जनतालाई साँचो कुरा भन्न प्रशासनले अनुमति नै दिँदैन – गोरामुमो
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 6 मई। “दार्जीलिङ पहाडवासीले जमीन बिक्रि गरे आफूहरू पनि जमीन सँगै बिक्री हुने” जीटीए प्रमुख बिमल गुरूङले केही दिन अघि दिएको बयान प्रति गोरामुमो कालेबुङ ब्राञ्च कमिटिका संयोजक मौरिस कालिकोटेले प्रतिक्रिया व्यक्त गरेका छन्। उनले आज एक पत्रकार सम्मेलन आयोजन गरेर बोल्दै जीटीए प्रमुख बीमल गुरूङको उक्त बयान ठिक हुँदा हुँदै पनि उनको “कथनी र करनी” बेग्ला बेग्लै हुने गरेको आरोप लगाए।
“गोरामुमो पार्टीका एकमात्र दुर्दर्शी नेता सुवास घिसिङले पहाडवासीलाई भूमी सँगै सुरक्षाको निम्ति छैटौँ अनुसूचीको आवाज उठाएका थिए। छैटौँ अनुसूचीले भूमीको नै सुरक्षा गर्छ। यस्तो कुरा सबैले बुझ्न आवश्यक छ। यदि छैटौँ अनुसूची भए जमीन बिक्रीको कुरै आउँदैन” मौरिस कालिकोटेले भने। उनले पहाडवासीका निम्ति छैटौँ अनुसूची राम्रो कुरा हो भन्ने कुरा सरकारलाई समेत थाह भएको कारण यसलाई पहाडमा लागु हुन नदिन अनेकौँ षडयन्त्रहरू रच्ने गरेको पनि आरोप लगाए।
यसक्रममा उनले छैटौँ अनुसूचीको मुद्दालाई जनता समक्ष पुर्याउन गोरामुमो पार्टीले जनसभाहरू गर्ने जमर्को गर्दा आतङ्कवादीहरूलाई जस्तो जनसभा गर्ने अनुमति प्रदान नगर्ने गरेको पनि आरोप लगाए। “हामी जनतालाई सत्य कुरा भन्न चाहन्छौँ। हाम्रो सत्य कुराले पहाडको सुरक्षाको निम्ति छैटौँ अनुसूची हुन्छ भन्ने डरले पुलिस प्रशासनले जनसभाको अनुमती पनि दिँदैन। हामीलाई आतङ्कवाद जस्तो गर्छ” कालिकोटेले आरोप लगाउँदै भने। संवैधानिक व्यवस्था प्राप्तिको निम्ति जनता समयमा नै सचेत बनेर छैटौँ अनुसूचीको मुद्दालाई बुझ्न आवश्यक रहेको पनि तिनले बताए।
0 Response to "जनतालाई साँचो कुरा भन्न प्रशासनले अनुमति नै दिँदैन – गोरामुमो"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.