-->
पाचँ शहिदको सपना पाँचौ बर्षमा पनि अपूर्ण

पाचँ शहिदको सपना पाँचौ बर्षमा पनि अपूर्ण

राजेश शर्मा, कालिमन्युज, जयगाउ, 18 जुलाई 2015; सन् 1986मा स्व सुबाष घिसिङले गोर्खा राष्ट्रीय मुक्ती मोर्चाको पार्टीको नाउमा आरम्भ गरेको गोर्खाल्याण्ड राज्यको माग आज पनि केवल माग मात्रै बनेकोछ। हरेक गोर्खाको मुखमा जय गोर्खा- जय गोर्खाल्याण्डको नारा झुण्ड्याउन सफल बनेको एउटा नया आन्दोलनले अन्तमा 1200 शहिदको रगतले 22 अगस्त 1988 मा दार्जीलिङ गोर्खा पार्वतीय परिषद गठन गराएको थियो । यसलाई सफल असफल जे नै भने पनि दार्जीलिङ पहाड्को तिन महकुमा लिएर लगभग 22 बर्ष सम्म स्व सुभास घिसिङले शांसन गरे ।
2007 को 7 अक्टोबरमा बिमल गुरुङको अगुवाईमा गोर्खा जनमुक्ती मोर्चा पार्टीको गठन गर्दै पुन जय गोर्खा- जय गोर्खाल्याण्डाको नारा गुन्जाएर घिसिङ्ले आछु आछु पारेको त्यही बामफ्रण्ट सरकारको निन्द्रा पुन भंग गर्यो।
अघिल्लो आन्दोलन हिंसात्मक थियो भने यस चोटिको आन्दोलन बिमल गुरुङले गान्धीवादी पध्दतिमा महात्मा गान्धीको फोटोको पुजा अर्चना गरि अहिंसात्मक रुपमा हो भन्ने नै किटेर चलायो। कतिसम्म यो आन्दोलन अहिंसात्मक थियो त्यो त यस आन्दोलनको कालभित्र कति हिंसात्मक काम भयो भन्ने रेकर्ड्लेनै बताउछ तर सबैले सधै त्राही त्राही भएर जिउनु पर्ने समय भने एकै दिन पनि आएन भएन पनि। अघिल्लो पाली माकपा समर्थकहरुलाई पहाड्बाट् विस्थापित गरे झै यो पालीको आन्दोलनले पनि घिसिङ लगायत गोरामुमो नेताहरुलाई पहाड़देखी लखेट्ने काम भयो।
डुवर्समा यस चोटि पनि आन्दोलन पहाडदेखि फैलिन्दै गयो तर बंगाल सरकारले पहिलेको आन्दोलनमा झै डुवर्समा उति रोक्न सफल् भएन। 25 जुलाई 2008को दिन दार्जीलिङ्मा प्रमिला शर्मादेखि शुरु हुदै यो आन्दोलनकालमा पनि धेरै मरे मारिए शहिद बने। 

यता डुवर्समा केन्द्रित हुदै गएको यो आन्दोलन कालमा 07 फरवरी 2009 डुवर्सका थालझोड़ा चिया कमान नगरकट्टाका अकबर लामा पनि शहिद भए।
पहाड़देखी सुनकोस सम्मको पदयात्रा गर्दै हिडेको बिमल गुरुहको समूहलाई बंगाल सरकारले डुवर्स पस्न नदिए पछि सिब्चुमानै डेरा डालेर त्यही प्रदर्शन गरिरहेका गोर्खा जनमुक्ति मोर्चाका समर्थकहरुलाई पुलिसले गोलि चलाउदा 8 फरवरी 2011को दिन बिमला राई, बिक्की लामा अनि निता खवास शहिद भए। गोर्खाल्याण्डको सपना बोकेर आएकाहरु यसरी आन्दोलन गर्दा गर्दै शहिद भए ।
आन्दोलनले बंगाल सरकारको निन्द्रा उड़ाएको थियो तर यसैबीच 21 मई 2010 को दिन अभागोलीको नेता मदन तामंगको हत्याले आन्दोलनमा वाधा ल्यायो । गोजमुमो यस हत्या काण्ड्मा संग्लन रहेको अनि अन्य कुरोहरुले आन्दोलनमा उतार चडाउ र सिथिलता ल्यायो। त्यसपछि बंगालमा विधान सभा चुनाउँमा बामफण्ट सरकार् परिवर्तन भएर ममता ब्यानर्जीको नेत्रृत्वमा तृणमूल सरकार गठन भयो ।
यसै बीच ममताको सरकारको कुट्नीती अनुसार गोजमुमोले प्रत्यक्ष अप्रत्यक्ष दबावको सामना गर्नुपर्यो। अनि अनेक प्रस्तावना र सुझाउ संगै पहाड़मा गोर्खाल्याण्डको आन्दोलनले बिराम पायो । यसरी कलकत्तामा पहिलो दुई दिने बैठक भएर गोर्खाल्याण्डको मांगलाई पर सारेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको नाममा गोजमुमोले 18 जुलाई 2011को दिन सिलगुड़ीको पिन्टेल भिलेजमा केन्द्र सरकार, राज्य सरकार अनि गोर्खा जनमुक्ती मोर्चाको माझ त्रिपक्षिय समझौता गरी तिनवटा पहाड़ नै लिएर गोर्खाल्याण्ड् क्षेत्रीय प्रशासन गठन गरि डुवर्सलाई 1986मा झै पुन छोडेको कथा दोहोरियो।
सम्झौताको समय पिन्टेल भिलेजमा मुख्य मंत्री ममता ब्यानर्जीले बंगभंग हुदैन भनेर हस्ताक्षर गर्दाँ त्यहा उपस्थित गोर्खा जनमुक्ति मोर्चा नेत्रृत्व र समर्थकहरुले बुझेर हो वा नबुझेर् हास्दै ताली मारेको अब 4 बर्ष पुगेर पाँच टेक्न लाग्यो । यता बिमल गुरुङ्ले गोर्खाल्याण्ड्को रटलाई छोडेका छैनन अनि यही कुरो उनले डुवर्समा पनि आएर दोहोर्याउदैछन अनि कर्कलोको पानी झै जनता घरि पोखिन्छन घरि पुन भरिन्छन। बिमल गुरुङले डुवर्स उनको मुटू हो भनेर आवहान गरे पछि बिलाइसकेको गोजमुमो पुन एक्चोटि डुवर्समा बिलाउन देखी बाचेकोछ ।
डुवर्समा गोजमुमोले निर्दलीयको रुपमा पञ्चायत चुनाँउ लडेर विजय हासिल गरेता पनि तृणमूलसंग गठबन्धन गरि पञ्चायत बोर्ड् गठन गरेर काम गरिरहेकोछ। एकातिर ममता सरकारसंग गोजमुमोको मेल हुनु र सम्बन्ध बिग्रिनु परालको आगो जस्तै भएकोछ भने डुवर्सको यो मिलाप एउटा अचम्भको परिस्थिति मान्न सकिन्छ ।
डुवर्सका जनता अझै पनि वाध्यतामा छन , के उनिहरुले यी वाध्यताहरुबाट मुक्ति पाउलान ता ? के अझै भोट्को बजारमा किन बेच गरिने आलु र रमभेडा मात्रै भएका हुन त ? या साच्चिनै यसपाली त हामी पनि पुन नछोडिनेनै भयौ भन्ने आश्वासनको सपना साकार हुनेछ सो 2016को चुनावको परिणामले नै बताउला।

0 Response to "पाचँ शहिदको सपना पाँचौ बर्षमा पनि अपूर्ण"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.