-->
कालेबुङमा पैह्रोको चपेटमा परेर पाँचजनाको मृत्यु दुई वेपत्ता

कालेबुङमा पैह्रोको चपेटमा परेर पाँचजनाको मृत्यु दुई वेपत्ता

डी.के.वाइबा, कालिमन्युज, कालेबङ 1 जुलाई। रातभरी परेको अविरल वर्षाले कालेबुङ महकुमा क्षेत्रका विभिन्न स्थानहरूमा व्यापक क्षति पुर्‍याएको छ भने पैह्रोको चपेटमा परेर कालेबुङ क्षेत्रमा मोठ 7 जना मानिसहरूले ज्यान गुमाएका छन जसमध्ये 2 जना निखोज बनेको छ। 
मंगलबार साँझ देखि लगातार रूपले परेको वर्षाको कारण यहाँको आठ माइल युनिभर्सल नर्सरी नजिक खल खलेमा पैह्रो जाँदा एउटा घर बगाएर लगेको छ भने घरभित्र सुतिरहेका रमेश राई (पिता), कुसुम राई (आमा) निखोज बनेका छन् भने 9 वर्षीय छोरा अमृत राईको मृतदेह घटनास्थलबाट उद्धार गरिएको छ। उक्त पैह्रोको चपेटमा परेर अर्का 12 वर्षीय छोरा विवेक राई भने भाग्यले बाँचेका छन्। तिनको हात, टाउको अनि शरिरको विभिन्न भागहरूमा चोट लागेको छ। हाल उनलाई यहाँको महकुमा अस्तपालमा भर्ना गरिएको छ भने तिनको स्वास्थ्य सामान्य रहेको थाह लागेको छ।
उक्त घटना राती लगभग साँढे बाह्र बजेतिर भएको पैह्रोको चपेटमा परेर भाग्यले बाँचेका विवेक राईले बताएका छन्। राती सुतीरहेको समयमा अचानक माथीबाट सोह्रोरिएर पैह्रोले घरलाई हिर्काए पछि तिनले आफ्नो नजिकै आफ्नो भाइलाई हिलोमा पुरिएको देखेपछि बचाउने प्रयास समेत गरेका थिए। यस समय पैह्रोले तिनका पिता अनि आमालाई लगिसकेको थियो अनि आफ्नो भाइलाई बचाउने प्रयास गर्दा गर्दै अझ माथीबाट पैह्रो आएपछि भने उनी आफ्नो ज्यान बचाएर नजिकै रहेको आफ्नो बडाको घरमा आइपुगेको दिदी सोना राईले बताइन्।
“हामी राती सुतीरहेका थियौँ। अधिक पानी परिरहेको समय भाइले बाहिरबाट अत्तालिन्दै बोलाएर पैह्रोले आमा, बाबा अनि भाइलाई बगाएको बताए। त्यसपछी हामी त्यस स्थानमा जाँदा घरको कुनै नाउ निशान थिएन” पिडीत विवेक राईकी दिदी (बडाकी छोरी) ले जानकारी दिइन्। पैह्रोले सम्पूर्ण घर नै बगाएको चारैतिर हल्ला फैलिए पछि स्थानीय ग्रामवासीहरू घटना स्थलमा बिहान देखि नै भेला भएर उद्धार कार्यमा जुटेका थिए भने घटना स्थलमा कालेबुङ पुलिस अनि अग्नि समन विभागका कर्मीहरू पुगेर उद्धार कार्यमा जुटेका थिए।
सोही क्रममा उद्धार टोलीले घटना स्थलबाट पुरिएको अवस्थामा अमृत राई (9) को मृतदेहलाई उद्धार गरेको थियो। घटना स्थलबाट अमृत राईको मृतदेह उद्धार गरे पनि तिनका बाबा अनि आमाको मृतदेह भने अझसम्म उद्धार गर्न सकेको छैन। उद्धार टोलीले उनीहरूको मृतदेह खोज्ने कार्य जारी राखे पनि अझसम्म कुनै पत्तो लाग्न सकेको छैन।
पेशाले कृषक रहेका रमेश राई अनि कुसुम राईकी मृत छोरा अमृत राई यहाँको सेन्ट आग्णेष पाठशालामा चौथो कक्षामा अध्ययनरत रहेका थिए भने पैह्रोको चपेटमा परेर भाग्यले बाँचेका विवेक राई भने यहाँको कुमुदिनी विद्याश्रमको छैटौँ कक्षामा अध्ययनरत रहेका छन्।
