-->
सिक्किमका युवाको शव नोकडाँडाबाट उद्दार

सिक्किमका युवाको शव नोकडाँडाबाट उद्दार

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 3 मई 2015| कालेबुङ महकुमा अन्तर्गत नोकडाँडा, गैरीगाउँको जङ्गलबाट सिक्किमको एक युवाको शव पुलिसले उद्दार गरेको छ। 
मङ्गलबार बिहान घाँस काट्न गएका स्थानीय मानिसहरूले जङ्गलमा एउटा शव देखेपछि पुसिललाई सूचित गरेका हुन्। घटनाको खबर पाएपछि कालेबुङ पुलिसको एउटा जाँच दलले घटनास्थलमा पुगेर शव उद्दार गरेको छ। 
मृतक युवकबाट आधार कार्ड फेला पारेको छ जसद्वारा मृतक युवा कृष्ण बहादुर छेत्री (23) तिब्बत रोर्ड, एम डब्ल्यू, चिल्ड्रन पार्क, होटल गीताञ्जली गान्तोक निवासीको रूपमा चिन्हित भएको छ। 
कालेबुङको पुलिसले मृतक युवकको सम्बन्धमा सिक्किम पुलिसलाई सूचित गरेको छ। शव पोष्टमर्टमका निम्ति कालेबुङ महकुमा अस्पतालको डेड हाउसमा राखिएको छ।

0 Response to "सिक्किमका युवाको शव नोकडाँडाबाट उद्दार"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.