-->
माकपाद्वारा डीआई फण्ड प्रशासकविरूद्ध प्राथमिकी दर्ता ..... मार्केट कम्पलेक्स बनाएर व्यवसायीहरूलाई उच्छेद गरेको आरोप

माकपाद्वारा डीआई फण्ड प्रशासकविरूद्ध प्राथमिकी दर्ता ..... मार्केट कम्पलेक्स बनाएर व्यवसायीहरूलाई उच्छेद गरेको आरोप

प्रज्ज्वल छेत्री, कालिमन्युज, कालेबुङ, 23 जून। मार्क्सवादी कम्यूनिष्ट पार्टीले आज डीआई फण्ड प्रशासकविरूद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको छ। यहाँको हाटबजारमा मार्केट कम्पलेक्स बनाएर दिर्घ दिनदेखि व्यवसाय गर्दै आइरहेका व्यवसायीहरूलाई उच्छेद गर्ने काम भइरहेको भन्दै दलका आञ्चलिक समितिका सचिव तारा सुन्दासले डीआई फण्ड प्रशासकविरूद्ध प्राथमिकी दर्ता गरेका हुन्।
हाटबजारको प्लट नम्बर 720 अनि 722 मा वर्षौदेखि बुधबार अनि शनीबर हाट लाग्ने गरेको छ। डीआई फण्ड अधिनस्थ रहेको हाटबजार परिसरमा अहिले मार्केट कम्पलेक्स बनाएर स्थानीय व्यवसायीहरूलाई उच्छेद गरी महङ्गो दाममा बेच्ने काम भइरहेको सुन्दासको आरोप छ।
सुन्दासले भने, यदि हामीले लगाएको आरोप झुटो हो भने हामीविरूद्ध काउन्टर मुद्दा दर्ता गरून्। जतिबेलादेखि हाटबजार स्थापना भएको थिएन त्यसै समयदेखि मसिना व्यापार गर्दै आइरहेका व्यवसायीहरूलाई उच्छेद गर्नु न्यायसङ्गत होइन।
सुन्दासले अझ भने अनुसार यस मामिलाई लिएर माकपाले कालेबुङ महकुमा अधिकारीलाई पनि ज्ञापन दिइसकेको हो। फलस्वरूप महकुमा अधिकारीले 14 जुलाई 2007 मा नै डीआई प्रशासकलाई स्पष्टिकरण मागेको भएपनि आजसम्म यस सम्बन्धमा विभागले कुनै प्रत्युत्तर नदिएको सुन्दासको भनाइ छ। यसबाहेक माकपाले यस सम्बन्धमा कालेबुङ नगरपालिकामा आरटीआई पनि गरेको थियो। तर आरटीआईको प्रत्युत्तरमा नगरपालिकाले डीआई फण्ड अनि भूमि सुधार विभागलाई स्पष्टिकरण माग्दै गरेको पत्रचारको प्रलिलिपि मात्र पाएको सुन्दाको भनाइ छ। यसका अतिरिक्त दार्जीलिङ जिल्लापाल अनि जीटीएलाई पनि यसबार अवगत गराएपछि पनि ठोस् पहल नहुँदा अन्तमा माकपाले डीआई फण्ड प्रशासकविरूद्ध प्राथमिकी दर्ता गरेको सुन्दासले बताए।
उनले अझ भने अनुसार डीआई फण्डमा मार्केट कम्पलेस्स बनाएर मानिसहरूलाई सुलभ मूल्यमा प्रदान गर्नुपर्ने हो। सरकारी जमीनमा सरकारले नै बनाएको मार्केट कम्पलेक्स महङ्गो दाममा बिक्री गरेर व्यवसायीहरूलाई उच्छेद गरी सरासर अन्याय रहेको सुन्दासले बताए। गरीब असहाय व्यवसायीहरूलाई एउटै पनि ठाउँ नदिएर धनीहरूलाई अझ धनी बनाउने डीआई फण्ड प्रशासकको नीतिको माकपाले डटेक विरोध गर्नेसुन्दासले बताए।

Related Posts

0 Response to "माकपाद्वारा डीआई फण्ड प्रशासकविरूद्ध प्राथमिकी दर्ता ..... मार्केट कम्पलेक्स बनाएर व्यवसायीहरूलाई उच्छेद गरेको आरोप"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.