बिमल गुरुङको डुवर्स भ्रमणको बिरोध आदिवासी विकास परिषदद्वारा
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 8 मई । गत केहि समयदेखि डुवर्सको आदिवासी समुह्को एक गोष्ठिले गोर्खाल्याण्ड् राज्यको मांगलाई बिरोध गर्दै आएको छ अनि जब जब डुवर्समा गोर्खाल्याण्ड् राज्यको निम्ति आवाज उठ्छ या कुनै कार्यक्रम आयोजन हुन्छ तब त्यसको विरोध हुदै आइरहेकोछ। आदिवासी बिकास परिषदको राज्य अध्यक्ष विरसा तिर्कीले जनाएकि बिमल गुरुङलाई थाहा हुन पर्छ्कि डुवर्समा आदिवासी जातिको संख्या अधिक छ अनि हामी आदिवासीको मांग छैटो अनुसूची हो गोर्खाल्याण्ड होइन।
तिनले भने कि बिमल गुरुङ्ले डुवर्समा यसरी बारम्बार भ्रमण गर्दा डुवर्समा अशान्ति हुने सम्भावना हुन्छ । यो क्षेत्रको बलियो संगठन आदिवासी विकास परिषद हो अनि यसको पकड़लाई कसैले तोड़न सक्दैन ।
जोन वारला तिर इसारा गर्दै तिनले भने कि अहिले बिमल गुरुङले यो सोचनू हुदैन कि जोन बारला तिनको साथमा छ, त्यसले कुनै असर पर्दैन ।
आदिवासी विकास परिषदले जोनबारलालाई निकालेको हो तर जोनबारलाले कसरी विकास परिषदको झण्डा प्रयोग गरिरहेको छ भनि प्रश्न राख्दा तिनले भने कि बिकास परिषदबाट जोन वारला निष्कासित गरेपछि तिनले झारखण्ड मुक्ति मोर्चाको झण्डा पकडेका हुन।
बिमल गुरुङ आउन साथ डुवर्समा अशान्ति आरम्भ भएको धेरै उदाहरण छ बानरहाट थानामा पार्टीको काम गर्न आउदा बानरहाट क्षेत्रको गेंद्रापाड़ामा तिनको पुतला जलाएको छ ।
बर्तमान सरकारले समय र परिस्थिति अनुसार उचित कदम उठाउनू पर्छ भन्दै तिनले भने कि बिमल गुरुङ डुवर्समा आउदा तिनको कुनै आपति छैन तर गोर्खाल्याण्डको आवाज यहा उठाउनू हुदैन अनि डुवर्सको भू-भाग आदिवासीहरुबाट खोस्ने जुन प्रयास गरिरहेको छ त्यसको हामी घोर विरोध गर्छौ।
बिमल गुरुङले डुवर्समा अहिले घरि जुन कार्यक्रम गरि रहेको छ त्यो एउटा नाटक हो अनि यो क्षेत्रका मानिसहरुलाई उस्काएर आदिवासी अनि गोर्खा माझमा फेरि बैमनस्यता आरम्भ गरिरहेको छ यसलाई आदिवासी जातीले सहने छैन भन्ने प्रतिक्रीया राज्य अध्यक्ष विरसा तिर्कीले जनाए ।
0 Response to "बिमल गुरुङको डुवर्स भ्रमणको बिरोध आदिवासी विकास परिषदद्वारा"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.