-->
राष्ट्रिय राजमार्ग पूर्ण रुपले खुल्ला

राष्ट्रिय राजमार्ग पूर्ण रुपले खुल्ला

डी के वाइबा, कालिमन्युज, कालेबुङ १२ जुलाई। पैह्रो र वर्षाको कारण धेरै दिनदेखि घरि घरि बन्द हुदै खोल्दै गरेको राष्ट्रिय राजमार्ग १० आज भने पूर्ण रुपले खुल्ला रह्यो। तर सानो बाटो मात्रै खोलेर वाहन हरु चलाचल योग्य बनाइएता पनि साघुरो भएकोले यात्रा भने सधै झै स्वभाविक हुन सकेको छैन। हिज राती र आज दिनभरि वर्षा नभएकोले चलाचलमा वाधा आएन। 
गत दुइ हप्ताहदेखि विभिन्न ठाउमा आइरहने पैह्रो मध्ये कुनैलाई सफा गर्न सक्षम भएता पनि अर्को पैह्रोको कारणले यो मार्ग पूर्ण तय खुल्ला हुन सकेको थिएन। तरै पनि लामो बाटो लाभा या त लाठपंचर या त खर्साङ्को घुमौरो र लामो बाटो हिड्दा हिड्दा वाक्कै भएर राजमार्ग अहिले खोलिएला भरै खोलिएला भन्ने आशामा लाम लागेर बसेका वाहनहरुले गत बिहीबार भने धेरै दुख भोग्नु परेको थियो।
२७ माइलमा एनएचपीसी गेट छेउमा अस्तिदेखि घरि घरि बालुवा आदि बगाएर नाघ्नै नसक्ने अल्गो पहाड बनाएको थियो । त्यसलाई अलि अलि सफा गर्दै यातायात व्यवस्थालाई खुल्ला राखिने प्रबन्ध गरिएता पनि यो पूर्ण रुपमा सफा भने भएको थिएन। बिहीबार मध्य रात सफा गरेर मार्ग शुक्रबार खोलिएता पनि गत शुक्रबार राति र शनिबार बिहान आएको वर्षाले शनिबार बिहान सबै आवत जावत पूर्ण तय बन्द भएको थियो।
शुक्रबार रातभरी परेको अविरल वर्षाले राष्ट्रिय राजमार्ग १० अन्तर्गत २७ माइलमा माथीबाट पैह्रो झर्दा सम्पूर्ण यातायात सेवा ठप्प बनेको थियो। उक्त बाटो बन्द भएको कारण आज राजमार्गमा वाहनहरूको अत्याधिक जाम लागेको थियो । 
पानी परिरहेको समय माथीबाट हिलो माटो बगेर सडकमा थुप्रेको अवस्थामा दुईवटा वाहन परेपछि वाहनलाई पैह्रोले पुरेको थियो। वाहनलाई पैह्रोले पुरे पनि कसैको ज्यान भने गएन। उक्त पैह्रो शुक्रबार राती लगभग ८ बजे गएपछी सम्पूर्ण यातायात बन्द बनेको थियो। जसको कारण एकाधिक वाहनहरू रातभरि सडकमा नै बस्न परेको थियो। यता सेती झोडाको पैर्हो सफा गरेर एक लाइन वाहन हरु कुद्न योग्यको बनाइएता पनि सबैजना उकालो ढुंगा पैर्हो झरे नझरेको हेर्दै जोखिम सरी कुद्न वाध्य भएका छन।
Photo Courtesy: Sikkim Sikkim Sikkim
तर हिजो राती र आज दिनभरी नै वर्षा नभएकोले सबैले राहतको श्वास फेर्न सके पनि मौसम विभगको सुचना अनुसार वर्षाको प्रबल सम्भावना भएकोले फेरि वैकल्पिक मार्गबाट नै यात्रा गर्न चालकहरुले सजिलो यात्रा ठानेका छन।

Related Posts

0 Response to "राष्ट्रिय राजमार्ग पूर्ण रुपले खुल्ला "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.