अर्कोतर्फ यहाँको 11 माइल शहिद पार्क नजिक माथीबाट झरेको पैह्रोले सञ्जय गजमेर (30) अनि तिनकी पत्नि प्रिया सार्की (25) को घटना स्थलमा नै मृत्यु भएको छ। पेशाले मिस्त्री रहेका सञ्जय गजमेर अनि प्रिया सार्कीले गत वर्ष मात्र प्रेम विवाह गरेका थिए भने यहाँको सहिद पार्क नजिक आफ्नो घर बनाएर दुवै बस्दै आइरहेका थिए। नाट्य कलाकारको रूपमा परिचित सञ्जय गजमेर अनि प्रिय सार्कीको घरलाई पैह्रोले पुरेको स्थानीय मानिसहरूले राती 2 बजेतिर थाह पाएका थिए। स्थानीय मानिसहरूले घटनाबारे थाह पाए पछि उद्धार कार्यमा जुटेर दुवैको मृतदेहलाई घटना स्थलबाट उद्धार गरेको छ।
सोहीक्रममा अलगडा खण्ड अन्तर्गत पैयुँ ग्राम पञ्चायत अधिनस्थ पश्चिम पैयुँ वस्ती निवासी जयप्रकाश राई (60) को घरमाथीबाट लडेको रूखले घरलाई थिच्दा उनको पनि घटना स्थलमा नै मृत्यु भएको छ। अविरल पानी परिरहेको समयमा अचानक राती घरमाथी रहेको पैयुँको रूख पैह्रो गएर ढलेपछि उक्त रूख सोझै जयप्रकाश राईको घरमा बजारिन पुगेको थियो। उक्त रूख घरभित्र बजारिए पछि घरभित्र सुतिरहेको जयप्रकाश राईको घटना स्थलमा नै मृत्यु भएको उनका भाइ पुरण राईले जानकारी दिएका छन्।
अर्कोतर्फ लाभा मानेडाँडा निवासी डाडोमा शेर्पा (14) को पनि पैह्रोको चपेटमा परेर मृत्यु भएको छ। लाभा उच्च माध्यमिक विद्यालयको नवौँ कक्षामा अध्यरत डाडोमा शेर्पा फुफुको घरमा बस्दै आइरहेकी थिइन्। राती अचानक माथीबाट पैह्रो आएपछि घरमा रहेका सबै भाग्दा डाडोमा शेर्पालाई पैह्रोले पुरेको थियो। सोही समय उनको घटना स्थलमा नै मृत्यु भएको थाह लागेको छ। यता अविरल वर्षाको कारण पैह्रोको चपेटमा परेर लाभा चार माइल निवासी कम छेकी शेर्पा (80) गम्भिर रूपले घाइते बनेका छन् भने उनलाई यहाँको महकुमा अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ।
राती आएको पैह्रोले घरसँगै सोह्रेर सुतीरहेको अवस्थामा आफ्ना पति पपु शेर्पासँगै उनलाई बगाएको थियो। उक्त घटनाबारे परिवार पक्षले थाह पाए पछि स्थानीय मानिसहरूको सहयोगमा तत्काल उद्धार गर्न सफल बनेको थियो। पैहोको चपेटमा परेर उनको शरीरको विभिन्न भागहरू अनि टाउको चोट लागेको छ। उक्त घटनाबारे तिनका नातीले जानकारी दिएका छन्।
यसैक्रममा यहँको तोपखाना चिसोपानी निवासी दिलमाया (55) छेत्रीलाई पनि माथीबाट आएको पैह्रोले घरलाई हिर्काए पछि गम्भीर घाइते बनेका छन्। पैह्रोको चपेटमा परेर घाइते बनेकी छेत्रीलाई स्थानीय मानिसहरूको सहयोगमा उद्धार गरेर यहाँको महकुमा अस्पतालमा भर्ना गरिएको छ भने यसबारे पिडीत दिलमाया छेत्रीले पैह्रोको समय आफूहरू सुतीरहेको अनि यसैबेला पैहो आएर घरभित्र पसेको जानकारी गराइन्।

Related Posts

1 Response to "कालेबुङमा पैह्रोको चपेटमा परेर पाँचजनाको मृत्यु दुई वेपत्ता"

  1. We need drainage system for every household and planting of more trees. Sad for the ones who lost loved ones.

    ReplyDelete

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.