कोलाखाम क्षेत्रमा बिद्युत सर्वारह अझै
डी के वाइबा, कालिमन्युज, कालेबुङ १७ जुलाई। पैह्रोले बेहाल बनाएको कोलाखाम क्षेत्रमा बिजुली वत्ती सर्वराह अझसम्म हुन नसकेको जीटीए उपप्रमुख कर्णल रमेश आलेले बताएका छन्। उनी आज उक्त ठाउँहरूको भ्रमणमा पुगेको जानकारी गराउदै विभागले झट्ट बिद्युत सर्वारह गर्नुपर्ने बताए। यसबारे आफुले जिल्लापाललाई जानकारी गराएको बताउदै पह्रोले क्षेत्रको अवस्था सोचनिय बनाएको जानकारी दिए।
जीटीए प्रमुख बिमल गुरुङको निर्देशनमा आफू उक्त ठाउँहरूको भ्रमणमा पुगेको बताउदै पैह्रोको चपेटमा परेर निखोज बनेकाहरूको अझसम्म उद्धार नभएको बताए। स्थानीय गाउँलेहरुको सहयोगमा एनडीआरएफ अनि सेनाले खोजी अभियान चलाए पनि वेपत्ता बनेकाहरू अहिलेसम्म उद्धार नहुदा हाल खोजी कार्य स्थगित गरिएको पनि तिनले बताएका छन।
आफ्नो भ्रमण अवधी पैह्रोले निखोज बनेका आफन्तहरुसग भेटघाट गरेर आफूहरुले पूर्ण सहयोग गर्ने आस्वासन दिएको पनि आलेले बताए। यसैक्रममा उनले आज कोलाखाम संगै लेबाङ आदि स्थानहरूको भ्रमण गरेर राहत शिविरमा बस्ने पीडितहरूलाई भेटेर वर्तमान स्थिती र स्वास्थ्यबारे जानकारी लिएको बताएका छन। हाल कोलाखाम क्षेत्रका धेरै गाउँलेहरूले राहत शिविरमा दिन काटीरहेको बताउँदै अझ पानी ठूलो परे स्थिती बिकट हुने तिनले दाबी गरे। यसवर्षको पैह्रो १९६८ को भन्दा अझ भयावह रहेको बताउँदै पीडितहरूलाई राहत पुर्याउने कार्य सुचारु रहेको पनि कर्णल आलेले बताएका छन।

0 Response to "कोलाखाम क्षेत्रमा बिद्युत सर्वारह अझै"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.