-->
भारत भूटान सिमा क्षेत्रमा तृणमूल सरकारको बिरोधमा सभा अनि जुलूस

भारत भूटान सिमा क्षेत्रमा तृणमूल सरकारको बिरोधमा सभा अनि जुलूस


जयगाँउ दुई ग्रामप़ञ्चायत सदस्य गोजमुमोका फुर्बा लामाले तृणमूल कांग्रेसले कोल्टे निति अपनाएको बताउदै भने सरकार पक्षदेखी 3 अनि 9 तारीखको दिन जयगाँउको धेरै जमिन सरकारले ओगटन अकुपाइ गर्यो साथै यस सरकारले एका तिर जनताको पक्षबाट गरिब जन्तालाई पट्टा दिने घोषणा गरिरहेकोछ भने अर्को तिर जयगाउँमा हस्ताक्षर क्याम्पेन गरिरहेको छ।
यस अवसरमा रोहित थापाले भने कि भाजपा अनि गोजमुमो तृणमूल पार्टीको बिरोधमा उत्रिएको छ गोजमुमो पार्टीको भोट्ले जिताएर विधायक बनाएको हो विलसन चम्प्रमारीलाई । अब जनताले सोचनु पर्छ 2016 को चुनाउमा तृणमूलको घिनलाग्दो राजनैतिक जालमा पर्नु हुदैन । बंगालमा बामफ्रन्ट् सरकारले 34 साल अनि तृणमूल सरकारले यस गरिब सरकारले 4 बर्ष थप्पड़ लगाएको छ अनि 2016 मा यस थप्पड़को जवाब गंणतंत्र देशमा ब्यालोटले दिनू पर्छ भनि जनतालाई तिनले आवहान गरे ।
सभामा भारतीय जनता पार्टीको तर्फबाट अलिपूरद्वार जिल्ली अध्यक्ष गुनूधर दासले बताए कि तृणमूल सरकारले जनताको पसिना चुसेर पार्टी चलाएको र अंतर्राष्ट्रिय सिमा क्षेत्रलाई बिकाशको मार्गदेखी टाडो लाने कुटनिति गरेको कारन यसको बिरोधमा जनताले अब चुपोलागेर बस्न समय छैन र आन्दोलन गरि 2016 मा उखालेर गंगा नदिमा बगाइ दिनू पर्छ। तिनले भने अहिले यसक्षेत्रको जनतालाई षड़यंत्रको शिकार बनाइरहेको छ । उनिहरुको आफ्नै विधायक छ आफ्नै प्रधान,पञ्चायत समिति, चेयरमेन छ् भने उनिहरुको सत्ता रहदा रहदै पनि किन आफै बाटोमा बसेर आन्दोलन गर्नु आवस्यक् पर्यो त भनि प्रश्न तेर्साउदै दासले भने कि यो जन्तालाई गुमराह गर्ने प्रयास मात्र हो ।
अर्का वक्ता भाजपा अलिपूरद्वारको उपाध्यक्ष गंगा शर्माले भने भारत एउटा लोकतंत्र देश हो भने अहिले बंगालमा मात्रै लोकतंत्रको बिरोध चलिरहेको छ यो राजनैतिक गलत काम भइरहेको छ । तृणमूलको नेता अविसेक बेनर्जीले दिएको बक्तब्यलाई दोहराउदै तिनले भने कि कसैले आखा देखायो भने आखा निकाली दिन्छु अनि हात देखायो भने हात काटी दिन्छु भनि बक्तब्य दिएको छ भने यस्तो पार्टीलाई कसरी भरोसा गर्ने भनि प्रश्न राखे। चिया बगानको मजदुरहरुको जमिन लुटने काम बंगाल सरकारले गरिरहेको छ यसैले अब आउदो चुनावमा भोट कसलाई दिनू पर्ने भनि राम्ररी सोचेर बिचारेर् मात्रैहाभोट दिनुपर्छ भनि चताना सभामा बताए ।
गोजमुमोका कोअर्डिनेटर आनन्द विश्वकर्मले सम्बोधनको क्रममा भने कि फश्चिम बंगाल सरकारले गरिब जनताको जमिन लुटने अनि गरिब खुन अनि पसिना चुस्ने काम गरिरहेको छ जनताको हितमा काम गरि रहेको छैन जयगाँउ अथोरोटीको चेयरमेन विलसन चम्प्रमारीकै कारण गरिबको जमिन खोस्ने काम भइ रहेको अरोप लगाए । विधायकको पदमा रहेर गरिबको हितको काम गर्नुको साटो डिएमलाई पो गाली गरी गरेर आफ्नो अवकात् देखाई दिएको टिप्पणी तिनले गरे । सभाको सभाध्यक्षता बि खवासले गरेका थिए भने संचालन कृपा संकर जयसवालले गरेका थिए तथा सभामा भाजपाका बिजय अग्रवाल, गोजमुमोका नारी मोर्चा केन्द्रिय कमिटि सदस्य सकिला लामा, अनुप दत्त, असोक बेनर्जी अनि भाजपा अनि गोजमुमोका समर्थकको उपस्थित थिए।

Related Posts

0 Response to "भारत भूटान सिमा क्षेत्रमा तृणमूल सरकारको बिरोधमा सभा अनि जुलूस"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.