
राज्यको हस्तक्षेप गर्दा समस्या सृजना भएको हो – डा हर्कबहादुर छेत्री
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 7 मई। लेप्चा प्यारा शिक्षकवर्गको समस्याबारे आखिरमा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले आज मुख खोलेका छन्। पश्चिम बङ्गालको शिक्षा विभागले केही महिना अघि नै मोठ 46 जना लेप्चा प्यारा शिक्षकवर्गलाई नियुक्ति पत्र दिए पनि उनीहरूले आजसम्म आफ्नो कार्यमा जोइन गर्न पाएका छैनन्। यसै समस्यालाई समाधान गर्ने मागमा नियुक्ति पाएका लेप्चा प्यारा शिक्षकवर्गले दैनिक धर्ना गरिरहेको भए पनि विधायक डा. हर्कबहादुर छेत्रीले भने यसबारे कुनै बयान दिएका थिएनन्।
विधायक छेत्रीको मौनताबारे यता हिल तृणमूल कङ्ग्रेसले प्रश्न गर्दै जनप्रतिनिधीको मौनता ठिक होइन भनिरहेको थियो। यसै सन्दर्भमा आज गोजमुमो प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीलाई प्रश्न गर्दा समस्याको गाँठो माथिल्लो स्तरमा परेको बताएका छन्। “लेप्चा प्यारा शिक्षकहरूको ठाउँमा लेप्चाहरूले नै नियुक्ति पाउँछ अथवा पाउनुपर्छ। यसमा गोजमुमो पार्टीको कुनै विरोधिता छैन अनि रहनेछैन। तर पनि यहाँ तक्निकी समस्या भएको छ। एकापट्टी बीसीडब्ल्यु हस्तान्तरण गरिएको विभाग हो। हस्तान्तरण गरिएको विभाग भएको कारण यसको अन्तरवार्ता जीटीएले लिनुपर्ने थियो। यहाँ यो पद्धती ठिक भएन भन्ने कुराको विरोध हो” डा हर्कबहादुर छेत्रीले भने।
सरकारले जीटीएको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको कारण यहाँ विरोध भएको स्पष्ट पार्दै नियुक्ति लेप्चाहरूले पाउनुपर्छ तर नियुक्ति प्रक्रिया भने नियम अनुसार हुनपर्छ भने। यदि राज्य सरकारले विभाग हस्तान्तरण नगरेको भए यसमा प्रश्न उठाउने कसैको अधिकार नहुने पनि उनले स्पष्ट पारे।
“यहाँ गाठो माथिल्लो स्तरमा परेको छ। उक्त गाँठो बैधानिक गाँठो हो। सरकारले कानून भङ्ग गरेको कारण यस्तो भएको हो। यसलाई सरकार आफैले मिलाउनुपर्छ। यदि राज्य सरकारले हस्तक्षेप नगरेको भए समस्या समाधान भइहाल्ने थियो” डा छेत्रीले अझ भने। उनले यस्तो समस्या शिक्षा विभागमा मात्र होइन अन्य विभागहरूमा पनि भइरहेको बताउँदै राज्य सरकारले जीटीए ऐनको किन सम्मान गर्दैन ? भनि प्रश्न तेर्साए।
अर्कोतिर हिल तृणमूल कङ्ग्रेसले लेप्चा प्यारा शिक्षकवर्गको समस्यामाथी बिधायक बोलेन भन्ने प्रश्नको जवाब दिँदै आफूले यो समस्या हुन अघि नै जिल्लापाललाई जानकारी गराएको स्पष्टिकरण दिए। उनले हिल तृणमूल नेताहरू प्रति कटाक्ष गर्दै गोजमुमो पार्टीले समस्या समाधा गर्दै भनेर तृणमूल कङ्ग्रेस पार्टी गर्नेहरूले आज किन मोर्चाले नै बोल्न पर्यो? डा छेत्रीले प्रश्न तेर्साए।
यता एउटा प्रश्नको जवाब दिँदै डा छेत्रीले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ अनि उनका समर्थकहरू अहिलेघरी छैटौँ अनुसूची र गोर्खाल्याण्डको मुद्दाबारे असमञ्जसमा परेको बताउँदै यसभन्दा अघि उनीहरू आफै स्पष्ट बन्नुपर्ने सुझाव दिएका छन्।
“पार्टीका अध्यक्षले गोर्खाल्याण्ड भन्दैछन् तलका समर्थकहरू भने छैटौँ अनुसूची भन्दैछ। यसबारे पहिला आफैहरू स्पष्ट बन्न आवश्यक छ” डा छेत्रीले भने। उनले सुवास घिसिङ तथा गोरामुमो पार्टीले ल्याउने भनेको छैटौँ अनुसूची पहाडवासीको निम्ति पट्टक्क ठिक नरहेको दाबी गर्दै यसले यहाँ प्रजान्तन्त्र नै हराउने थियो भनि दाबी गरे। गोरामुमो पार्टीले छैटौँ अनुसूची भए पहाडवासी भूमी सँगै सुरक्षित बन्नेछ भन्ने दाबी प्रति प्रतिक्रिया गर्दै पहाडलाई दिने भनिएको छैटौँ अनुसूचीमा भूमी नै जनजाति क्षेत्र बन्नेछ भनि कहीँ उल्लेख नरहेको दाबी गर्दै यसबारे नेताहरूलाई पुन: छैटौँ अनुसूचीको खेस्रा पड्ने सुझाव दिएका छन्।
0 Response to "राज्यको हस्तक्षेप गर्दा समस्या सृजना भएको हो – डा हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.