-->
भोटाङ्को फायरब्रिगेडको सहायताले जयगाँउमा आगो निभाउन सफल

भोटाङ्को फायरब्रिगेडको सहायताले जयगाँउमा आगो निभाउन सफल

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 28 जुलाई । गत सोमबार राती लगभग 9 बजे तिर भारत भोटाङ् सिमा क्षेत्रको सुपर मार्केटको एउटा जुत्ता दोकानमा भयानक आगो लागेको थियो। उक्त आगो कसरी लाग्यो त्यो ठिक रुपमा पत्तो लागेको छैन तर रातीको समयमा सट सर्किट भएर अचानक बसन्त स्टोरमा आगो लागेको थियो। 
आगोको कारण अनुमानिक 12 लाखको नोक्सान भएको बताइएकोछ । उक्त आगोले उग्र रुप लिन अघि जयगाँउ थानालाई सुचित गरेको थियो भने स्थानिय नगिच कुनैपनि फायर ब्रिगेट् केन्द्र नभएको कारण जयगाँउको छिमेकमा रहेको भोटाङको फुन्छोलिङ शहरको फायर ब्रिगेडको दुइवटा वाहनमा आग्नि शमन विभागका कर्मीहरुले आगोलाई काबुमा पार्न र अझ फैलन देखि रोक्नसकेको थियो । जयगाँउ थाना सुत्रले दिएको जानकारी अनूसार उक्त आगो कसरि लाग्यो भनि खोज तलास भैरहेको छ ।

0 Response to "भोटाङ्को फायरब्रिगेडको सहायताले जयगाँउमा आगो निभाउन सफल "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.