-->
पर्यटन विकासमा पूर्वाधारहरूको अभाव डेलोको ब्याट्री कार 15 दिनदेखि बन्द

पर्यटन विकासमा पूर्वाधारहरूको अभाव डेलोको ब्याट्री कार 15 दिनदेखि बन्द

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 3 मई 2015| दार्जीलिङ पहाडको एक प्रमुख आयस्रोतको रूपमा स्थापित पर्यटन व्यवसाय पूर्वाधारहरूको अभावको कारण विकसित हुन सकिरहेको छैन। गत मार्च महनादेखि जुन महिनाको अन्तसम्म पहाडमा पर्यटकीय मौसम अनुकूल रहेको कारण कालेबुङमा अहिले पर्यटकहरूको उपस्थिति उत्साहजनक छ। यद्यपि पर्यटन व्यवसाय विकसित गर्नका निम्ति विभागीय पहल निराशजनक छ। जसको प्रत्यक्ष उदाहरण डेलो टुरिस्ट लजमा देख्न सकिन्छ। 
किनभने पर्यटकहरूलाई थप आकर्षित गराउने उद्देश्यले विभागले डेलो टुरिस्ट लज परिरसमा गल्फ गेम एवं ब्याट्री कार शुरू गरेको थियो। तर विभागले कार सञ्चालनमा ल्याएको दुई महिना पनि पूर्ण नभइ कार सञ्चालन बन्द भएको छ। सात जनाको क्यापासिटी भएको उक्त कारमा चडेर डेलो प्रवेशद्वारदेखि डेलो टुरिस्ट लज वरिपरि घुम्नसक्ने विभागको योजना थियो। जुन कारमा चढेर अपाङ्ग, बृद्धा, केटाकेटी आदिले लाभ उठाउसक्ने विभागीय योजना रहेको भएपनि आज कार सञ्चालन बन्द भएको 15 दिन पूरा भइसक्दा समेत पनि कार पुनः सञ्चालनमा आउन सकेको छैन। 
एकातिर विभागले डेलोमा पर्यटकहरूलाई थप आकर्षित गराउन कार सञ्चालनमा ल्याएपनि कार सेवालाई निरन्तरता दिनमा असक्षम देखिएको छ। यसबारे डेलो टुरिस्ट लजका व्यवस्थापकको अनुपस्थितिमा एक कर्मचारीले कार पुनः सञ्चालनमा ल्याउनका निम्ति बेङ्गलोरबाट कारिगरहरू ल्याउनुपर्ने भएकाले ढिलाइ भइरहेको बताए। यसका निम्ति पर्यटन विभागका सचिव सोनाम भोटियालाई पनि जानकारी गराइसकेको बताइएको छ। पहाड प्राकृतिक सौन्दर्यले परिपूर्ण रहेको भएपनि यातायात, पिउने पानी लगायतका आवश्यकताहरूमा विभागको ध्यान दिनुपर्ने पर्यटकहरूको भनाइ छ।

0 Response to "पर्यटन विकासमा पूर्वाधारहरूको अभाव डेलोको ब्याट्री कार 15 दिनदेखि बन्द"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.