवानहरूले पैह्रोले पुरिएको घरबाट नै खोजीको प्रारम्भिक अभियान शुरू गरेको छ। उनीहरूले पैह्रोको चपेटमा बनेर निखोज बनेका दम्पतिलाई घरले नै पुरेको हुनसक्ने आशंका व्यक्त गर्दै पैह्रोले लगेको घरबाट नै खोजी अभियान सुरू गरेको हो।
यसैक्रममा निखोजबनेका दम्पतिलाई उद्धार टोलीले नभेटेसम्म खोजी जारी राख्ने थाह लागेको छ। यसबारे उद्धार कार्यमा जुटेका एनडीआरएफ जवानसँग जान्न चाहँदा उनले आफूहरू सन्तुष्ट नबनेसम्म खोजी अभियान चलाउने जानकारी दिएका छन्।
“दम्पतिलाई पैह्रोले घरसँगै पुरेको हुनसक्छ। यसकारण प्रारम्भिक चरणमा पैह्रोले पुरेको घरको अंश फेला पार्नु आवश्यक छ। घरको अंश भेटेपछि मात्र खोजी कार्य तिब्र रूपले अघि बढ्नेछ” एनडीआरएफका जवानले भने। उनले उक्त खोजी अभियानका निम्ति स्थानीय गाउँलेहरूले पनि भरपूर सहयोग गरिरहेको बताएका छन्।
0 Response to "पैह्रोमा निखोज बनेकाहरू खोजी गर्न ओर्लियो एनडीआरएफ सँगै सेना"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.