-->
 प्राथमिकी दर्ता गरेको महिनौँ बितिसक्दा पनि चिटफण्ड कम्पनीका सिनियरहरू पक्राउ नपरेको आरोप

प्राथमिकी दर्ता गरेको महिनौँ बितिसक्दा पनि चिटफण्ड कम्पनीका सिनियरहरू पक्राउ नपरेको आरोप

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 19 जून। कालेबुङमा सञ्चालित विभिन्न चिटफण्ड कम्पनीका सिनियर एजेन्टरहरूको विरूद्धमा प्राथमिकी दर्ता भएको महिनौँ बितिसक्दा समेत पनि आरोपीहरू पक्राउ पर्ने नसकेको आरोप छ। पुलिसले आजसम्म आरोपीहरूलाई पक्राउ नगरेपछि आज हिल इन्भेस्टर्स एण्ड एजेन्ट वेलफेयर एशोसिएसनले कालेबुङ महकुमा अधिकारी कार्यालयअघि धर्ना प्रद्शन गर्दै आरोपीहरूलाई यथीशीघ्र पक्राउ गर्नुपर्ने माग गरेको छ।
एशोसिएसनले आज पुलिसी कार्यावहीप्रति असन्तुष्टि व्यक्त गर्दै महकुमा अधिकारी के. राधिका अध्ययरलाई ज्ञापन-पत्र चढाएको छ। एशोसिएसनका संयोजक ललिता राईद्वारा हस्ताक्षरित ज्ञापन-पत्रका एफआईएर गरेका आरोपीहरूको नाममा कालेबुङ न्यायालमा मामिला चलिरहेको भएपनि आजसम्म ती आरोपीहरूलाई पक्राउ गर्ने दिशमा कुनै पहल नभएको बताइएको छ।
एशोसिएसनको पक्षमा माकपा नेता तारा सुन्दासले भने अनुसार लगानीकर्ताहरूले 19 जुलाई 2014 कै दिन पाँचजना सिनियरहरूविरूद्ध प्राथमिकी दर्ता गरेका थिए। यसपछि पुनः बितेको दिसम्बर महिनामा अन्य अन्य सिनिनियर एजेन्टहरूविरूद्ध प्राथमिकी दर्ता गरिएको छ। यद्यपि आजसम्म पुलिसले प्राथमिकीमा उल्लेखित आरोपीहरूलाई पक्राउ नगरेको सुन्दासले आरोप लगाएका छन्। 
उनले भने, प्राथमिकी दर्ता गरेको महिनौँ बितिसक्दा पनि पुलिसले कार्यवाही गरेको छैन। यसैले हामी अब न्यायको माग गर्दै जिल्ला न्यायाधिशसित भेट गर्नेछौँ। गरीब जनातालो लाखौँ रुपियाँ डुबेको छ, उनीहरूले न्याय पाउनुपर्छ।
यसअवधि सुन्दासले शारदा घोटालामा मुख्य निर्देशकसितै अन्य सिनियरहरू पक्राउ गर्नसक्दा पहाडका सिनियरविरूद्ध कार्यावाही हुननसक्नु दुर्भाग्यजनक रहेको बताए। उनले अझ जनाएअनुसार पहाडमा सञ्चालित चिट फण्ड कम्पनीहरूले गरीब जनताको करोडौँ रुपियाँ लुटेको छ। मानिसहरूलाई उक्साएर पैसा हाल्न लगाउने ती एजेन्टहरूविरूद्ध कार्यवाही हुन जरूरी रहेको सुन्दासले बताए। अहिले ती एजेन्टहरू कालेबुङदेखि भागेको आरोप लगाउँदै सुन्दासले उनीहरूलाई पुलिसले खोजी निकाल्नुपर्ने माग गरेको छन्।
मानिसहरूको पैसा लुट्ने कम्पनीका एजेन्टहरूविरूद्ध कानुनी कार्यवाही गरे फेरिफेरि पहाडका जनता ठगिनबाट बाँच्ने सुन्दासको सुझाउ छ।

Related Posts

0 Response to " प्राथमिकी दर्ता गरेको महिनौँ बितिसक्दा पनि चिटफण्ड कम्पनीका सिनियरहरू पक्राउ नपरेको आरोप"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.